उदयपुरका एक पुरुष जंगलमा मृत अवस्थामा फेला परेका छन्। सदरमुकाम त्रियुगा नगरपालिका १० रातमाटे आसपास घर भएका अन्दाजी ५० वर्षीय गंगा भुजेल बुधबार मध्यान्ह जंगलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
जंगलमा घाँसदाउरा गर्न गएका स्थानीयले मृत अवस्थामा मान्छे देखेको जानकारी दिए अनुसार जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेको टोलीले त्रियुगा नगरपालिका ११ चप्पन जंगलमा उनलाई मृत अवस्थामा भेटेको बताइएको छ। प्रहरीका अनुसार सालको रुखमा अडेस लागेको अवस्थामा भुजेललाई मृत अवस्थामा भेटिएको हो।
मृत शरीर उदयपुर जिल्ला अस्पताल ल्याएर शवगृहमा राखिएको छ भने पोष्टमार्टमको प्रक्रिया अघि बढाएको छ। भुजेलको मृत्युको कारण केही नखुलेकाले घट्नाबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।