मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलामा सोमबार अर्धनग्न अवस्थामा महिलाको शव फेला परेको छ।
स्थानीयले खोलामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेको र खोलाबाट अर्धनग्न अवस्था रहेकी महिलालाई बाहिर निकाल्दा सुन्दरहरैँचा–७ की २४ वर्षीया छेविनी ऋषिदेव रहेको पुष्टि भएको मोरङ प्रहरीले जनाएको छ। घर नजिकै रहेको खोलाबीचको भंगालोमा घोप्टो परेर रहेको शव बाहिर निकाल्दा छेविनीको रहेको थियो।
खोलाको भंगालोमा घोप्टो परेर अड्किएको अवस्थामा महिलाको अर्धनग्न शव फेला परेको बताउँदै मोरङ प्रहरी प्रमुख एपसी जनार्दन जिसीले भने, ‘शव बाहिर निकाल्दा कम्मरमुनिको भाग पूरै कपडाविहीन र कम्मरमाथि भित्री वस्त्र मात्रै रहेको थियो। घटनास्थल नजिक कहीँ कपडा भेटिन्छ कि भनेर खोज्दा फेला पार्न सकिएन।’
मृत भेटिएकी महिलाका श्रीमान २६ वर्षीय मन्जे ऋषिदेवलाई नियन्त्रणमा लिएर थालेको अनुसन्धानका क्रममा आइतबार साँझ श्रीमान–श्रीमतीबीच सामान्य विवाद भएको र बेलुका साढे ८ बजेतिर घरबाट श्रीमती निस्किएर गएको अनुसन्धानका क्रममा बताएको प्रहरीले जनाएको छ।
श्रीमान–श्रीमतीबीच विवाद हुनु र अर्को दिन खोलामा नग्न अवस्थामा शव भेटिनुले घटना शंकास्पद रहेको छ, एसपी जिसीले भने, ‘घटनाको अनुसन्धानका क्रममा छरछिमेकीले आइतबार साँझमा दुबै जनाबीच विवाद भएको बताए। दुबैजना मादक पदार्थ सेवन गरेर घर आउने र दैनिकजसो झैझगडा गरिरहन्थे। मृत महिलाको शरीरमा बाहिरी चोटपटक नदेखिँदा घटना कसरी भयो भन्ने यकिन गर्न सकिएको छैन। पोस्टमार्टम रिपोर्ट आएपछि र थप अनुसन्धानबाट यथार्थ खुल्ने छ।’
आर्थिक अवस्था कमजोर रहेका मन्जे दैनिक ज्याला मजदुरी गर्थे भने श्रीमती गछिया खोलामा ढुंगा र गिट्टी संकलनको काम आएकी थिइन्। उनीहरुका ८ वर्षमुनिका २ छोरा र १ छोरी छन्। शवलाई पोस्टमार्टमका लागि धरानीस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ।