वायु प्रदूषणले ढाकियो पोखरा (तस्बिरसहित)
१४ चैत्र २०७७
•
४ मिनेट पाठ
वायु प्रदूषणले ढाकियो पोखरा (तस्बिरसहित)
शनिबार बिहान पोखराको भिजिविलिटी । तस्बिरः उमेश पुन/नागरिक
केहीदिन देखि पोखरामा पनि वायु प्रदूषण ह्वात्तै बढेको छ । धुँवा र धुलोका कणले भिजिविलिटी त घटाएको छ नै चारैतिर अस्तव्यस्त पनि बनाएको छ । एकाएक वायु प्रदूषण बढेपछि पोखरेली पनि चिन्तित बनेका छन् । सफा र स्वच्छ सहरको पहिचान बनाएको पोखराले पछिल्लो दिनमा वायु प्रदूषणको मार खेप्न थालेको छ ।  




धुवा र धुलोका कारण आँखा पोल्ने समस्या बढेको पोखरेलीको गुनासो छ । बाक्लो तुवालोका कारण पोखरा आसपासका डाँडा पुरै छेकिएका छन् । जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्रमुख राजारामप्रसाद ढकालका अनुसार शनिबार पोखराको वायु गुणस्तर सुचंकाक (आक्वा) स्वास्थ्यका दृष्टिले हानीकारक थियो । उनका अनुसार अहिले पोखरालाई बाक्लो तुवालोले ढाकेको छ । तुवालोमा धुलो र धुँवाको मिश्रण हुन्छ । यसले भिजिविलिटी घटाउने उनले बताए ।  

जल तथा मौसम विज्ञान कार्यालयले पोखराको वायु प्रदुषण मापन गर्नका लागि तीन ठाउँमा उपकरण राखेको छ । लेखनाथस्थित पोखरा विश्वविद्यालय, लामाचौरको गण्डकी बोर्डिङ स्कुल र रत्नचोकस्थित जल तथा मौसम विज्ञान कार्यालय परिसरमा उपकरण राखिएको छ । लेखनाथस्थित विश्वविद्यालयको मापन अनुसार शनिबार बिहानको वायु गुणस्तर सुचकांक (आक्वा) १९६, रत्नचोकको जल तथा मौसम विज्ञान कार्यालयको १३५ र लामाचौरको गण्डकी बोर्डिङको मापनमा २३१ देखिएको छ । 
 ‘वायु गुणस्तर सुचकांक जति कम भयो उत्ति राम्रो हो । नम्बर जति धेरै भयो, उत्ति वायु प्रदूषण बढि भएको बुझिन्छ,’ ढकालले भने । उनका अनुसार पोखराभित्रै पनि वायुको गुणस्तर सबैभन्दा खराब लामाचौर क्षेत्रमा देखिएको छ । लामाचौर मुख्य बजारमाथि माथिल्लो भेगमा पर्छ । ‘शुन्यदेखि ५० सम्मले सुचकांकले स्वास्थ्यमा खासै असर पर्दैन । त्यो भन्दा माथि जानु पोखराका लागि राम्रो मानिँदैन,’ ढकालले भने, ‘५० भन्दा माथि स्वास्थ्यलाई हानी पुर्‍याउँछ । ३ सय भन्दा माथि अधिक खराब हो ।’ पोखराको वायु गुणस्तर कमजोर हुँदा त्यसले फोक्सो, मुटुका बिरामी, वृद्धवृद्धा र बच्चालाई अप्ठेरो पार्ने उनले बताए ।  

‘अहिले मौसम बिग्रेको छ । यस्तो हुनुमा डढेलो मुख्य कारण हो । नेपालकै विभिन्न ठाउँ र भारतदेखि पनि यो प्रदुषण भित्रिएको छ । पश्चिमी र स्थानीय वायु थोरै चलिरहेपनि जति चल्नुपर्ने त्यो नचल्दा प्रदूषण हट्न सकेको छैन,’ ढकालले भने, ‘यो बेला हावाहुरी चल्ने समय हो । त्यो अनुसार हावाहुरी पनि चलेको छैन । पानी परेर हावा हुरी चलेमा प्रदूषण घट्दै जान्छ, तर पानी पनि उत्तिसारो परेको छैन ।’ लामो समयको खडेरीको प्रभाव पनि योपटकको प्रदूषण रहेको उनले बताए ।  

