तिजले अँगालेको त्यो इद
०६ साउन २०७८
•
४ मिनेट पाठ
तिजले अँगालेको त्यो इद
 आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक इद  मनाइँदैछ। झण्डै एक दशकअघि  संयोगले  हिन्दू धर्मालम्बीको तिज र मुसलमान धर्मालम्बीको इद पर्व  एकै दिन परेको थियो। कामको सिलसिलामा निस्कदै गर्दा  पर्सा परसवाको एक घरमा देखिएको दृश्यले ध्यान तान्यो ।  




काठमाडौं, जोरपाटीकी गोम अधिकारी र पर्सा, परसवाकी सवनम खातुनले तीज र इद संयुक्त रूपमा मनाउँदै गरेको उक्त दृश्यले  गाउँले  समेत दङ्ग परेका थिए। फरक धर्म मान्ने दुई परिवारले  एकै ठाउँ बसेर उल्लासपूर्वक पर्व मनाएको क्षण साँच्चै रमाइलो थियो।  

रातो पहिरनमा रहेकी गोमालाई कालो बुर्कामा रहेकी सवनमले अँगालो मार्दै गर्दा मुस्लिम र हिन्दू परिवारले एक दशकअघि बजाएको सद्भावको थपडी अहिलेसम्म गुन्जिरहेको छ ।
रातो पहिरनमा रहेकी गोमालाई कालो बुर्कामा रहेकी सवनमले अँगालो मार्दा  मुस्लिम र हिन्दू परिवारले  एक दशकअघि बजाएको सद्भावको  थपडी अहिलेसम्म गुन्जिरहेको छ ।  इदमा सामेल हुन गोमा  छोरासहित एक दिनअघि नै सवनमको घर आएकी थिइन्। ‘मैले अघिल्लो रात दरको रूपमा सेवई खाएँ,’ उनले सुनाएकी थिइन् ‘ उनीहरूलाई तिजको गीत पनि सुनाएँ।’

मुस्लिम समुदायको पर्वमा सहभागी हुन पाउँदा त्यो बेला निकै खुसी लागेको गोमाले बुधबार सुनाइन्।

‘मलाई अस्ति जस्तो लागेको छ सवनमको अँगालोमा बाँधिएको,’ उनले भनिन्, ‘अहिले राजधानीमा बस्दा उनीहरूलाई औधी मिस गरिरहेको छु ।’  

त्यतिबेला सवनमको परिवारले उनको  हातमा मेहन्दी पनि लगाइदिएका थिए । ‘मायाको त्यो रंग मेरो मनमा अझै गढेको छ,’ उनले थपिन्, ‘हरेक वर्ष तिज र इदमा  सवनमको परिवारको याद आइरहन्छ ।’

त्यतिबेला हिन्दू नारीलाई घरमा पाहुना बनाएर पर्व मनाउन पाएकोमा खातुन परिवार पनि निकै प्रसन्न थियो। ‘रातो कपडामा सजिएकी उनलाई मैले आफूजस्तै पाएँ,’ सवनमले सुनाएकी थिइन्, ‘यस्तो अवसर हामीले यसअघि पाएनौं।’

‘मायाको त्यो रंग मेरो मनमा अझै गढेको छ,’ उनले थपिन्, ‘हरेक वर्ष तिज र इदमा  सवनमको परिवारको याद आइरहन्छ ।’
सवनम मात्र हैन उनका ससुरा जाहिर अन्सारीले आफू निकै खुसी भएको बताएका थिए, ‘हिन्दू र मुस्लिम समुदायबीच हामीले कहिल्यै भेदभाव गरेनौं,’ उनले सुनाएका थिए ।  

लामो समयसम्म तराई क्षेत्रमा बसेर काम गर्दा मुस्लिम र हिन्दू परिवारमा सद्भावका निकै राम्रा दृश्यहरू देख्न पाइयो।  कतै हज जान लागेका मुस्लिमलाई हिन्दू परिवारले सहयोग खर्च जुटाएको देखियो त कतै मुसलमानले हिन्दू मन्दिर बनाउँदै गरेको भेटियो।

संसारका अन्य कुनामा हिन्दू र मुस्लिमबिच विभेदका विभिन्न समाचार आउँदै गर्दा मैले तराईका ग्रामीण भेगमा भने मेलका थुप्रै समाचार पाएको थिएँ । कहिले होलीमा रंगिदै गरेका मुसलमान युवाको तस्बीर खिचे भने कहिले इदको सेवईमा रमाउँदै गरेका हिन्दू  धर्मालम्बीको कथा लेखे।  

वीरगन्ज छाडेर राजधानी आउँदा पनि मुस्लिम र हिन्दूको सद्भाव कायमै रहेको पाएँ । हरेक इद पर्वका दिन घन्टाघरस्थित जामे मस्जिद पुग्दा त्यहाँ गैरमुस्लिम धर्मालम्बीसमेत रमाएको पाए।  

त्यस्तै करीब ४ वर्षअघि पेप्सीकोलाकी अस्मिता सिटौला रमजानको पूर्वसन्ध्यामा  घन्टाघरस्थित नेपाली जामे मस्जिदमा प्रार्थना गर्दै थिइन्।  अस्मितासँगै उनकी मामाकी छोरी सिर्जना ओली र अनु ओली पनि प्रार्थनामा थिए।  

अस्मिता मस्जिदमा मात्र होइन, कहिले पशुपतिनाथ त कहिले बौद्ध स्तुपा पनि पुग्छिन्। कहिलेकाहीं त चर्च पनि धाउँंछिन्। त्यतिबेला नागरिकसँगको कुराकानीमा अस्मिताले सुनाएकी थिइन्, ‘म धार्मिक आस्थाका कारण यहाँ आएकी होइन तर जब म मन्दिर, मस्जिद, गुम्बा वा चर्चमा जान्छु मनमा शान्ति मिल्छ।’  

त्यसैले आज इदको दिन  हिन्दू धर्मालम्बी गोमा र मुस्लिम धर्मालम्बी  सवनमको त्यो तस्बीर फेरि सम्झनामा आयोा । रातो कपडामा  सजिएकी गोमालाई कालो पहिरनमा सजिएकी सवनमले अंगालो हालेको  यो तस्बीर जहिले   नियाल्दा पनि  तिज र इदको सम्झना एकैपटक आउने गर्छ ।
पछिल्लो समय अस्मिताजस्तै नयाँ पुस्ता नेपालको विविधतामा रमाउन थालेको छ। कतिपय व्यक्ति तथा समुदायले साम्प्रदायिकतालाई खलल पु¥याउने प्रयास गरिरहे पनि युवा पुस्ताले भने एक अर्काको धर्म, संस्कृतिलाई सम्मान गर्ने तथा सहभागिता जनाएर सद्भाव बाँड्ने काम गरिरहेका छन्। एक अर्काको धर्म, संस्कृति र परम्परालाई सम्मान गर्दा आत्मीयता झाँगिने र समाज सकारात्मक दिशातर्फ अघि बढ्ने उनको विश्वास थियो।  

त्यसैले होला काठमाडौं, चाबहिलका  ८२ वर्षीय हसन खान पछिल्लो समय सामाजिक सद्भाव विगतको तुलनामा बढेको सुनाउँछ्न। डेढ सय वर्ष पहिले भक्तपुरबाट चाबहिल सरेको उनको परिवार हिन्दू समुदायबीचमा सधैं खुसी देखिन्छ। ’दसंैमा हामी हिन्दूहरूसँगै रमाउँछौ,’ उनले भने, ’इदमा हिन्दू दाजुभाइ हामीसँगै रमाउँदै घरमा आएर  इद खानुहुन्छ ।’ एक अर्काको धर्मलाई सम्मान गरेकाले दुवै समुदाय खुसी रहन सकेको उनको भनाइ छ।

त्यसैले आज इदको दिन  हिन्दू धर्मालम्बी गोमा र मुस्लिम धर्मालम्बी  सवनमको त्यो तस्बीर फेरि सम्झनामा आयोा । रातो कपडामा  सजिएकी गोमालाई कालो पहिरनमा सजिएकी सवनमले अंगालो हालेको  यो तस्बीर जहिले   नियाल्दा पनि  तिज र इदको सम्झना एकैपटक आउने गर्छ ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१ घण्टा अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस