म्याग्दीको मालिका गाउँपालिका–५, देबिस्थानका दिलबहादुर विकको बिवाहमा निम्तो मान्न बैशाख १४ गते गएका २७ वर्षीय धजेन्द्र पुन बिवाहस्थलबाटै गायव भए । हराएको १२ दिनपछि बैशाख २५ गते देबिस्थानको मार्चुला सामुदायिक बनको बराहथान स्थित साँधुरो ओडारभित्र ढुंगाले थिचेर राखिएको अवस्थामा शव भेटियो। प्रवेशद्धार निकै साँघुरो र भित्र समेत एकैपटक दुई जना प्रवेश गर्न नसकिने ओडारमा शव भेटिएपछि खोजीकार्य सुरू भयो । प्रहरीले शव भेटिएको दुई दिनमै जिल्ला प्रहरी कार्यालय म्याग्दीले पोखराबाट पक्राउ परेका धजेन्द्रको हत्या आरोपी ५ जनाको पहिचान खुलेको जनाएको छ ।
हत्याका मुख्य आरोपी देविस्थान घर भई हाल पोखरा बस्ने २१ वर्षीय भेषबहादुर बिक र देविस्थानकै रामबहादुर परियार रहेका छन् भने अन्य तीनजना बालकले समेत सघाएको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए । ‘भेषबहादुरले दाजुको बिवाहमा निम्तो मान्न गएको मौकामा धाजेन्द्र हत्या गरे,‘कुटपिट गरेर घरमै छोड्ने योजना बनाएपनि अचेत भएपछि ओडारमा फालेको देखिन्छ’ प्रनाउ राईले भने । उनका अनुसार हत्यामा संलग्न अन्य तीन जना १८ वर्षभन्दा कम उमेरको देखिएकाले नाम सार्वजनिक गरिएको छैन । प्रहरीको अनुसन्धानमा अभियुक्त भेषबहादुर र मृतक धजेन्द्रको पुरानो रिसिबिई भएको बुझिएको छ । कुटपिट गर्ने क्रममा हात भाँच्चिएपछि एक्कासी अचेत भएको अवस्थामा ओडारभित्र लगेर छोडेको प्रहरी समक्ष स्वीकार समेत गरेका छन् । ‘ओडारमा शव लुकाएर चार जना पोखरा गएका थिए,‘एकजनालाई गाउँबाटै पक्राउ गरियो’ प्रनाउ राईले भने ।
खोजी गर्ने क्रममा ओडारभित्र टाउको र कुम देखिएको अवस्थामा शव भेटिएपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए । हतार–हतारमा अभियुक्तले घटनास्थलमा छाडेको मोवाइल सेट, घाँटी अठ्याउन प्रयोग भएको चार्जरको कनेन्टर तार समेत छोडेकाले प्रहरीलाई अनुसन्धानमा सजिलो भएको थियो । देविस्थानका स्थानीयको अनुसार मृतक र उनका बुवासँग भेषबहादुरको पुरानो दुस्मनी थियो । घरको विवाह उत्सवमा निम्तो मान्न आएका पाहुनालाई स्वागत गर्नुपर्ने ठाउँमा हत्या गरिएको भन्दै देविस्थानवासी समेत स्तब्ध भएका छन् ।