आगलागीको धुँवाले बस्ती ढाक्यो (तस्बिरसहित)
३१ चैत्र २०७७
•
४ मिनेट पाठ
आगलागीको धुँवाले बस्ती ढाक्यो (तस्बिरसहित)
कास्कीको अस्ताम नजिकैको वन क्षेत्रमा लागेको आगो र निस्केको धँुवा । तस्बिरः नगारिक
बस्ती नजिकैको जंगलमा भीषण आगलागी हुँदा गाउँलेलाई सकस परेको छ । भीषण आगलागीका कारण गाउँ धुँवाले ढाकेको छ भने बस्तीमा आगो पस्ने त्रासले गाउँले रातभर सुत्न पाएका छैनन । एकैरातमा ठुलो वनक्षेत्र आगलागीले ध्वस्त भएको छ ।




कास्कीको माछापुच्छ«े गाउँपालिका–६ अस्ताम र पोखरा महानगरपालिका–२५ सुइखेत नजिकका चारवटा सामुदायिक वनमा आगलागी भएको स्थानीयले बताएका छन् । भीषण आगलागीले गाउँ नै धुवाँले ढाकिएको स्थानीयले बताएका छन् । गाउँमै धुवाँ पस्ता सास फेर्नै सकस भएको स्थानीयले बताए ।  

कास्कीको माछापुच्छ«े गाउँपालिका–६ अस्ताममा अन्नपूर्ण इको भिलेज रिसोर्ट चलाएका स्थानीय विश्वराज अधिकारीका अनुसार स्थानीय भतिनि, काउलापानी खहतीखोला, धुवाउने वनपाला र धुवाउने झिझिर्का सामुदायिक वनमा आगलागी भएको हो । सोमबार दिउँसोदेखि आगो लाग्न थालेको उनले बताए । ‘सोमबार दिउँसो गाउँ नजिकैको वनमा आगलागी भएको थाहा पायौ । त्यसपछि २० जना जति गाउँले मिलेर निभाउन गयौ,’ अधिकारीले भने, ‘बेलुकीसम्म मुस्किलका साथ निभायौ । तर राती फेरि आगलागी फैलिँदा नियन्त्रणबाहिर पुगेको छ ।’  

उनका अनुसार वनपाला धुवाउने वनबाट आगलागी सुरु भएको हो । ‘बेलुकी पुरै निभेपछि हामी घर फर्केका हौ । तर मध्यरातमा फेरि आगलागी भएको खबर आयो । मध्यरातमा निभाउन जान सकिएन,’ उनले, ‘बिहान सबेरै निभाउन जाँदा आगलागीले भीषण रुप लिइसकेको थियो ।’ उनका अनुसार आगलागीको लप्को बढेर रिसोर्टसम्म पुग्न थालेपछि रिसोर्टका लागि संकलन गरिएको आकाशे पानी नै निकालेर निभाउने प्रयास गरिएको थियो ।  

इको भिलेज रिसोर्टसम्मै आगलागी पुग्ने त्रास भएपछि ट्यांकीमा संकलित झन्डै दुईलाख लिटर पानी रिसोर्ट नजिकैको क्षेत्रमा लगेर भिजाएको उनले बताए । ‘हिउँदमा पानी अभाव हुने भएपनि वर्षामा आकाशे पानी संकलन गरेको थिए । आफ्नै रिसोर्टसम्म आगो फैलिने त्रास भयो,’ उनले भने, ‘सबै गाउँले नै मिलेर ट्यांकीको पानी पाइपबाट लगेर आगोको लप्को आउने ठाउँमा भिजायौं, अनि माटो खनेर पुरेकोले आगो बस्तीसम्म आउन पाएन, ठाडो भीरका कारण निभाउनका लागि जंगलमा जान सकिन्न । प्रहरी पनि पुग्न नसक्ने अवस्था रहेन ।’  

आगलागी भएको क्षेत्र सुइखेत र अस्तामका बासिन्दाले प्रयोग गर्ने वन क्षेत्र हो । उनका अनुसार पश्चिमबाट फैलिएको आगोको लप्का फैलिँदै फेँदीतिर पुग्ने जोखिम छ । त्यस्तै पूर्वतिरको तिब्रेकोट सामुदायिक वनमा पनि आगो पुग्न थालेको छ  । ‘योपटक निकै नै सुख्खा थियो । पहिला पहिला यसरी आगलागी भएको थिएन । रातको समयमा आगलागी भएको छ । कसले लगाएको भन्ने पनि थाहा भएन,’ उनले भने, ‘यो बेला सामुदायिक वनमा दाउरा काट्ने समय हो । दाउरा काट्दाको पातपतिंगरका कारण पनि आगलागी फैलिन सहज भएको हुनसक्छ ।’  

उनका अनुसार गाउँलेले गाइबस्तु पाल्न छाड्दा पनि वनमा पातपतिंगर थुप्रिएको थियो । लामो समयदेखिको खडेरीले पातपतिंगर पनि सुकेको थियो । ‘पहिला पहिला गाईबस्तु पनि चरिचरनका लागि वनमा जाँदा यत्तिसारो पातपतिंगर संकलन हुने थिएन । अहिले त वनक्षेत्र नै डरलाग्दो भएको छ,’ उनले भने । वनमा लागेको आगोले चराचचुरुंगी मरेर ढडेको गन्ध आएको उनले बताए । त्यसबाहेक वनमा लागेको आगोका कारण भागेको चितुवा बस्तीमा पसेर दुईपटा बाख्रा पनि नोक्सान गरिदिएको उनले बताए ।  

माछापुच्छ«े गाउँपालिका–६ का सदस्य लोकराज अधिकारीले पनि आगलागीले बस्ती नै जोखिममा पारेको र अधिक धुँवाले गर्दा सास फेर्न पनि सकस भएको बताए । ‘सोमबारबाट आगो लाग्न थालेको हो । जंगल सबै सखाप भएको छ । चारवटा वन क्षेत्र डढिसकेको छ,’ सदस्य अधिकारीले भने, ‘आगो निभाउन भीरमा जान सकिने अवस्था छैन । चारैतिरबाट धुँवा गाउँमा पस्ता आखा पोल्ने र सास फेर्न नै अप्ठेरो परेको छ ।’ तत्काल आगो नियन्त्रणमा आउने सम्भावना पनि छैन । भगवान भरोसा छाड्नुको विकल्प नरहेको उनले बताए ।

प्रहरीले पनि आगलागी नियन्त्रणमा सहज नभएको बताएको छ । आगलागी नियन्त्रणको प्रयासका लागि गाउँलेसँगै प्रयास गरेको भएपनि सहज नभएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले अहिले बस्ती जोगाउने पहल मात्र भईरहेको बताए । ‘बस्तीमा आगो पुग्दैन, तर, जंगल बच्दैन,’ उनले भने, ‘सुरक्षाकर्मी त खटिएका छन् । तर, नियन्त्रणमा सहज छैन ।’  

जिल्ला वन कार्यालय कास्कीका वन अधिकृत केदार बरालका अनुसार मंगलबार दिउँसोसम्म हेम्जा, निर्मलपोखरी, भरतपोखरी, रुपा गाउँपालिकाका विभिन्न क्षेत्रमा आगलागी भईरहेको छ । यो सिजनमा अहिलेसम्म कास्कीमा करिब ६५ हेक्टर क्षेत्रफलमा आगलागी भएको उनले बताए । ‘आगजनी गर्ने मान्छे नै पहिल्याउन सकिन्न । मान्छेले नै आगो लगाएको हो । आगलागी गर्ने व्यक्ति पनि पत्ता लगाउन सकिएको छैन,’ बरालले भने, ‘घाँसको लोभमा र बारीमा घास पोल्दा आगलागी फैलिएको हाम्रो अनुमान छ । तर कतिपयले मात्तिएर पनि आगो लगाउने गरेका हुन्छन् ।’
अर्को समाचार
टोगोको राजधानी लोमेकोमा भीषण आगलागी
०७ पौष २०८०
•
१ मिनेट पाठ
टोगोको राजधानी लोमेकोमा भीषण आगलागी
टोगोको राजधानी लोमेको एक स्थानीय बजारमा भीषण आगलागी भएको छ। 




बजार नजिकैको ग्यास पसलहरूमा आगो लागेको बताइएको छ।उच्च जोखिममा रहेका क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानमा लगिएको छ। घटनास्थलमा रहेका प्रत्यक्षदर्शीका अनुसार कम्तीमा पाँच घण्टा आगलागी भएको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन।
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस