सदरमुकामकी एक महिला आफ्नै देवरको खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी छिन्। देवर मनोज भन्ने २३ वर्षीय होमबहादुर विकको खुकुरी प्रहारबाट त्रियुगा नगरपालिका १० बोक्सेकी २५ वर्षीया मुना विक गम्भीर घाइते भएकी हुन्।
मंगलबार विहान ८ः४० बजेको समयमा सामान्य विवादको क्रमममा विकले धारिलो हतियार खुकुरी प्रहार गर्दा भाउजु मुनाको घाँटीमा पछाडिपटि गहिरो चोट लागेको प्रहरीले जनाएको छ। खाना खाने विषयमा भएको विवादमा आवेशमा आएर विकको प्रहारबाट घाइते मुनाको जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारार्थ विराटनगर रिफर गरिएको जनाइएको छ।
घट्नालगत्तै घर छाडेर भागेका विकलाई जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले त्रियुगा नगरपालिका ९ गैरुनबाट साँझ ६ः३० बजे पक्राउ गरेको छ। उनलाई हिरासतमा राखेर थप अनुसन्धन अघि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताए।
विक मानसिक सन्तुलन केही गुमाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी भनाइ छ।