स्थानीय र पश्चिमी वायु चलिरहेकोले थोरै भएपनि पानी पर्नुपर्नेमा पर्न नसकेको उनले बताए । ‘भीषण वर्षा हुने सम्भावना छैन । भिजिविलिटी त पुरै घटाएको छ । यसमा विषालु ग्यास पनि हुन्छ,’ उनले भने, ‘त्यही विषालु ग्यासले आँखा पोल्न थाल्छ ।’ ढकालका अनुसार पोखरामा पछिल्लो समय सडक खन्ने काम भएको छ । त्यस्तै आसपासका क्षेत्रमा डढेले पनि उत्तिकै लागेको छ । ‘मानवीय गतिविधिले नै पोखरालाई पनि जोखिमयुक्त सहर बनाउँदै लगेको छ । यो प्रदुषणबाट पोखरा मात्र अछुतो रहन सक्ने अवस्था छैन,’ उनले भने ।  

गण्डकी प्रदेशको वन मन्त्रालयका सचिव डा. महेश्वर ढकालका अनुसार गण्डकीका विभिन्न तीनवटा जिल्लाका ८ ठाउँमा शनिबार बिहान डढेलो लागिरहेको थियो । कास्की, नवलपुर, तनहुँमा ढडेलो लागेको उनले बताए । ‘वायु प्रदुषणको हिसाबले पोखरा सुरक्षित सहर थियो । तर, अब पोखराले सोच्ने बेला भएको छ,’ ढकालले भने, ‘अहिलेसम्म हामी सुरक्षित छौ, तर, ढुक्क भएर बस्ने बेला भएको छैन । वन जंगलको संरक्षण र हाम्रा गतिविधि प्रकृतिमा आधारित हुनुपर्छ । जथाभावि गरिएका विकास निर्माणले असर पारेको छ ।’ सडक बिस्तारका क्रममा यहीबेला यहाँ सडकको धुलो उडाउने काम हुँदा पनि असर परेको उनले बताए ।  

भिजिविलिटी नपुग्दा उडान रद्द

पोखरा विमानस्थलका अनुसार यहाँको भिजिविलिटी शनिबार निकै नै कम भएको थियो । भिजिविलिटी नपुग्दा शनिबार धेरै हवाई उडान रद्द भएको विमानस्थलले बताएको छ । विमानस्थलका सुचना अधिकारी देवराज सुवेदीका अनुसार शनिबार मध्यान्हसम्म २० वटा उडान रद्द भएका थिए । पोखराबाट तारा र समिट एयरले जोमसोमका लागि तय गरेका ५–५ वटा गरि १० उडान रद्द भएका छन् । त्यस्तै पोखराबाट काठमाडौं, भैरहवाका उडान पनि रद्द भएको सुवेदीले बताए । मध्यान्हसम्म पोखरा–काठमाडौं रुटमा तय गरिएका बुद्धका ५ र यति एयरलाइन्सका चारवटा उडान तथा बुद्धको भैरहवासम्मको उडान रद्द भएको सुवेदीले बताए ।  

‘शनिबार मध्यान्हसम्म २० वटा रद्द भएका छन्,’ उनले भने, ‘जहाज उडानका लागि भिजिविलिटी अपुग भएकोले उडान हुने सम्भावना कम भएको छ ।’ पोखरामा उडान हुन विमानस्थलको भिजिविलिटी ५ किलोमिटर हुनुपर्छ । तर शनिबार बिहान पोखराको भिजिविलिटी २५ सय मिटर रहेकोमा मध्यान्हमा झनै कम भएर एक किलोमिटरमा झरेको थियो । ‘शनिबार दिनभर पोखराबाट उडान र अवतरण हुने अवस्था छैन । शुक्रबार पनि चारवटा उडान भिजिविलिटी नपुगेकै कारण रद्द भएका थिए,’ सुवेदीले भने ।
अर्को समाचार
वायु प्रदुषण बढेपछि विज्ञको सुझावः अनिवार्य मास्कको प्रयोग गरौँ, धुवाँधुलो नबढाऔँ
०३ वैशाख २०८०
•
३ मिनेट पाठ
वायु प्रदुषण बढेपछि विज्ञको सुझावः अनिवार्य मास्कको प्रयोग गरौँ, धुवाँधुलो नबढाऔँ
काठमाडौं विश्वकै बढी प्रदुषण हुने शहरमा पहिलो नम्बरमा पुगेपछि विज्ञहरुले आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।




हावाको प्रदुषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यु एयरले काठमाडौंलाई संसारकै प्रदुषित शहरको सूचिको पहिलो स्थानमा राखेको हो।

