‘अजिंगर भिर’ मा मोटर सरर
१८ फागुन २०७७
•
३ मिनेट पाठ
‘अजिंगर भिर’ मा मोटर सरर
रघुगंगा गाउँपालिको दर्मिजा–चिमखोला हुदै कुईनेमंगले जोड्ने सडकको उद्घाटन गदैं ज्येष्ठ नागरिक । तस्विरः हरिकृष्ण गौतम÷नागरिक
म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेकी ९३ वर्षिया उदिमा कमिनी निकै खुसी देखिन्थिन् । डाँडामाथिको अस्ताउँदो घाम भइसकेकी कमिनी सडक सञ्जालमा गाउँ जोडिएपछि मोटर चढ्ने सपना पुरा भएको भन्दै फुरुंग थिइन् । विगतमा मोटर गुडेको हेर्न डेढदिनको पैदलयात्रा गर्नुपर्ने भएपनि अब उनी घरबाटै सदरमुकाम बेनीमा करिब चारघण्टाको मोटर यात्रामा पुग्न सक्नेछिन् । मोटर चलेपछि सहर घुम्न जाने उनको रहर पनि छ ।  




कमिनीजस्तै रघुगंगा–४ दग्नामका ९६ बर्षिय दलबहादुर गर्बुजा गाउँघरमै सवारीसाधन पुगेपछि हर्षित भए । ‘अब घन्टौसम्म हिँड्नुपर्ने बाध्यता हटेको छ, गाउँमा उत्पादित तरकारी बजार लैजान सहज भएको छ,’ उनले भने । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने दर्जिमा, चिमखोला र कुईनेमंगलेमा सवारीसाधन गुड्न थालेपछि स्थानीयवासीमा उत्साह र खुशियाली छाएको छ ।

सदरमुकाम बेनीदेखि मौवाफाँट, दग्नाम हुँदै अजिंगर भिरमा पुगेर रोकिएको सडक अहिले गाउँ पुगेको छ । सोमबार दर्जिमाजामा आयोजित कार्यक्रममा ज्येष्ठ नागरिक कमिनी र गर्बुजाले रिवन काटेर मोटरबाटो उद्घाटन गरे । ‘गाउँमा सडक आउँला भन्ने आश थिएन, अहिले गाउँ जाने मोटरबाटोको उद्घाटन नै गर्ने अवसर पाइयो, घरआँगनमै सवारी साधन गुड्न थाल्यो,’ वृद्धा कमिनीले भनिन् ।  

पैदल हिँड्न समेत डर लाग्ने अक्करे पहाड ‘अजिंगर भिर’ मा मोटर आएको देख्दा सपनाजस्तै लागेको उनले बताए । गाउँपालिकाको अगुवाईमा जलविद्युत आयोजना तुँदी पावर कम्पनी र संयुक्त उर्जा कम्पनीको साझेदारी तथा गण्डकी प्रदेश र संघीय सरकारको समेत बजेटमा वडा नं ४ दर्मिजा, ७ चिमखोला र ८ कुइनेमंगलेमा करिब १५ करोड रुपैयाँ लागतमा सडक सञ्जाल विस्तार गरिएको छ ।  

करिब ३८ किलोमिटरको गलेश्वरदेखि कुईनेमंगलेसम्म सडकको ट्रयाक विस्तार गरिएको छ । कडा चट्टान भएको यस भिरमा विष्फोटक पदार्थको समेत प्रयोग गरी सडक विस्तार गरिएको गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले बताए । ‘गौरवको आयोजनामा ठूलो सफलता मिलेको छ, हाम्रो अभियानमा जलविद्युत आयोजनाले समेत ठूलो लगानी ग¥यो,’ अध्यक्ष भण्डारीले भने । उनले सडक सञ्जाललाई हरेक वर्ष मर्मत सहितको योजना समेत बनाउने बताए । सडक सञ्जालले तीनवटा वडामा कृषि, पर्यटन, जलविद्युत र धार्मिक गतिविधिलाई समेत सघाउने  र खाद्यान्न, निर्माण सामग्री ढुवानी र कृषि उपज निकासीमा महँगो भाडा तिर्नुपर्ने अवस्थाको अन्त्य भएको बताए ।  

सडक विस्तारमा तुँदी पावर र संयुक्त उर्जा कम्पनीको करिब १० करोड, गाउँपालिका ३ करोड ६२ लाख, संघीय स्थानीय साझेदारी कार्यक्रम ५० लाख र गण्डकी प्रदेश सरकारबाट १ करोड ५ लाख रुपैयाँ विनियोजन भएको थियो । उक्त बजेटमध्ये स्थानीय साझेदारी कार्यक्रमको २१ लाख र प्रदेश सरकारको ३० लाख मात्रै खर्च भएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताए । 

 सडक उद्घाटन कार्यक्रमको अवसरमा नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा, तुँदी पावर कम्पनीका म्याजेजर इन्द्रप्रसाद ढकाल, संयुक्त उर्जा प्रालिका डाइरेक्टर सुवास बराल, यूवा नेता ओम छन्त्याल, दर्मिजाका स्थानीय युवा सुविन शेरपुञ्जा लगायतले मन्तब्य राखेका थिए भने जनप्रतिनिधि, आमा समुह, स्थानीय अगुवाहरूको उपस्थिती रहेको थियो ।  

गाउँमा सडक पुगेको खुसीयालीमा स्थानीयले पञ्चेबाजा सहित स्वागत समेत गरेका थिए । दैनिक रुपमा जिप, बोलेरो, ट्याक्टर, मोटरसाइकल आवतजावत गर्ने थालेसँगै दुर्गम बस्तीका बासिन्दालाई राहतको महसुस गरेको रघुगंगा–८ कुइनेमंगलेका वडा अध्यक्ष गमान छन्त्यालले बताए । सडक विस्तारसँगै बेनीदेखि बेग हुँदै चिमखोला–घ्याँसीखर्क सडकबाट यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । उक्त सडक ५६ किलोमिटर लामो थियो भने अब बेनी–मौवाफाँट–दग्नाम–दरमिजा– चिमखोला–घ्याँसीखर्क सडक जम्मा करिब २८ किलोमिटरमै छोटिएको छ । घुमाउरो बाटोबाट ६ घण्टा लाग्ने यात्रा अब ३ घण्टामै पार गर्न सकिन्छ । 
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१ घण्टा अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस