वायु प्रदूषण छपक्कै भएपछि दिउँसै अँध्यारो
०३ वैशाख २०७८
•
३ मिनेट पाठ
वायु प्रदूषण छपक्कै भएपछि दिउँसै अँध्यारो
म्याग्दीकाे सदरमुकाम बेनीबजारस्थित जिल्ला प्रशासन कार्यालय अगाडि बिहिबार दिउँसाे ४ बजेकाे दृश्य। तस्बिर: नागरिक
बेनी सामुदायिक माविमा कक्षा ८ मा अध्ययनरत असल आचार्य बिहीबार विद्यालयबाट घर फर्किने क्रममा एक्कासि अँध्यारो भएपछि आत्तिँदै विद्यालयभित्रै प्रवेश गरे। विद्यालयबाट बाहिर निस्किएका अधिकतम विद्यार्थी दिउँसो ४ बजे नै अँध्यारो भएपछि त्रसित हुँदै विद्यालयमै प्रवेश गरेपछि अभिभावकलाई बोलाएर जिम्मा लगाइएको छ।  




सदरमुकाम बेनीबजारसँगै आसपासका क्षेत्रमा जानुपर्ने विद्यार्थीलाई अभिभावक र शिक्षकको सहयोगमा सवारीसाधनको व्यवस्था मिलाएर पठाइएको विद्यालयले जनाएको छ। ‘करिब १ सयको हाराहारीमा विद्यार्थीलाई अभिभावकको जिम्मा लगाइयो, केहीलाई शिक्षकले नै घरघर पुर्‍याइदिनुभयो,’ प्रधानाध्यापक दीपक श्रेष्ठले भने। उनका अनुसार केही विद्यार्थीले आँखा पोलेको महसुस गरेकोसमेत बताए। वायु प्रदूषण र तुवाँलोले विकराल रूप लिइरहेको अवस्थामा विद्यालयले विद्यार्थीलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अपिल गरेको प्रअ श्रेष्ठको भनाइ छ। अधिक वायु प्रदूषणका कारण दिउँसै अँध्यारो भएपछि कलिला बालबालिकादेखि वृद्धवृद्धासम्म आत्तिएका थिए।  

दिउँसो ३ बजेसम्म सामान्य रहेको मौसम एक्कासि धुम्मिएसँगै करिब ४ बजेपछि अन्धकार भएको थियो। ग्रामीण क्षेत्रमा घाँसदाउरा गर्न वनजंगल गएकाहरूसमेत अँध्यारो भएपछि हतारहतारमा घर फर्किएको धवलागिरी गाउँपालिका–७ ताकमका युवा गोपाल आचार्यले बताए। ‘अहिलेसम्म अनुभव नगरेको भन्दै सबै त्रसित छन्, ‘एक्कासि अँध्यारो भएपछि आत्तिँदै सबै घरभित्र प्रवेश गरे,’ आचार्यले भने। उनका अनुसार विद्यार्थी रुँदैं घर फर्किएका थिए। म्याग्दीको सदरमुकाम बेनी आसपासका जंगलसँगै जिल्लाका अधिकतर वनमा डढेलो लागेका कारण पनि वायु प्रदूषणको अवस्था विकराल बनेको हो।

यस वर्ष करिब १४ सय हेक्टर क्षेत्रफल डढेलोले सखाप भएको छ। वायुको गुणस्तर सूचकांक (एक्युआई) ले म्याग्दीको मापन नगर्ने भएकाले सामान्य वा घातक भन्ने सूचकमा देखिएको छैन। घरनजिकैको जंगलमा डढेलो लाग्दा बालबालिकामा श्वासप्रश्वासको समस्या देखिन सक्ने बेनी अस्पतालका डा. नवराज बस्ताकोटीले बताए। ‘वातावरणीय प्रदूषण चुरोट जत्तिकै हानिकारक हुन्छ, ‘आजको अवस्थाले थप जोखिम निम्त्याउन सक्छ,’ डा. बस्ताकोटीले भने। चुरोटमा भन्दा बढी क्यान्सरजन्य रसायन प्रदूषणमा पाइने डा. बस्ताकोटीको भनाइ छ।  