शनिबार साँझबाट काठमाडौं संसारमा नै बढी प्रदुषण भएको शहरमा पहिलो, दोस्रो र तेस्रो स्थानमा घटबढ भइरहेको छ। वायु प्रदुषणहरु बढीरहेकाले घरबाहिर सकेसम्म ननिस्किन र निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्न विज्ञहरुको सुझाव छ। पछिल्लो समय वनमा लागेको डढेलो, भारतको उत्तरप्रदेशमा बालिएको गहुँको भुसको धुवाँको असर काठमाडौंसहित नेपालका विभिन्न शहरहरुमा परेको विज्ञहरुले बताएका छन्।

जलवायु तथा विपद् विज्ञ डा.धर्म उप्रेतीले वागमती प्रदेश र वरपरको वनको आगलागीका कारण काठमाडौं प्रदुषित शहरमा पहिलो नम्बरमा परेको बताए। उनले प्रदुषण बढ्नुमा आगलागी र सडकको धुवाँधुलो प्रमुख कारण रहेको बताए। विज्ञ उप्रेतीले नेपालमा अहिले पश्चिमी वायुको प्रभाव कम रहेकाले पनि हावा वहन नपाएको र हावा नबहँदा उपत्कामा प्रदुषण बढेको बताए।

आजबाट नै पश्चिमी वायु नेपालमा प्रवेश गर्ने भएपनि प्रदुषण हट्न भने अझै केही दिन लाग्ने बताए। अहिले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले तोकेको भन्दा २२ गुणा बढी प्रदुषण काठमाडौंमा रहेको उनले उल्लेख गरे।  

उनले भने, ‘हिजो साँझ काठमाडौं संसारकै पहिलो प्रदुषण बढी भएको शहरमा मापन भएको थियो। आज बिहान बंगलादेशको ढाकामा सरेको छ। फेरि बेलुकासम्म काठमाडौं हुनसक्छ। समग्रमा अहिले प्रदुषण सबैभन्दा बढी हुने दक्षिण एशियामा हो, त्यसमा सबैभन्दा बढी भारतमा १० वटा शहर पर्दछ। हामीकहाँ कहिले काहीँ केही कारणले सर्छ र हामी पनि पहिलोमा पर्छौं । अहिले वनमा आगो लागेको छ, यो पनि एउटा प्रमुख कारण हो। वनमा अहिले आगलागी भइरहेको छ, वागमती प्रदेश र वरपरको वनको आगलागी हो र भारतको बिहार उत्तरप्रदेशमा बालिएको आगोले हो, गहुँको भुस वा केही जलाउन बालेको आगोले हो। एउटा पीएम २.५ भन्ने पार्टीकुलेट म्याटरको कन्सलटेसन हावामा बढाउने माध्यमको रुपमा एउटा आगो हो । एउटा सडकबाट उड्ने धुलोका कारण हो। सवारीसाधनको धुँवा पनि हो। अर्को नेपालमा अहिले पश्चिमी वायुको प्रभाव कम छ। वायु चलेन भने काठमाडौंमा प्रदुषण रहीरहन्छ । त्यसको असर अहिले काठमाडौंमा छ। आजैबाट पश्चिमी वायु नेपाल प्रवेश गर्दैछ र पनि अझै दुई दिनसम्म यस्तो अवस्था भइ नै रहन्छ। पश्चिमी वायुको असर काठमाडौंमा हुन्छ र यसले केही राहत दिन्छ। विश्व स्वास्थ्य संगठनले तोकेको भन्दा २२ गुणा बढी प्रदुषण काठमाडौंमा बसेको छ, यो हिजो २५ गुणा बढी थियो। एउटा कुरा हामी सबैले गर्नुपर्ने र सरकारले पनि आग्रह गर्नुपर्ने कुरा मास्कको प्रयोगलाई अनिवार्य गर्नुपर्छ, थोरैमा एक महिनासम्म।’

जलवायु तथा विपद् विज्ञ उप्रेतीले प्रदुषणबाट बच्नका लागि सरकारले आम नागरिकहरुलाई मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गर्नुपर्ने सुझाव दिए। उनले केही दिनको लागि धुँवा निकाल्ने सवारी साधन र मापदण्ड पालना नगरेका सवारीसाधन सञ्चालन गर्न नदिन सरकारसँग आग्रह गरे। उनले सडक निर्माणका क्रममा सडक अलपत्र बनाइँदा धुवाँ र धुलो धेरै भएकाले सडक कालोपत्रे गर्न र कालोपत्रे गर्न नसके सडक भत्काउने काम बन्द गर्नुपर्ने बताए। वायु प्रदुषण्का कारण ब्लड प्रेसर बढ्ने, मुटुको समस्या, क्यान्सर लगायतका समस्याहरु बढ्ने बताए।  
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस