तीनपटक जंको गरिसकेका खोकनाका दहिलाल महर्जन गाउँकै सबैभन्दा जेष्ठ मानिन्छन्। नेवारी संस्कारमा ७७ वर्ष उमेर पार गरेपछि वृद्धवृद्धालाई रथमा राखेर गाउँ–टोल परिक्रमा गराउने परम्परालाई जंको भनिन्छ। रुद्रायणी मन्दिरका पूजारीसमेत रहेका महर्जनले खोप भने एक पटक पनि नलगाएको बताए । ‘बुढेसकालमा खोप लगाए ज्वरो आउँछ भन्ने सुनियो,’ उनले भने, ‘त्यसैले एक पटक पनि खोप लगाएको छैन।’
उनले मात्र हैन, दुईपटक जंको गरेकी उनकै टोलकी ८० वर्षीया मनमाया डंगोलले पनि एकपटक पनि खोप लगाएकी छैनन्। ‘जंको गरेकोले पर्दैन भन्ने सुनेँ’, उनले भनिन्, ‘त्यसैले खोप लगाउन गइँन।’ कोरोनाको बारेमा धेरै कुरा सुनेपनि खोपको बारेमा अन्य केही जानकारी नभएको उनले सुनाइन्।
सरकारले जेष्ठ २५ गतेबाट ६० देखि ६४ उमेर समूहलाई पहिलो प्राथमिकतामा राखेर भेरोसेल खोप लगाउँदै गर्दा ललितपुरको पश्चिम भेगको गाउँ खोकनामामा भने उनीहरुजस्ता थुप्रै जेष्ठ नागरिकले पहिलो चरणकै खोप नलगाएको भेटिए। खोपबारे भरपर्दो र व्यवस्थित सूचना नपुग्दा खोकनाका थुप्रै जेष्ठ नागरिक भ्याक्सिन लिनबाट छुटेका छन्। मन्दिरको छेउछाउको पाटीमा सुस्ताउँदै आएका उनीहरु कोरोनाको महामारीमा भगवान भरोसामा भेटिए।
खोपको बारेमा सुरुमा त्रास फैलाएका कारण पनि कतिपय डराएको भेटिए। ‘डर लागेर खोप लगाउन नगएको,’ ७८ वर्षीय ज्ञानबहादुरले भने, ‘अरु केही थाहा छैन ।’
गाउँमा भेटिएका केही जेष्ठ नागरिकले भने हल्लाको पछाडी नलागेर खोप लगाएको सुनाए। बरु उनीहरुले पहिलो चरणको खोप लगाए पनि दोस्रो नआउँदा निराश भएको सुनाए। ‘मैले चाहिँ एउटा खोप लगाएँ’, दुईपटक जंको गरेका ८७ वर्षीय सिलाल महर्जनले भने, ‘अर्को खोप नआएकाले लाउन पाएको छैन।’
७७ वर्षको उमेरमा पहिलोपटक जंको गरेका उनले जेष्ठ नागरिकको हैसियतले कोभिसिल्ड खोप पहिलोपटक त लगाए तर भारतले दोस्रोपटक खोप नपठाउँदा दोस्रो खोप लगाउन नपाएको उनले सुनाए। ‘पहिलो खोप लगउँदा मलाई त डर लागेन,’ उनले भने, ‘मौका पाए दोस्रो पनि लगाउँछु।’
फागुनको अन्तिम सातातिर कोभिसिल्डको पहिलो डोज लगाएका देशभरका ६५ वर्ष र १४ जिल्लाका ५५ वर्षमाथिका गरी साढे १३ लाख व्यक्तिले सिलालको जस्तै दोस्रो चरणको खोप छिट्टै पाउने आशा गरेका छन्। ‘बरु नलगाएकालाई केही चिन्ता छैन,’ सिलालले थपे, ‘मलाई त त्यो खोप कहिले आउला जस्तो लागिरहन्छ।’
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।
त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।
उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।
'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'
प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।
सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...