आँखा पोल्ने समस्या  

वायु प्रदूषणका कारण आँखा पोल्ने समस्या देखिन थालेको छ। वायु प्रदूषण उच्च देखिएको अवस्थामा आँखा चिलाउने, बिझाउने, सुक्खा हुने, पोल्ने समस्याका बिरामी बढ्न थालेका छन्। बेनी आसपासको क्षेत्र तुवाँलोले छपक्कै छोपेपछि बिहीबार दिउँसो अन्धकार भएको थियो। हावामा फरक किसिमको गन्ध महसुस गरिएको पत्रकार महासंघ म्याग्दी शाखाका सदस्य सन्दीप खत्रीले बताए। ‘आँखा पोलेको छ, ‘हावामा पनि फरक गन्ध आएको छ,’ खत्रीले भने। उनले धुवाँमा बसेजस्तै आँखा पोल्ने समस्या देखिएको बताए।  

यता वन तथा वातावरण विभागका उपमहानिर्देशक एवं प्रवक्ता इन्दुविक्रम जोशीले वायु प्रदूषणकै कारण यो समस्या आएको बताए। वायु प्रदूषणले जनस्वास्थ्यमा गम्भीर प्रभाव पर्नसक्ने भएकाले आँखा पोल्न थालेपछि अन्य औषधि प्रयोग नगरी सफा पानीले धुनुपर्ने प्रवक्ता जोशीको सुझाव छ। एक्युआईमा केही सुधार आए पनि हानिकारक अवस्था टरिनसकेको अवस्थामा दम, थाँतीलगायत समस्या भएका बिरामी, बालबालिकालाई अत्यावश्यक काम परे मात्रै बाहिर जाने नत्र घरभित्रै बस्नसमेत मन्त्रालयका प्रवक्ता जोशीको अनुरोध छ। ‘आँखा पोल्ने समस्या विषाक्त हावाले हो, हेल्चक्र्याइँ गर्दा पछि स्वास्थ्यमा समस्या देखिन सक्छ,’ प्रवक्ता जोशीले थपे। 
अर्को समाचार
उत्तर अमेरिकामा दिउँसै अँध्यारो हुने
२५ चैत्र २०८०
•
१ मिनेट पाठ
उत्तर अमेरिकामा दिउँसै अँध्यारो हुने
यसपालि म्याक्सिकोदेखि क्यानडाको पूर्वी किनारसम्म खग्रास सूर्यग्रहण लाग्ने भएको छ। चैत २६ गते (एप्रिल ८) सोमवारे औंसीका दिन उत्तर अमेरिकाका मानिसहरूले आफ्नो जीवनकै दुर्लभ दृश्य देख्न पाउने भएका छन्।




नेपाल र एसियाबाट भने यसपालि खण्डग्रास सूर्यग्रहण नदेखिने भएको छ। सूर्य र पृथ्वी बीचमा चन्द्रमा परेर सूर्यलाई पूरै छेकेको अवस्थामा खग्रास सूर्यग्रहण लाग्छ। त्यसबेला उषाकाल वा सन्ध्याकाल भए जसरी दिउँसै अँध्यारो हुन्छ।

यो शताब्दीको सबैभन्दा लामो खण्डग्रास चन्द्रग्रहण, तर नेपालबाट नदेखिने १९ नोभेम्बर २०२१ खगोलशास्त्रमा सन् २०२१ का मुख्य आकर्षण १६ जनवरी सन् २०२४ को खग्रास सूर्यग्रहण प्रशान्त महासागरमा सुरु हुनेछ। कुक द्वीपको पेनरिन एटोलका बासिन्दाले स्थानीय समय अनुसार बिहान ६ बजेर ४० मिनेट जाँदा सूर्य कालो भएको देख्ने छन्।

त्यसपछि चन्द्रमाको सघन छाया पृथ्वीको सतहमा प्रति घण्टा २,५०० किलोमिटरको गतिमा पर्ने छ। त्यसले स्थानीय समय अनुसार ११ बजेर ७ मिनेट जाँदा मेक्सिको तट पार गर्नेछ र म्याक्सिको र अमेरिका बीचको रिओ ग्र्यान्डी सीमा स्थानीय समयानुसार १ बजेर २७ मिनेट जाँदा पार गर्ने छ।
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस