खोटाङको बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जरा चार पांग्रे गाडी चढ्दैनन् । गाउँपालिकाको काममा होस् या व्यक्तिगत कामका सिलसिलामा अध्यक्ष बञ्जरा बाईकमै हिँडडुल गर्छन् । सभा, सम्मेलन, गोष्ठी लगायतका सिलसिलामा दिक्तेल, बिराटनगर वा काठमाडौं यात्रा गर्न परे उनी बाईकमै ओहोरदोहोर गरिरहेका देखिन्छन्/भेटिन्छन् ।
सोही गाउँपालिकाकी उपाध्यक्ष गोमा मगर पनि बाईकमै यात्रा गर्छिन् । घरबाट गाउँपालिका जाने आउनेक्रममा दैनिक बाईककै पछि बसेर यात्रा गरिरहेका हुन्छन् उनीहरु । स्थानीय तहको निर्वाचनबाट सत्तामा पुगेका अध्यक्ष बञ्जरा र उपाध्यक्ष मगरले ‘स्कार्पियो चढ्ने मोह’ त्यागेर बाईक चलाउने चालक नियुक्ति गरेका छन् । बाईकमा असम्भव भएको अवस्थामा उनीहरुले अन्य गाडी प्रयोग गर्ने गरेका छन् । अध्यक्ष बन्जरा कांग्रेस र उपाध्यक्ष मगर एमालेबाट निर्वाचित भएका हुन् ।
बराहपोखरी गाउँपालिकासँगै जोडिएको जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष शंखरबहादुर राई र उपाध्यक्ष बिमला राईले पनि हालसम्म चार पांग्रे गाडी किनेका छैनन् । गाउँपालिकाभित्र हुने हरेक शिलान्यास, उद्घाटन, अनुगमन, जनतासँगको भेटघाट जस्ता कामको सिलसिलामा वडा–वडा पुग्नेक्रममा अध्यक्ष र उपाध्यक्ष बाईकमा धुलो उडाउँदै कुद्छन् । जन्तेढुंगामा अध्यक्ष र उपाध्यक्ष बोक्ने बाईक चलाउन चालक नियुक्त गरिएको छ । जन्तेढुंगामा सुरुमा गाडी खरिदका लागि चर्चा पनि भएको थियो ।
तर, वडा–वडामा सडकको पहुँच पुगेकै थिएन । बाटो बनिनसक्दै गाडी किन्नुको सट्टा बाटो विस्तार गर्न जेसिभि खरिद गर्ने योजना अघि सारियो । जेसिभि खरिद गरेर सडक बनाउने काम थालिएपछि गाडी किन्ने योजना थाँती राखिएको गाउँपालिका अध्यक्ष राईले बताए । ‘पहिला जेसिभि किनेर बाटो बनाउने भनेर पहिलो वर्ष जेसिभि किन्यौं । जेसिभि किनेपछि बाटौ बन्दै गयो तर, हामीले आफु चढ्ने गाडी नकिन्ने निर्णय गर्यौँ,’ अध्यक्ष राईले भने, ‘त्यसपछि हामीलाई गाडी होईन, जनतालाई एम्बूलेन्स चाहिन्छ । घर–घरमा एम्बूलेन्स पुग्ने वातावरण चैं बनाउनुपर्छ भनेर लागेका छौँ । हामी बाईकमै हिँडिरहेका छौँ ।’
हाल मुलुकका अधिकांश स्थानीय तहका जनप्रतिनिधिले लाखौं बजेट बिनियोजन गरेर चार पांग्रे सवारी साधन खरिद गरेर प्रयोग गरिरहेका छन् । कतिपय जनप्रतिनिधिले विभिन्न दाताबाट प्राप्त भएको गाडी चढिरहेका छन् । ‘गाडी मोह’कै कारण स्थानीय तहका प्रमुख/उपप्रमुखले मात्र नभएर वडा–वडाले समेत बजेट बिनियोजन गरेर बाईक खरिदमा रकम खर्च गरेको छ । यदाकदा त्यी सवारी साधनलाई जनप्रतिनिधि मात्र नभएर नेता तथा कार्यकर्ता ओसार्नमा समेत प्रयोग गर्नेगरिएको जनगुनासो समेत सुन्ने गरिएको छ ।
तर, खोटाङका १० स्थानीय तहमध्ये बराहपोखरी, जन्तेढुंगा सहित साकेला र केपिलासगढी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले हालसम्म चार पांग्रे गाडी खरिद गरेका छैनन् । साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्का, उपाध्यक्ष सरिता खड्का, केपिलासगढी गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राई र उपाध्यक्ष हिरादेबी वन पनि हालसम्म बाईकमार्फत नै आफ्नो गन्तव्यमा पुगिरहेका देखिन्छन्भे/टिन्छन् । उनीहरुले गाडी खरिद गर्ने रकम अन्य योजनामा हालेको बताउँछन् ।
चार पांग्रे गाडी किनेर मर्मत र इन्धनमा हुने मासिक ४०/५० हजार खर्च जोगाइरहेको उनीहरुको दावी छ । गाउँपालिकाका सबै ठाउँमा सडकको पहुँच विस्तार भएपछि र सबै जनताले गाडी चढ्ने वातावरण बनेपछि मात्र आफूहरु गाडी चढ्ने बराहपोखरीका अध्यक्ष बञ्जरा बताउँछन् । ‘हाम्रो पालिका भुगोलले पिछडिएको ठाउँ हो । बाटाघाटा छैनन् । जनताचैं लौरो टेकेर हिँड्ने, अध्यक्ष र उपाध्यक्षचैं ऐस आराम गर्दै स्कार्पियोमा हिँड्न सुहाउँदैन । त्यही भएर मेरो कार्यकालभरी गाडी किन्दिन । बाटोको व्यवस्थापन गर्ने हो,’ अध्यक्ष बञ्जराले भने, ‘जनता पनि गाडी चढ्ने भएपछि हामी पनि चढौंला । जतिबेलासम्म बार्है महिना जनता गाढी चढ्नुहुन्न, त्यतीबेलासम्म हामी गाडी किन्दैनौं । पहिलादेखि त्यही भन्दै आएका छौँ, अहिले पनि कुरा त्यही हो ।’
जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका उपाध्यक्ष सपना राई, रावाबेँसी गाउँपालिकाका उपाध्यक्ष समला राई र खोटेहाङ गाउँपालिकाका उपाध्यक्ष कविता राईका लागि पनि हालसम्म चार पांग्रे गाडी खरिद गरिएको छैन । उनीहरु कहिलेकही मात्र अध्यक्ष चढ्ने गाडीमा चढ्छन् नत्र बाईकमै यात्रा गर्ने गरेका छन् । हालसम्म बनेका कच्ची बाटोमा वर्षायामका बेला जनप्रतिनिधिकै गाडी हिलोमा भासिएर रोकिने गरेको छ ।