उदयपुरको बेलका नगरपालिकामा आगलागीबाट एक घरसहित धनमाल जलेर नष्ट भएको छ। बिहीबार विहान १० बजेजस्तो समयमा अचानक आगलागी हुँदा बेलका ३ सातपत्रेस्थित अमरबहादुर विष्टको घर जलेर घरभित्र रहेका धनमाल, लत्ताकपडा, भाँडावर्तन र अन्न्पात नष्ट भएको हो।
इलाका प्रहरी कार्यालय रामपुर ठोक्शीलाका अनुसार आगलागीको खवर स्थानीयले दिएलगत्तै खटेको टोली परिचालन गरेकाले छिमेकका अन्य घरमा भने आगो संक्रमण हुन पाएन। आगोले विष्टको काठले बनेको जस्ताको छाना भएको दुईवटा घर, नजिकै रहेको फुसको छाना भएको गोठ र घरभित्रका सम्पूर्ण सामान र कागजात, धान, चामल, मकै जलेर नष्ट भएको छ।
प्रहरी र स्थानीयको सहयोगमा ११ बजेसम्ममा आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो। समयमै प्रहरी र स्थानीयको जमघटले आगलागीबाट मानवीय र पशुपंक्षी भने क्षति हुन नपाएको इप्रका रामपुरलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। आगोले १२ लाख मूल्य बराबरको क्षति पुगेको प्रहरी अनुमान छ।