पहिरोबाट बँच्ने उपायबारे उदयपुरमा बिहिबार नमूना अभ्यास प्रदर्शनी (सिम्युलेसन) गरिएको छ। सदरमुकाम त्रियुगा नगरपालिका ११ को चप्पन सामुदायिक वन छेउको बरुवा खोला किनारमा कृत्रिम पहिरो बनाई अभ्यास प्रदर्शन गरिएको हो। वर्षायाम सुरु भएकाले संभावित पहिरोबाट बँच्ने उपायबारे जनचेतना जगाउने उदेश्यले वल्र्डभिजन इन्टरनेशनलको साझेदार स.स्था जाल्पा एकीकृत विकास समाज (जिड्स) को आयोजनामा पहिरो अभ्यास प्रदर्शनी गरिएको हो। सशस्त्र प्रहरी बलका जवान तथा पहिरोसम्बन्धी आयोजित ३ दिने प्रशिक्षक प्रशिक्षण तालिममा सहभागीहरुले सिम्युलेसनमा भाग लिएका थिए।
अभ्यास प्रदर्शनीको क्रममा त्रियुगा नगरपालिका १० मा पहिरो जाँदा वेपत्ता भएका ५४ वर्षीय अमानसिंह राई घाईते भएका दुईजनाको उद्धार गरी उपचारार्थ अस्पताल लगिएको नाटक गरिएको थियो। पहिरोले घाईते भएकाहरुलाई सशस्त्र प्रहरी बलका निरीक्षक राजेन्द्र बस्नेत नेतृत्वको टोलीले घट्नास्थलबाट उद्धार गरी अस्पताल भर्ना गरेको तथा बेपत्ताको खोजी गरेको देखाइएको थियो।
वर्षाको समयमा पहाडी भेगमा पहिरो जाने अत्याधिक संभावना भएकाले त्यसबाट बँच्न र पूर्व तयारी गर्ने उदेश्यले वल्र्डभिजनको सहयोग र जिल्ला विपत्त व्यवस्थापन समितिको समन्वयमा जिड्सले सिमुलेशन आयोजना गरेको कार्यक्रम संयोजक अजयकुमार साहले बताए। उनका अनुसार बुधबारदेखि सुरु ३ दिने ‘जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण तालिम’को क्रममा पहिरोबाट बँच्न पूर्व तयारी, घाईतेको उद्दार र उपचारबारे जानकारी गराउन नमूना अभ्यास प्रदर्शनी गरिएको उनले बताए।
जिड्सका अध्यक्ष पुष्पराज पोखरेलका अनुसार पहिरोसम्बन्धी सिम्युलेसन नेपालमै यो पहिलो पटक हो। यसअघि आगलागी, बाढी र भूकम्पबारे धेरै चोटी सिम्युलेसन गरिए पनि पहिरोबारे पहिलो पटक गरिएको पोखरेलले बताए। उदयपुर अधिकाँश पहाडी भूभागले भरिएको जिल्ला भएकाले पहिरोको जोखिम धेरै रहेको हुँदा जिड्सले यो पहिरोलक्षित सचेतना, पूर्व तयारी, उद्धार र राहत कार्यक्रम अघि सारेको पोखरेलले बताएका छन्।
पहिरो विशेषज्ञ रामकुमार दाहालले यस्तो नमूना अभ्यास प्रदर्शनीले पहिरो व्यवस्थापनमा ठूलो सहयोग पुग्ने बताए। मानव जीवनमा आईपर्ने विपतहरुमध्ये पहिरो पनि एक भएको भन्दै उनले हरेक वर्षायामा पहाडी भेगमा पहिरोको जोखिम हुने भएकाले यसबाट बँच्न यस्ता सचेतनामूलक कार्यक्रम उपलब्धीमूलक हुने दाहालको भनाई छ। मनसुनको समयमा पहिरोको जोखिम उच्च रहेकाले यससम्बन्धी लक्षित बर्ग सचेत हुदै प्रतिकार्यका लागि स्थानीयतरमै जनशक्ति तयार गर्न आयोजित प्रशिक्षक प्रशिक्षण तालिमका दाहाल सहजकर्ता हुन्।
वल्र्डभिजन, जिल्ला विपत व्यवस्थापन समिति र स्थानीयतहहरुको समन्वयमा संस्थाले जिल्लामा ‘पहिरो सामना किताव परियोजना’ सञ्चालनमा ल्याएको छ। सोही परियोजना अन्तरर्गत प्रशिक्षक प्रशिक्षण तालिम, पहिरो सिमुलेशन आयोजना गरिएको साहले बताए। तालिमपश्चात सहभागीहरु पहिरोको जोखिम स्थानहरुमा गएर पहिरोसम्बन्धी कृतिम नमूना अभ्यास र प्रदर्शनी गर्ने योजना संस्थाले बनाएको छ। विपत जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्ने उद्धेश्यले आयोजित तालिममा विभिन्न संघसंस्था, शिक्षक, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विद्यार्थी र पत्रकारसहित २५ जनाको सहभागिता रहेको छ।
तालिममा सहजकर्ता विपत व्यवस्थापन विशेषज्ञ रामकुमार दाहालले पहिरो जोखिम व्यवस्थापन, विपत जोखिम व्यवस्थापन, विपदसमवन्धी अवधारणा र नेपालमा विपदको अवस्था, विपत व्यवस्थापनका चक्र र जलवायु परिवर्तनको कारण, प्रभाव, असर र अनुकुलनवारेमा जानकारी दिदैछन्। विपतसम्वधी स्थानीय, प्रदेश र संघीयतहमा भएका विपत व्यवस्थापनसँग सम्बन्धित नीति, रणनीति, भूकम्प, बाढी, पहिरोका कारण हुने असर र त्यसको न्यूनिकरण व्यवस्थापनका साथै कृतिम घट्ना अभ्याससमेत तालिममा गराउने कार्यतालिका रहेको कार्यक्रम संयोजक साहले बताए।
उदयपुर। गाईघाट दिक्तेल सगरमाथा लोकमार्गअन्तर्गतफोक्सिन्टारमा लगाइने बेलिब्रीज एक महिनाभित्र पुन: जडान हुने भएको छ। गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरले बेलिब्रीज पुन: जडानका लागि ठेक्का लगाउने काम अन्तिम चरणमा पुगिसकेको जनाएको छ।
फोक्सिन्टारमाबेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो। जसमा इच्छुक प्रतिस्पर्धी निर्माण व्यवसायीहरूमध्ये नियमानुसार अन्तिम छनोट गर्न बाँकी रहेको कार्यालयका सूचना अधिकारी इन्जिनियर सुमन गोलेले बताए।
गोलेका अनुसार केही दिनभित्र निर्माण व्यवसायीको टुंगो लगाएर बेलिब्रीज पुन: जडानको जिम्मा लगाउने तयारी भइरहेको छ। कार्यालय प्रमुख (डीई) परिवर्तन भएका कारण ठेक्का प्रक्रिया टुंग्याउन केही समय लागेको उनले बताए। यसअघिका डीई विवेक पाण्डेलाई कटारी घुर्मी सडक योजना कार्यालयमा मात्र खटाउँदै सरकारले गाईघाट दिक्तेल योजना कार्यालय प्रमुखमा अच्युतशविलाश पन्तलाई पठाएको छ।
नयाँ डीई पन्त सातादिनअघि मात्र कार्यालयमा हाजिर भएर केही दिनका लागि सुत्केरी बिदामा बसेका छन्। मंसिर दोस्रो साता उनी फर्केलगत्तै बेलिब्रीज पुन: जडानको जिम्मा लिने ठेकेदार टुंग्याएर काम अघि बढाउने तयारीमा कार्यालय रहेको छ।
इन्जिनियर गोलेका अनुसार बेलिब्रीज पुन: जडानका लागि डेढ करोड खर्च गर्ने गरी कार्यालयले टेन्डर आह्वान गरेको छ। ठेक्का सम्झौता भएमा पुस दोस्रो साताभित्र बेलिब्रीज निर्माण भइसक्ने अपेक्षा योजना कार्यालयले गरेको छ। गतवर्ष पनि पुस अन्तिमदेखि बेलिब्रीज सुचारु भएको थियो। यसवर्ष केही चाँडो सुचारु गर्न खोजे पनि परिस्थितिले उही समय पुर्याउने देखिएको कार्यालयले जनाएको छ।
उदयपुर र खोटाङलाई सोझो यातायात मार्गले जोड्ने फोक्सिन्टारस्थित सुन नदीमा दशक बढी समय लगाएर निर्माण भएको पक्की मोटरेबल पुल बाढीले बगाएदेखि २ वर्षयता वर्षमा मुस्किलले ६ महिना बेलिब्रीजको माध्यमबाट यातायात आउजाउ गर्ने गरिएको छ भने बाँकी समय फोक्सिन्टारदेखि ३ किलोमिटर टाढा रसुवाघाटस्थितझोलुंगे पुल तरेर दुई जिल्ला आउजाउ गर्नुपर्ने बाध्यता छ।
उदयपुरतर्फ रौतामाई गाउँपालिका ५ पोखरी र खोटाङतर्फखोटेहाङ गाउँपालिका ९ चिच्कीराम्चेबीचमा पर्ने फोक्सिन्टारमा १३ वर्ष लगाएर १ सय ५ मिटर लामो पक्की मोटरेबल पुल निर्माण भएको थियो। पुल बनेर गाडी वारपार गर्न थाले पनि एप्रोच सडक निर्माण नभइसकेकाले उद्घाटन गर्ने तयारी हुँदै गर्दा ०८१ असोज १२ गते राति आएको भीषण वर्षापछिको बाढीले पुल बगाएको थियो।
डेढ दशक लामो प्रतीक्षापछि बल्ल निर्माण सम्पन्न भएको पुल बाढीले बगाएपछि भर्खर सुचारु भएको लोकमार्गको सोझो यातायात सम्बन्ध पुनः विच्छेद हुन पुगेको हो। बाढीले पुल बगाएपछि पुनर्निर्माण गर्ने या मर्मत भन्ने विषयको टुंगो सरकारले लगाउन नसक्दा सोही वर्ष हिउँददेखि कामचलाउ अस्थायी बेलिब्रीज जडान गरेर यातायात सुचारु गर्न थालिएको हो।
पुल बन्नुअघि पनि डेढ दशक बेलिब्रीजकै माध्यमबाट यातायात सुचारु गर्ने गरिएको फोक्सिन्टारकोबेलिब्रीज पुल बनेपछि अन्यत्र लगिएको थियो। तर, पुल बगाएपछि फेरि बेलिब्रीजकै भर पर्नुपर्दा अर्को खरिद गर्दा दोहोरो आर्थिक भार राज्यलाई परेको स्थानीय बताउँछन्।
त्यहाँ अर्को पुल लगाउने भन्दै तत्कालीन सरकारले प्राविधिक खटाएर विस्तृत परियोजना प्रतिवेदन बनाउन लगाएको थियो। रौतामाई ५ का वडाध्यक्ष पाण्डव राईका अनुसार घटनास्थल पुगेको प्राविधिक टोलीले भत्केको पुरानो पुल मर्मत गर्नुभन्दा नयाँ पुल बनाउनु उपयुक्त हुने सुझाव दिँदै ३४ करोड लागतको नयाँ इस्टिमेटसमेत तयार गरेको थियो।
तर, पुल बगेको २६ महिना बितिसक्दासम्म त्यहाँ पुल बनाउने सुरसार सरकारले गरेको छैन न त मर्मतकै प्रक्रिया अघि बढाएको छ। बाढीले पुल बगाएर दुई जिल्लालाई यातायात सम्पर्क विच्छेद गराएको अढाई वर्ष पुग्नै लाग्दासम्म राज्यले नयाँ पुल बनाउने कि मर्मत गर्ने भन्ने नै टुंगो गर्न नसक्दा सगरमाथा लोकमार्ग भएर सञ्चालन हुने सयौँ सवारीसाधन र दुई जिल्लाबासी यात्रु मारमा परेको वडाध्यक्ष राई बताउँछन्।
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...