बागलुङ कालिका मन्दिर परिसरमा आगलागीः मन्दिर जोखिममा
२१ चैत्र २०७७
•
१ मिनेट पाठ
बागलुङ कालिका मन्दिर परिसरमा आगलागीः मन्दिर जोखिममा
प्रसिद्ध बागलुङ कालिका मन्दिर परिसरमा रहेको जङ्गलमा आगलागी भएको छ।




काठेखोला छेउमा रहेको फोहोर व्यवस्थानस्थलदेखि आज सुरु भएको आगो मन्दिरको जङ्गल परिसरमा प्रवेश गरेको हो। आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको समूहले प्रयास गरिरहेको भए पनि नियन्त्रणमा लिन नसकिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए।  

आगलागीका कारण मन्दिरको पश्चिम पट्टिस्थित जङ्गलमा ठूलो क्षति पुगेको छ। मन्दिर परिसर नजिकै आगो आइपुगेकाले मन्दिर जोखिममा रहेको उनको भनाइ छ। जङ्गलमा कुहिएका काठ, रुखका पात र झार बढी भएकाले नियन्त्रणमा कठिनाइ भैरहेको बताइएको छ। रासस
अर्को समाचार
कालिका दर्शन वर्ष अभियान सुरु
१७ फागुन २०७७
•
२ मिनेट पाठ
कालिका दर्शन वर्ष अभियान सुरु
बागलुङ कालिका मन्दिरले घोषणा गरेको ‘कालिका दर्शन वर्ष २०८०’ सफल पार्न विभिन्न अभियान सुरु गरेको छ। उक्त अभियान सफल पार्नका लागि कालिका भगवती गुठी व्यवस्थापन समितिले मन्दिरको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वलाई बाहिर ल्याउन थालेको छ।




मन्दिरले आफ्नो ऐतिहासिक महत्वका विषयमा आम जनमानसमा पुर्याउनका लागि आइतबार कालिका मन्दिर परिसरमा कालिका मन्दिरको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वका बारेमा अन्तक्र्रिया तथा बहस कार्यक्रम गरेको छ। उक्त कार्यक्रमपछि कालिका दर्र्शन वर्षको अभियान सुरु भएको कालिका मन्दिरले जनाएको छ। अन्तक्र्रिया कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले कालिका मन्दिरको महत्व निकै फरक तथा ऐतिहासिक रहे पनि यसलाई नयाँ पुस्तामा जानकारी दिन नसकिएको भन्दै कालिका दर्शन वर्ष सफल बनाउन सुरु भएको अभियानले सहज बनाउने बताए।  

उनले नेपालमात्रै नभई विश्वका धार्मिक पर्यटकको आर्कषण केन्द्रका रूपमा कालिका मन्दिरलाई चिनाउन सकिने बताए। धार्मिक महत्व बोकेको पवित्र कालिगण्डकी नदीसँग कालिका मन्दिरको सामिप्यता रहेको भन्दै कालिका मन्दिरको प्रचारप्रसारमा अझै कमी आएकाले यसकोे महत्वलाई सबै सामु पुर्याउनुपर्ने उनको जोड थियो। 'कालिगण्डकीको शक्तिपीठ भनेकै कालिका मन्दिर हो', गुरुङले भने, 'ऐतिहासिक सम्पदा बुझाउन नसक्नु हाम्रो कमजोरी हो, कालिका मन्दिरको महत्व अन्य शक्तिपीठभन्दा अझै बढी छ।'

अब स्थानीय सरकारले नै यसको अपनत्व र प्रचारप्रसारमा लागनुपर्ने भन्दै गुरुङले पर्यटन र आर्थिक विकासका लागि कालिका मन्दिर कोसेढुङ्गा हुने बताए। 'हामीले नगरे कसले गर्छ रु कालिका मन्दिरको महत्व सबैमा पुर्याउँ, थाम्न नसक्ने धार्मिक पर्यटक हाम्रै पालामा आउनेछन्', उनले भने, 'सम्पदा संरक्षण मात्रै होइन यसको महत्व र आवश्यकताका लागि जनतामाझ जानुपर्दछ, तीन तहका सरकारले सहयोग गर्नुपर्दछ।'

पाल्पाका राजाकी छोरी विवाह भएर पर्वते राजाकहाँ आउने क्रममा ल्याएको दाइजोस्वरुपको कालिका बसेको किंवदन्तीलाई प्रचारमा ल्याउनुपर्ने भन्दै उपकुलपति गुरुङले पवित्र कालिगण्डकीसँग मन्दिरलाई सँगै जोडेर लैजानुपर्ने बताए। कालिका भगवती गुठी व्यवस्थापन समितिले धेरै धार्मिक पर्यटकलाई आकर्षित गर्नका लागि आगामी विसं २०८० लाई कालिका दर्शन वर्ष घोषणा गरेको छ। कालिका दर्शन वर्ष २०८० मा ४० लाखभन्दा बढी धार्मिक पर्यटक भित्र्याउने लक्ष्य रहेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताए।  

विसं २०८० को योजना सफल पार्नका लागि आजैदेखि दर्शन वर्ष अभियान सुरु गरिएको र सोअन्तर्गत आइतबार कालिकाको ऐतिहासिक, धार्मिक तथा संस्कृतिक महत्वका विषयमा सरोकारवालासँग छलफल गरिएको हो। कालिका मन्दिरले मन्दिरसँग जोडेर बागलुङका अन्य धार्मिक पर्यटकीयस्थल पञ्चकोट, शालग्राम सङ्ग्रहालय, ढोरपाटन, गाजादह, जैमिनीधाम तथा विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुलसँग जोडेर प्रचारप्रसार गर्न थालेको छ। रासस
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
कर्पोरेट
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘ढुक्कको कनेक्सन’ सेवा सुरु गरेको छ।
Whatsapp
ठमेलबाट यसरी समातिए ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक, १५ करोडको कोकिन बरामद
अपराध
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
ठमेलबाट यसरी समातिए ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक, १५ करोडको कोकिन बरामद
प्रहरीका अनुसार दक्षिण कोरियाली नागरिकले आफ्नो ह्यान्ड ब्यागेजभित्र फल्स बटम बनाएर लुकाएको अवस्थामा तीन किलो कोकिन बरामद गरिएको हो। उक्त कोकिन लिन आएक...
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको सहज जित
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको सहज जित
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ६५ रनले पराजित गरेको छ।
Whatsapp
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
शिक्षा
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
प्रधानाध्यापकको कुर्सीमा बसेर विद्यालयको अवस्था नियाल्दा उनलाई एउटा प्रश्नले सधैँ घोचिरहन्थ्यो, आफूलाई शिक्षा दिएर जीवनको बाटो देखाउने विद्यालयका लागि...
Whatsapp
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति रास्वपा प्रतिबद्ध रहेको बताएका छन्।
Whatsapp
प्रधानमन्त्रीलाई बाबुरामको सुझाव : दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई ‘गतिशील सेतु’ बनाऔँ
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
प्रधानमन्त्रीलाई बाबुरामको सुझाव : दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई ‘गतिशील सेतु’ बनाऔँ
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहलाई दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई गतिशील सेतु बनाउने दिशामा अघि बढ्न सुझाव दि...
Whatsapp
भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा
आइतबार तेस्रो दिनको खेलको समाप्तिमा २४३ रनको अग्रता बनाएसँगै न्युजिल्यान्डले दोस्रो टेस्टमा पकड बनाएको हो। 
Whatsapp
विना धितो कर्जा र केयर इकोनोमी पोलिसीमा काम अघि बढेको छ : मन्त्री यादव
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
विना धितो कर्जा र केयर इकोनोमी पोलिसीमा काम अघि बढेको छ : मन्त्री यादव
मन्त्री यादवले विना धितो कर्जा, उद्यमशीलता र केयर इकोनोमी पोलिसी जस्ता विषयहरूमा समेत काम अघि बढेको बताए।
Whatsapp
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
लागूऔषध नियन्त्रण ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
Whatsapp
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।
Whatsapp
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलत : इरानी सुरक्षा प्रमुख
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलत : इरानी सुरक्षा प्रमुख
इराकसँगको आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ ले हस्तक्षेप नगर्न इरानी सुरक्षा प्रमुख मोहसेन रेजाइले आइतबार आग्रह गरेका छन्।
Whatsapp
कांग्रेसको जिल्ला अधिवेशनको मिति तय, हिमाली जिल्लामा मंसिरमै निर्वाचन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कांग्रेसको जिल्ला अधिवेशनको मिति तय, हिमाली जिल्लामा मंसिरमै निर्वाचन
पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा अन्य जिल्लामा पुस ४ र ५ गते जिल्ला अधिवेश...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस