पत्रकार ढकाललाई आर्थिक सहयोग
३० वैशाख २०७८
•
१ मिनेट पाठ
पत्रकार ढकाललाई आर्थिक सहयोग
नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले कोरोना संक्रमित पत्रकार हेमराज ढकाललाई स्वास्थ्य सामग्रीसहित आर्थिक सहयोग प्रदान गरेको छ।  




ढकाललाई नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिबाट प्राप्त नगद १० हजार रुपैंया, पत्रकार निशा ओलीबाट प्राप्त ५ हजार रुपैंया र महासंघ भक्तपुर शाखाको तर्फबाट ५ हजार रुपैंया गरी २० हजार नगद सहयोग गरेको जिल्ला अध्यक्ष जगतकृष्ण प्रजापतिले जानकारी दिए।

पत्रकार ढकाल घरमै स्वास्थ्यलाभ गरिरहेकोले उनको भाइमार्फत् सहयोग प्रदान गरिएको अध्यक्ष प्रजापतिले बताए । पत्रकार ढकाललाई मास्क, सेनिटाइजरलगायतका सामग्री प्रदान गरिएको थियो।

पत्रकार ढकाल महासंघ भक्तपुरका सहसचिव समेत हुन्। कोरोना संक्रमण भएपछि ढकालले भक्तपुर अस्पतालको हाई केयर युनिटमा उपचार भएको थियो। स्वास्थ्य गम्भीर बन्दै गएपछि उनलाई नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको आईसीयुमा थप उपचार गरेको थियो ।

यसैगरी नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको पत्रकार कल्याण कोषमा मध्यपुर थिमि ४ का स्थानीय सिद्धि श्रेष्ठले नगद ५ हजार सहयोग गरेको महासंघले जनाएको छ। 
अर्को समाचार
मर्यादामा गम्भिर हुन राष्ट्रपतिको आग्रह
०८ पौष २०७९
•
१ मिनेट पाठ
मर्यादामा गम्भिर हुन राष्ट्रपतिको आग्रह
वीरेन्द्रनगर सुर्खेतमा नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभालाई सम्वोधन गर्दै राष्ट्रिपति विद्यादेवी भण्डारी। तस्विर: गोविन्द केसी/नागरिक
नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभाको वीरेन्द्रनगर सुर्खेतमा आयोजित उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकारीताको मर्यादामाथी गम्भिर हुन आग्रह गरेकी छन्। पत्रकारीतालाई स्वच्छ, निश्पक्ष, मर्यादीत र विश्वसनीयता बनाउन पत्रकारहरुले चिन्तन हुन आग्रह गरिन।




राष्ट्रपति भण्डारीले नेपालमा निरंकुश राजतन्त्रको अन्त्य र प्रजातन्त्र स्थापनामा पत्रकारको योगदान रहेको बताउँदै मुलुकको प्रणालीले राम्रोसंग काम गर्न नसके प्रजातन्त्रको औचित्य नहुने बताईन्। राज्यले सबैलाई समान अवसर देओस भन्ने जनताको चाहना रहेकाले सरकार त्यसतर्फ ध्यान केन्द्रीत हुन राष्ट्रपति भण्डारीले आग्रह गरिन। ‘जनताको अपेक्षा पूरा नहुँदा  राज्यप्रति असन्तुष्टी प्रस्तुत भैरहेको छ।’ राष्ट्रपति भण्डारीले भनिन, ‘हामीले जिम्मेवार बन्नुपर्ने छ। शासनशैली सुधार गर्नु छ। राज्यको चौथो अंगको रूपमा रहेको सञ्चार माध्यम पनि उतिकै भूमिकामा रहनुपर्छ।’

साधारण सभाबाटै महासंघको आगामी भावी कार्ययोजना निर्माण समेत गरिने छ। सभाको बन्दसर्तमा सांगठनिक नीतिगत प्रतिवेदन,कोषाध्यक्षले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजकको प्रतिवदेनमाथी वृहत छलपल हुने छ। महासंघको १ हजार ३ सय १६ साधारण सदस्य रहेका छन्। साधारण सभामा ७७ जिल्ला, ३९ प्रतिष्ठान शाखा, १२ एशोसियट शाखा, १० बैदेशिक शाखा र २ आवासीय शाखा ९नेजा र एन्जा० का पदाधिकारी सदस्य गरी ७ सय ५० राष्ट्रिय परिषद् सदस्यहरुको सहभागी सुर्खेतमा भएको छ।
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस