लोप हुँदै ‘चदारो’ व्यवसाय
२० फागुन २०७७
•
३ मिनेट पाठ
लोप हुँदै ‘चदारो’ व्यवसाय
काठको भाँडाकुँडा बनाउने ‘चदारो’ व्यवसाय लोपोन्मुख बन्दै गएको छ । धातु तथा रबरका सामान प्रयोग गर्ने क्रम बढेसँगै काठका ठेकाठेकी, कठुवा, तोङबाको भाँडो, दुधेरो, दही जमाउने भाँडो, कुरुवा, हर्पे, गम्भुलगायत सामान बनाउने ‘चदारो’ व्यवसाय लोपोन्मुख बनेको हो ।




‘चदारो’सम्बन्धी सिप भएका बुढापाका सीमित संख्यामा हुनु र युवा पुस्ताले चासो दिन छाडेपछि बाजेपुर्खाको पालादेखि चल्दै आएको ‘चदारो’ व्यवसाय हराउने अवस्थामा पुगेको हो । सिप भएका पुर्खाको अन्त्यसँगै ‘चदारो’ व्यवसाय लोप हुने खतरा देखिएको छ ।  हिजोआज ‘चदारो’को उद्योग चलाउने सिप भएका व्यक्ति कम हुँदै गएका छन् ।

हाल ‘चदारो’को काम गर्दै एक ठाउँबाट अर्को ठाउँमा पुग्ने व्यवसायीले सो व्यवसाय टिकाइरहेका छन् । ‘चदारो’सम्बन्धी सिप भएका कोही पनि व्यक्ति बाँकी नरहेको नेर्पा र दिक्तेलको सिमानामा पर्ने मेवा खोलामा ‘चदारो’को अस्थायी उद्योग खडा गरेका उदयपुर बेलका नगरपालिका ठोक्सिलाका लोकिन्द्र बिक बताउँछन् । ५१ वर्षीय बिकले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको सिमानामा पर्ने खोलामा तीन हप्ताअघि आएर ‘चदारो’को अस्थायी उद्योग चलाएका हुन् ।  

‘चदारो’ व्यवसायीले खोला किनारमा खोलाको पानीले मोटर घुमाएर काठका ठेकाठेकी, कठुवालगायत भाँडाकुँडा बनाउने गरेका छन् । कतिपय स्थानीयले काठका सामान बनाउन ‘चदारो’ व्यवसायीलाई आफ्नै गाउँमा बोलाउँछन् । बोलाइएका ठाउँमा पुगेर ‘चदारो’ व्यवसायीले दार, सिरिस, पैयूँ, पहेंलेलगायतका कमलो काठको मुढोलाई आकर्षक भाँडाकुँडाको रूप दिने गरेका छन् । भाँडाकुँडा बनाउने उपकरणसहित विभिन्न ठाउँ पुग्ने यस्ता व्यवसायी खोलाकिनारमा बसेर उपकरण जडान गर्छन् । उपकरण जडान गरेकै ठाउँमा स्थानीय कच्चा काठ बोकेर भाँडाकुँडा बनाउन पुग्ने गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका स्थानीय षडानन्द आचार्य बताउँछन् ।  

श्रम गरेअनुसार पारिश्रमिक हात नलागेकाले पनि ‘चदारो’ व्यवसायले व्यावसायिकताको बाटो समात्न नसकेको हो । अर्कातर्फ पुख्र्यौली उद्योग ‘चदारो’ व्यवसायको व्यवसायीकरणमा स्थानीय सरकारको चासो नपुग्नु पनि यो व्यवसाय उँभो लाग्न नसक्नुको अर्को कारण हो । यही कारण ‘चदारो’को काम गर्ने सिप भएका व्यक्ति एकदुई मात्र भेटिन्छन् । पछिल्लो समय काठका भाँडाकुँडाप्रति सर्वसाधारणले पनि चासो कम राख्न थालेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष टंकप्रसाद आचार्य बताउँछन् ।

काठका भाँडामा राखिएका खाद्यवस्तु लामो समयसम्म स्वस्थकर रहने विश्वास छ । गाउँघरमा कतिपय खाद्यवस्तु काठका भाँडामा राख्नु स्वास्थ्यका दृष्टिले उपयुक्त पनि मानिन्छ । त्यही कारण धातु तथा रबरका भाँडाकुँडाको सट्टा काठका सामान प्रयोग गर्ने स्थानीय उत्तिकै छन् । बढीजसो दूधदहीको परिकार राख्ने ठेकी, दुधेरो तथा रक्सी दिने भाँडाका रूपमा प्रयोग गरिने कठुवा खपत हुने गरेको छ ।  

लोकिन्द्र वर्षमा एक पटक खोटाङका विभिन्न ठाउँमा चदारोको कामका लागि डुल्ने गरेका छन् । चदारो व्यवसायबाट उनले मासिक २० हजारको हाराहारीमा आम्दानी गरिरहेका छन् । चदारोको कामकै लागि उनी खोटाङ, भोजपुर, धनकुटा, संखुवासभा, तेह्रथुम पुग्ने गरेका छन् । एक पाथी अट्ने ठेकी बनाएबापत उनले पाँच सय पारिश्रमिक लिने गरेका छन् ।

त्यसभन्दा सानो आकारका कठुवा, कुरुवा, हर्पेलगायत सामान बनाएबापत दुई सयदेखि दुई सय ५० लिने गरेका छन् । लोकिन्द्रले जिल्लाकै दोर्पा चिउरीडाँडा, पाथेका, खार्ताम्छा, दिप्लुङलायत ठाउँमा पुगेर चदारोको काम गर्दै आएका छन् । उनले फुलदानी, वान गिलाससमेत बनाउने गरेका छन्। 
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१ घण्टा अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस