सदरमुकाम गाईघाट बजारसमेत रहेको त्रिुयुगा नगरपालिकालाई सफा र हरियालीयुक्त सहर बनाउन बिरुवा रोपण अभियान शुक्रबार सुरु भएको छ। त्रियुगालाई स्च्छ, सफा, स्वस्थ्य र हरियालीयुक्त सहर बनाउन ‘क्लिन सिटी, ग्रीन सिटी’ को नारासहित सामूहिक सहभागितामा बिभिन्न जातका हजारौं बिरुवा रोपेर अभियानको सुरुवात गरिएको हो।
सदरमुकामसमेत रहेको त्रियुगालाई सफा र हरित नगर बनाउने अभियानको क्रममा १६ वटै वडामा बिरुवा रोपण कार्यक्रम गरिएको नगरप्रमुख बलदेव चौधरीले बताए। जस अन्तर्गत पूर्वबाट गाईघाट बजार प्रवेश हुने ठाउँ वडा नं. १३ को बरुवा पुलनजिकै पूर्व–पश्चिम बरुवा बसपार्कमा मेयर, उपमेयर, वडाध्यक्षलगायत जनप्रतिनिधि र बिभिन्न निकायका व्यक्ति सम्मिलित टोलीले सामूहिक बिरुवा रोप्दै अभियानको सुरुवात गरेको हो। शुक्रबार आयोजित कार्यक्रममा बसपार्क क्षेत्रको खाली जमिनमा मेयर चौधरी, उपमेयर देवीकुमारी चौधरी, जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहोरा, सशस्त्र प्रहरी प्रमुख एसपी सुधीर सुवेदी, नेपाली सेनाको बोक्सेस्थित रणसार्दुल गणपति अर्जुन बोहरा र वडाध्यक्ष पशुपती चौधरीलगायत बिभिन्न निकाय र संघसंस्थाका प्रमुख तथा प्रतिनिधिले सामूहिक बिरुवा रोपेर हरित अभियान थालनी गरेका हुन्।
बसपार्कको खाली जमिनको चारै कुनामा बिरुवा रोपिएको छ। बोट बिरुवा नभएर उजाड देखिएको खाली जमिनलाई हरियालीयुक्त क्षेत्रमा परिणत गराउने उद्देश्यले त्यहाँ बिरुवा रोपिएको मेयर चौधरीले बताए। ‘स्वस्थ्य, शिक्षित, उद्यमशील हाम्रो सहर, समुन्नत समावेसी र समृद्ध त्रियुगा नगर’ भन्ने नाराका साथ नगरपालिकाले हरित अभियान थालेको उनको भनाई छ। हरित र सफाई अभियान अन्तर्गत नगरपालिकाका १६ वटै वडामा ६० हजार बढी बिरुवा रोप्ने कार्यक्रम रहेको उनले बताए।
त्रियुगालाई हरियालीयुक्त बनाउँदै सफा, सुन्दर र सभ्य सहर निर्माण गर्न बिरुवा रोप्ने अभियान थालेको उनले बताए। मेयर चौधरीले वरिपरि चुरेक्षेत्रले छोएको नगरपालिकामा त्रियुगा नदी र दर्जनौं खोला खोल्सी रहेको त्रियुगामा हरेक वर्ष आउने बाढीले कटान र डुबान गर्दै आएकाले बिरुवा रोप्नुको बिकल्प नभएको बताए। खोला नदीले कटान गर्ने समस्याको निकास बिरुवा रोप्नु र बाँध तथा तटबन्धको ब्यवस्थासँगै हरियाली बनाउन सके अभियान प्रभावकारी हुने उनको विश्वास छ।
राष्ट्रपति चुरे कार्यालय सलकपुर र डिभिजन वन कार्यालय गाईघाटसँगको साझेदारीमा त्रियुगा नगरपालिकाले बिरुवा रोपण कार्यक्रम गरेको हो। त्रियुगालाई क्लिन सिटी, ग्रिन सिटी बनाउन यसले ठूलो मद्धत पुग्ने उपमेयर देवीकुमारी चौधरीको आँकलन छ। बिरुवा रोपण कार्यक्रमले बजारक्षेत्रलाई रमणीयस्थलमा परिणत गर्ने तथा वातावरण स्वच्छ बनाउने उनले बताईन्। विहान, बेलुका टहलिन तथा बसेर आराम गर्ने ठाउँमा हरियालीयुक्त बनाउन सके नगरवासीको स्वास्थ्यमा अनुकुल प्रभाव पर्ने उनको भनाई छ।
एसपी सुवासचन्द्र बोहराले बोट बिरुवा मानव स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण भएको भन्दै बिरुवा रोपन कार्यक्रम वातावरण सुधार र मानव स्वास्थ्यका लागि अत्यावश्यक भएको बताए। सरसफाई र बोटबिरुवा रोप्नाले वातावरण स्वच्छ हुनुका साथै मानव स्वास्थ्यलाई फाईदा पुग्ने भएकाले अभियानलाई निरन्तरगता दिन उनले आग्रह गरे।
वडाध्यक्ष पशुपती चौधरीका अनुसार बिरुवा रोपण कार्यक्रममा सत्तिसाल, सिसौ, सिन्कौली (तेजपात), अमला, अम्बालगायत प्रजातिका बिरुवा रोपिएको छ। रोपिएका बिरुवाको संरक्षण गर्न वडा कार्यालयले विशेष ध्यान दिने उनले बताईन्। रोपिएका जुनसुकै बिरुवाको सुरक्षा गर्न वडाबासी, टोल विकास संस्थाहरु सबैले आफ्नै सम्झेर संरक्षण गर्ने वातावरण बनाइने उनको भनाई छ। क्लिन सिटी, ग्रीन सिटी अन्तर्गत नगरपालिकाले बेलाबेलामा बजारका सबै वडाहरुमा सरसफाई अभियान पनि चलाउँदै आएको छ। जस अन्तगर्त अघिल्लो दिन मात्र गाईघाट बजारमा सामूहिक सरसफाई कार्यक्रम चलाइएको थियो।