उदयपुरमा आइतबार एक स्कुलबसको ठक्करले स्थानीय पैदलयात्रीको निधन भएको छ । मदन भण्डारी लोकमार्ग अन्तरगत जिल्लाको चौदण्डीगढी नगरपालिका १० इक्राहामा को १ ख २७४८ नं. को बसले दिएको ठक्करले सोही ठाउँका ६२ वर्षीय जगनारायण श्रेष्ठको निधन भएको हो ।
विहान १०ः३० बजे भएको घट्नामा परी श्रेष्ठको घट्नास्थलमै निधन भएको इलाका प्रहरी कार्यालय बेलटारलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । इप्रका बेलटारबाट खटेको टोलीले घट्नास्थ्लको सर्जमिन मुचुल्का तयार गरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर पठाएको छ ।
ठक्कर दिने बस त्रियुगा पब्लिक स्कुल खैराहा झोडाको भएको प्रहरीले जनाएको छ । घट्नामा संलग्न बस र चालक चौनण्डीगढी १० का ३८ वर्षीय रत्नबहादुर कार्कीलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही सुरु भएको प्रहरी कार्यालयले जनाएको छ ।