मेलम्ची बाढीमा मृत्यु हुनेको संख्या तीन पुगेको छ। बिहीबार दुईको शब फेला परेपछि मृतक बढेका हुन्। बाढीमा अझै १७ बेपत्ता रहेको स्थानीय प्रशासनले जनाएको छ। बाढीमा बेपत्ता एक/एक चिनियाँ र भारतीय नागरिकको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए। उनीहरुको शव सिन्धुली जिल्लामा फेला परेको उनले बताए।
उनका अनुसार सिन्धुलीको सुनकोसी गाउँपालिकाका फरक–फरक स्थानमा चिनियाँ नागरिक यु ची झु र भारतीय कमललोचन महतोको शव फेला परेको हो। यसअघि बुधबार जिल्लाकै इन्द्रावती नदी बगरमा चिनियाँ गोङ टियान छियोको शब फेला परेको थियो।
उनको सनाखत भने बुधबार मात्रै भएको हो। मृतक तीनै जना मेलम्ची खानेपानी आयोजनाको चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोका कामदार हुन्। आयोजनाको मुहान अम्बाथानमा हेडवक्र्स बनाउने काममा उनीहरु संलग्न थिए। आयोजनाको अम्बाथानस्थित क्याम्पमा ७० कामदार रहेकोमा ४७ को उद्दार गरिएको थियो । आठ कामदार बेपत्ता रहेकोमा तीनको शब फेला फरेको हो।
अझै पाँच कामदार बेपत्ता छन्। कामदारसहित बेपत्ता १७ को खोजी कार्य भइरहेको सहायक प्रजिअ खनालले बताए। ‘नदी सतह पर्याप्त नघटेको र वर्खे झरीले समस्या दिँदा खोजीमा कठिनाइ भइरहेको छ,’ उनले भने। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली, बेपत्ताको खोजी, उद्दार, राहत वितरण, क्षति संकलन कार्यमा परिचालन भइरहेको छ। तीन सय ४५ जनाको संयूक्त सुरक्षा टोली बाढी प्रभावित क्षेत्र मेलम्ची नदी करिडोरमा परिचालित रहेको खनालले जनाए।
स्थानीय प्रशासनका अनुसार दुई भारती, एक चिनियाँ नागरिक र स्थानीयसहित १४ अझै बेपत्ता छन्। बाढीमा हेलम्बु गाउँपालिकाका मात्र ११ बेपत्ता छन्। बाढीमा फसेका थप ६ को उद्धार गरिएको छ। विभिन्न स्थानबाट उनीहरुको सकुशल उद्धार गरिएको हो। मंगलबार ७४ को उद्दार गरिएको थियो। हराएका भनिएकाहरु सम्पर्कमा आउने र आफन्त बेपत्ता भएको भन्दै परिवारजन स्थानीय प्रशासनको सम्पर्कमा आउने क्रम जारी रहेका छ।
नदी सतह घटबढ हुने क्रम जारी छ । नदी घट्दा केही राहत महसुस गर्ने बाढी पीडित बढ्दा भने त्रसित बन्ने गरेका छन्। मेलम्चीको आधा बजार बगरमा परिणत भएको छ। यहाँका झण्डै पाँच सय स्थानीय बिस्थापित छन्। उनीहरु टारस्थित स्थानीय, सेनाको व्यारेक र इन्द्रेश्वरी माविमा आश्रित छन्। स्थानीय तहले खाने व्यवस्था मिलाएको छ।
बिहीबारदेखि मेलम्चीमा भने दाताले राहत ल्याउन थालेका छन्। पीडित राहतले धानिने अवस्था बन्दै गएको छ । राहत वितरणकै क्रममा मेलम्चीमा झण्डै झडपको स्थिति सिर्जना भयो। एमाले निकट अनेरास्ववियूले दाताले दिएको राहत आफ्नो संगठनको ब्यानरमा बितरण गर्न खोजेपछि निकैबेर विवाद भयो। सुरक्षाकर्मीले बल प्रयोग गरेर झडप हुन दिएनन्। बिपद्मा राजनीति गर्न खोजेको पीडितको तर्क थियो।
पुलपुलेपा बगेर सडक अवरुद्ध हुनुका साथै सञ्चार सम्पर्क विच्छेद हुँदा हेलम्बु गाउँपालिका अझै बेखबर छ । बाढीले त्यहाँ पुर्याएको क्षति, बेपत्ता र पीडितको अवस्था जानकारीमा आउन नसकेको सहायक प्रजिअ खनालले जनाकारी दिए। उनका अनुसार नेपाली सेनाको हेलिकप्टरले बिहीबार मुश्किलले एक खेप राहत हेलम्बु पर्याएको थियो । हेलम्बुमा बाढीले धेरै क्षति पु¥याएको अनुमान गरिँदै आएको छ।
बाढी प्रभावित क्षेत्रमा बाढीले नौ पुल बगाएको छ। हेलम्बुमा चार झोलुंगे र तीन पक्की गरी सात तथा मेलम्चीमा एक/एक झोलुंगे र पक्की पुल बगाएको स्थानीय प्रशासनले जनाएको छ। झोलुंगे पुल नुहँदा स्थानीयलाई हिँडडुलमै समस्या भएको छ । पीडित छिमेकीकै अवस्थाबारे बेखबर छन्।
विसं २०७८ असार १ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको आज दुई वर्ष पूरा भएको छ। असार १ र त्यसपछिका पटकपटकका बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो। नदी तटीय क्षेत्रका सयौं घर र खेतीयोग्य जमिन बगर बने भने हजारौं नागरिक विस्थापित भए।
बाढीले क्षति पुर्याएको दुई वर्ष बिते पनि प्रभावित अस्थायी टहरामै बसिरहेका छन्। उनीहरू सुरक्षित बसोबासको पर्खाइमा छन्। मेलम्ची बाढीले घरखेत बगाएर बेसहारा बनेकी हेलम्बु-२ च्युरीखर्ककी जुकमाया थापामगरका आँखा अझै ओभाएका छैनन्। बाढीले उनको घरसहित भएको थोरै जमिनसमेत बगर बनेपछि सुकुम्बासी बनेकी छिन्। सरकारले घर बनाइदिने भनेको दुई वर्ष बितिसक्दासमेत अस्थायी टहरामै बस्न बाध्य उनलाई दैनिक गुजारा चलाउनसमेत धौधौ परेको छ।
हेलम्बुकै डेलिङ थापा वृद्ध दम्पती दुई वर्षदेखि अस्थायी टहराको सकसपूर्ण जीवनले बाच्नै गाह्रो भएको बताउँछन्। बाढीका कारण विस्थापित हेलम्बु, मेलम्चीका स्थानीयवासी सुरक्षित ठाउँमा घर कहिले बनाउन पाइएला भन्ने आशामा छन्।
विसं २०७८ असार १ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको आज दुई वर्ष पूरा भएको छ। असार १ र त्यसपछिका पटकपटकका बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो। नदी तटीय क्षेत्रका सयौं घर र खेतीयोग्य जमिन बगर बने भने हजारौं नागरिक विस्थापित भए।
नदी तटीय क्षेत्रका बासिन्दाको कथा पनि उस्तै छ। नदी नियन्त्रणको काम गुणस्तरीय नभएको मेलम्ची सिमखेतकी शान्ता चालिसेले गुनासो गरिन्। उनले बाढी आउँदा बालबच्चा बोकेर माथितिर भाग्नुपरेको दुखेसो सुनाइन्।
बाढीका कारण हेलम्बु गाउँपालिकामा मात्रै तीन सय ९२ जना लाभग्राही कायम भएकामा हालसम्म दुई सय ७५ जनाले मात्र पहिलो किस्ता पाएका छन्। मेलम्ची नगरपालिकामा कायम भएका दुई सय ७१ लाभग्राहीमध्ये दुई सय ४५ जनाले पहिलो, २८ जनाले दोस्रो र एकजनाले मात्र अन्तिम किस्ता पाएका छन्।
यस्तै पाँचपोखरी थाङपाल गाउँपालिकामा समेत एक सय ७९ जना लाभग्राहीमध्ये जम्मा २६ जनाले मात्र पहिलो किस्ता लिएका छन्। जिल्लामा बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपबाट प्रभावित बनेका एक हजार पाँच सय ७९ लाभग्राहीमध्ये हालसम्म सात सय ७६ जनाले पहिलो, ६८ जनाले दोस्रो र मात्र सात जनाले अन्तिम किस्ताबापत्को रकम पाएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
बाढीका कारण विस्थापित भएका स्थानीयको स्थायी आवास पुनःनिर्माण प्रक्रियामा स्थानीय तह र जिल्ला प्रशासन कार्यालयबीच आपसी तालमेल नहुँदा निर्माण कार्य सुस्त बनेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पा बताउँछन्।
बाढीका कारण हेलम्बु गाउँपालिकामा मात्रै तीन सय ९२ जना लाभग्राही कायम भएकामा हालसम्म दुई सय ७५ जनाले मात्र पहिलो किस्ता पाएका छन्।
उनले गाउँपालिकाले हाल्नुपर्ने १० प्रतिशत रकम खातामा जम्मा गरिसकेको बताए। घर बनाउन दिने पाँच लाख रुपैयाँ कम भएका कारण स्थानीयले घर बनाउन आँट गर्न नसकेको शेर्पाले बताए। पाँच लाख रुपैयाँ घर बनाउन अपुग भएको छ।
प्राकृतिक विपद्का हिसाबले देशकै उच्च जोखिममा रहेको यस जिल्लामा वर्षायाममा आउने बाढी, पहिरो तथा अन्य विपद्मा पूर्वसूचना प्रणाली, विपद् प्रतिकार्य योजना एवं सामग्रीको उचित व्यवस्थापनको कमजोरीले पनि बर्सेनि जनधनको क्षति हुने गरेको छ। यस्ता प्राकृतिक विपद्को पूर्वसूचनाले ठूलो क्षति हुनबाट रोक्न सकिने अनुभव मेलम्ची बाढीले सिकाएकाले सोको पूर्वतयारी अवस्थामा राखिएको मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालको भनाइ छ। उनले पूर्वसूचना प्रणाली जडान, वडास्तरीय विपद् समितिलाई तालिम दिइएको तथा उद्धार अभ्यास पनि गरिएको, वर्षा मापन केन्द्र स्थापना गरिएको बताए।
२०७८ साल असार १ गतेको बाढीले हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाको मात्रै पाँच सय ५१ घर बगाएको थियो। पाँच हजार चार सय रोपनी खेतीयोग्य जमिन बगर बन्यो भने २६ जनाको ज्यान गएको थियो।
प्राकृतिक विपद्का हिसाबले देशकै उच्च जोखिममा रहेको यस जिल्लामा वर्षायाममा आउने बाढी, पहिरो तथा अन्य विपद्मा पूर्वसूचना प्रणाली, विपद् प्रतिकार्य योजना एवं सामग्रीको उचित व्यवस्थापनको कमजोरीले पनि बर्सेनि जनधनको क्षति हुने गरेको छ।
राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै सात झोलुङ्गे पुल, नौ पक्की पुललगायत ३३ संरचना ध्वस्त भएका थिए। हेलम्बुको चनौटेमा बेलीबृज जडान भइसकेको छ भने मेलम्ची नदीमा जडान गर्न थालिएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...