सल्यान सिद्धकुमाखका भागीरथ चलाउनेलाई एसएलसी परीक्षा उत्तीर्णपछि परिवारले क्याम्पस भर्ना हुन तीन हजार रूपैयाँ दिई सदरमुकाम पठायो। नपठाओस् पनि किन, उनी आफ्नो टोलमा एलएलसी उत्तीर्ण गर्ने पहिलो व्यक्ति थिए।
त्यो रकम लिएर उनी क्याम्पसमा होइन, सिधैं काठमाडौं टाप कसे। उनको मनमा परिवारले चाहेजस्तो ल्याब असिस्टेन्ट पढेर जागिर खानेभन्दा पनि उनले दिनहुँ सुन्ने गायक राजु परियारजस्तो बन्ने आकांक्षा थियो। उनको समयमा राजन ठकुरी र राजु परियार चल्तीका गायक थिए। उनीहरूको गायनले उनलाई मोहित पारेको थियो र उनीहरूजस्तै गायक बन्ने लोभले उनलाई राजधानी काठमाडौं डोर्याएको थियो।
उनलाई काठमाडौंबारे केही थाहा थिएन। संघर्ष गर्ने क्रममा रेस्टुराँमा काम गर्दै ललितकला क्याम्पसमा गायन अध्ययन गर्दै अघि बढे। जब परीक्षा आयो, जाँच लिने क्रममा गायिका मिरा राणाले उनलाई गीत मन परेको गीत गाउन लगाइन्। उनले राजु परियारको गीत गाए। त्यहीँ गायिका राणाले उनलाई पास गर्दै भनिदिइन्, ‘तपाईंको भविष्य लोक तथा दोहोरीमै छ। त्यही गाउनू।’
यसपछि त उनी फुक्काफाल नै भए। उनले हालसम्म सातवटा सुपरहिट एल्बम दिइसकेका छन्। उनका ‘यो स्वार्थी संसारमा’, ‘हरे शिवराम’, ‘दिल चोरेको केस’, ‘हङकङको चुरोट, गोरखपुरको सलाई’, ‘जाउँला बरी लै’, ‘कहिले बोल्छ देश’ र ‘फलाम पिटे तरबार’ गीत निकै चर्चित बने। यतिबेला उनको ‘फलाम पिटे तरबार...’ गीत त टिकटकमा भाइरल नै बनेको छ। पाँच सन्तानमध्ये माइला भागीरथ ठुलै गायक बन्ने सपनाका साथ काठमाडौं छिरेका थिए तर कम्तीमा नाम चलेको लोकदोहोरी गायकको परिचय बनाउन सकेकामा पनि खुसी छन्। ‘कोभिड–१९ का कारण १ वर्षदेखि कार्यक्रम र विदेश भ्रमण रोकिएको थियो,’ भागीरथ भन्छन्, ‘यो गीत भाइरल भएपछि भने राहत दिएको छ।’
त्यसो त तीन वर्षअघि नै गीत तयार थियो। उनले रेकर्ड गरेर राखेका पनि थिए। आर्थिक अभावका कारण यसलाई भिडियो बनाउन सकिरहेका थिएनन्। ‘जब भिडियो बनेर आयो, गज्जबकै प्रतिक्रिया पाएँ,’ खुसी हुँदै उनले भने, ‘करिब चाढे चार लाख खर्च गरेर भिडियो बनाएको थिएँ, तीन हप्तामै युट्युबबाट आधा खर्च उठाइसकें।’ उनी भन्छन्, ‘हामीजस्ता गायकका लागि त युट्युब वरदान नै साबित भइरहेको छ। मात्र अब कोभिड–१९ को आतंक रोकियोस् भन्ने चाहना छ। कोरोना रोकिए र विभिन्न मेला र कार्यक्रम गर्न पाए यस अवधिमा लागेको ऋण तिर्न सकिने थियो।’