नौ महिनामा गोरखा र लमजुङमा ११ हजार नयाँ धारा
१२ चैत्र २०७७
•
२ मिनेट पाठ
नौ महिनामा गोरखा र लमजुङमा ११ हजार नयाँ धारा
लमजुङमा सम्पन्न अर्चलाबोट खानेपानी आयोजनाको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ । तस्बिरः नागरिक
गण्डकी प्रदेश सरकारले सुरु गरेको ‘एकघर एकधारा’ अभियान अन्तर्गत हालसम्म गोरखामा १६ हजार ५१ वटा धारा निर्माण गरेको छ । यी मध्ये सात हजार छ सय १३ वटा धारा भने गत साउन देखि फागुन सम्म निर्माण भएका हुन् ।  




खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाले साउन यता लमजुङमा तीनहजार छ सय ६४ वटा धारा निर्माण गरेको जनाएको छ । ‘धारा निर्माण द्रुतगतिमा अघि बढेको छ,’ डिभिजन प्रमुख तुल्सी बस्नेतले भने ‘असार यता दुई जिल्लामा गरी ११ हजार दुई सय ७७ धारा बनिसकेका छन् ।’ चालु वर्ष भित्र गोरखा तर्फ १३ हजार र लमजुङमा पाँचहजार दुई सय धारा निर्माण गर्ने लक्ष्य रहेको उनले बताए ।  

प्रदेश मातहातका खानेपानी डिभिजन मध्ये गोरखास्थित कार्यालयले दोस्रो चौमासिकमा सबैभन्दा धेरै वित्तीय प्रगती गर्ने कार्यालय बनेको छ । ‘हामीले ७३ प्रतिशत वित्तीय प्रगती गरेका छौं,’ डिभिजन प्रमुख बस्नेतले भने । चालु तर्फ ४६ र पुँजीगत तर्फ ७४ प्रतिशत प्रगती भएको उनले बताए ।  

खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले गोरखा र लमजुङ तर्फ साना ठुला गरी दुई सय ९२ वटा योजना संचालन गरिरहेको छ । ‘अहिलेसम्म २५ वटा सम्पन्न भईसक्यो, १० वटा अन्तिम चरणमा छन्,’ उनले भने । प्रदेश सरकारको ‘एकघर एकधारा’ अभियान अन्र्तग अहिले संचालन भएका सबै योजना हरेक घरमा धारा पु¥याउने गरी निर्माण भईरहेको उनले बताए ।  

उत्तरी गोरखाको तिब्बतसँग सिमाना जोडिएको चुमनुब्री गाउँपालिकामा पनि बृहत खानेपानी आयोजना संचालन भएको छ । ‘उक्त आयोजना बनेपछि त्यहाँ पनि घरघरै धारा पुग्छ’ डिभिजन प्रमुख बस्नेतले भने ‘विकट भुगोलका कारण त्यहाँ आयोजना बनाउन सहज थिएन तर पनि अहिले भने काम भईरहेको छ ।’  उत्तरी दुर्गम भेग भएकाले खानेपानी आयोजनाका लागि चाहिने सिमेन्ट, रड, पाईप हेलिकप्टरबाट ढुवानी गर्नुपर्छ । अहिले संचालनमा रहेका कतिपय खानेपानी योजना पुरा गर्न बजेट अभाव भएको बताउँदै उनले भने ‘स्टिमेट अनुसारको बजेट समयमै निकासा भएको खण्डमा हामीले काम छिटो गराउन सक्थ्यौं ।’

गण्डकी प्रदेश सरकारले हरेक घरमा पानी सहितको धारा पु¥याउन गुरुयोजना बनाउँदैछ । कुन घरमा खानेपानी पुगेको छ छैन ? स्रोतको अवस्था, खानेपानीको अवस्थाको बिस्तृत बिवरण सहितको गुरुयोजना निर्माणको चरणमा रहेको डिभिजन कार्यालयले जनाएको छ । ‘गुरुयोजनाले हरेक टोल बस्तीको अवस्था थाहा हुन्छ, त्यहाँ कसरी कार्यक्रम संचालन गर्ने भन्ने योजना बनाउन यो आवश्यक छ,’ डिभिजन प्रमुख बस्नेतले भने ‘हामीले गुरुयोजनाको काम गरिरहेका छौं ।’ 
अर्को समाचार
६ मुहानबाट गाउँमा खानेपानीकाे जाेहाे
०५ फागुन २०८०
•
१ मिनेट पाठ
६ मुहानबाट गाउँमा खानेपानीकाे जाेहाे
भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ३ अन्नपूर्णका स्थानीयको पानी समस्या हटेको छ। यहाँका दुई सय ३८ घरपरिवारमा एक घर एक धारा निर्माण भएसँगै वर्षौंदेखिको पानी समस्या हटेको हो।




‘कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाज्’ ले अन्नपूर्ण बाख्राङ बाहुनगाउँ खानेपानी आयोजना निर्माण गरिदिएसँगै यहाँको पानी समस्या अन्त्य भएको हो। खानेपानी आयोजनाको रक्षा मन्त्रालयका सहसचिव बावुराम अधिकारीले हालै उदटन गरेका थिए।

आयोजना निर्माण गर्न दुई करोड १२ लाख खर्च भएको टेम्केमैयुङ– ३ अन्नपूर्णका वडाध्यक्ष पूर्णप्रसाद राईले बताए। आयोजना निर्माणमा ५२ लाख ६३ हजार बराबर उपभोक्ताको श्रमदान रहेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष चेवनराज राईले बताए। ६ वटा मुहानबाट संकलन गरेर बस्तीसम्म पानी ल्याइएको हो।  

आयोजनाको पाइप लाइन २६ हजार ९५ मिटर रहेको छ। यहाँ १५ सङ्कलन ट्यांकी र नौ वितरण ट्यांकी निर्माण गरिएका छन्। गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले पालिकाको आन्तरिक स्रोत कम भएकाले अरुलाई सहयोगका लागि गुहार्नुपरेको बताए।  

‘स्थानीयले अब स्वच्छ खानेपानी उपभोग गर्न पाएका छन्’, उपाध्यक्ष राईले भने। चालु आर्थिक वर्ष २०८०÷८१ मा थप ८० परिवारको घरमा पानी  पुर्‍याउने लक्ष्य रहेको उनले बताए।

कादुरी संस्थाका उपनिर्देशक विजयन्त शेरचनले खानेपानीसँगै विभिन्न क्षेत्रमा काम गर्दै आएको बताए। विसं २०७५ देखि आयोजना निर्माण थालिएको थियो। –रासस
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस