वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सचेतना
१७ फागुन २०७७
•
२ मिनेट पाठ
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सचेतना
सीप र सूचना नलिई वैदेशिक रोजगारीमा गएका कारण धेरै नेपालीहरू अलपत्र परेका छन्। दैनिक हजारौं नेपालीहरू विभिन्न देशमा रोजगारीका लागि जान बाध्य छन्। गाँउ खाली नै हुने गरी युवाहरू वैदेशिक रोजगारीमा गइरहेको अवस्था छ।




एकातिर गाउँमा सामाजिक, साँस्कृतिक गतिविधि र कोही बिरामी हुँदा अस्पतालसम्म सजिलै पुर्‍याउन समेत युवाको अभाव देखिन्छ। अर्कोतर्फ वैदेशिक रोजगारका क्रममा नेपाली युवाहरू आफू सुरक्षित, सम्मानित र व्यवस्थित बन्न सकेका छैनन्।

वैदेशिक रोजगारीमा जाने तथा फर्केका मानिसहरूलाई लक्षित गर्दै धादिङको नीलकण्ठ नगरपालिकाले समुदाय स्तरमा जनचेतना फैलाउँदै आएको छ। वैदेशिक रोजगारलाई सुरक्षित र भरपर्दो बनाउनको लागि नगरपालिकाले समुदाय स्तरमा काम थालेको सुरक्षित आप्रवासन सामी परियोजना कार्यक्रम संयोजक दिनेश दुवाडीले जानकारी दिए।

‘धादिङबाट वैदेशिक रोजगारीमा गएकाहरूमध्ये केही अलपत्र परेको, हराएको, सीप नसिक्दा पीडा झल्नुपरेको जस्ता समस्याहरू छन्,’ उनले भने, ‘अब वैदेशिक रोजगारीमा जानेलाई समस्या नहोस् भन्ने उद्धेश्यले सचेतना फैलाउने काम गरिरहेका छौं।’स्वदेशमै रोजगारी गरौं, यदि विदेश जानै पर्ने भए सही सूचना र सिप सिकेर जाउ’ भन्ने नाराका साथ जिल्लाको नीलकण्ठ नगरपालिका, धुनीबेसी नगरपालिका, थाक्रे गाउँपालिका र गंगाजमुना गाउँपालिकाका स्थानीयलाई सचेतना फैलाउँदै आएको बताइएको छ। सचेतना अन्र्तगत नीलकण्ठ नगरपालिका वडा नम्बर ११ सिम्लेमा सामुदायिक अभिमुखीकरण अन्तर्गत पहिलो चरणको समूह छलफल गरिएको छ।  

वैदेशिक रोजगारलाई सुरक्षित, भरपर्दो र मर्यादीत बनाउनको लागि समूह स्तरमै गएर जानकारी गराउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको हो। सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तरगत नीलकण्ठ नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ। 

कार्यक्रममा उक्त परियोजनाका कार्यक्रम संयोजक दुवाडी, आप्रवासी श्रोत केन्द्रका परामर्शकर्ता विनोद ढकाल र मनोसामाजिक परामर्शकर्ता रामकुमार थापाले सहिजकरण गरेका थिए। कार्यक्रममा वैदेशिक रोजगारीमा जाँदा कागजपत्रको, सीपको महत्व, इजाजत्र प्राप्त म्यानपावर कम्पनीबाट मात्र जानुको फाइदालगायतका विषयमा जानकारी गराइएको आयोजकको भनाइ छ।
अर्को समाचार
'वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो र मर्यादित बनाउन आवश्यक'
०९ जेष्ठ २०८३
•
३ मिनेट पाठ
'वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो र मर्यादित बनाउन आवश्यक'
वैदेशिक रोजगारीका जानेको सङ्ख्या निरन्तर वृद्धि भएसँगै ठगीका घटना समेत बढदै गएकाले यसलाई सुरक्षित बनाउन गाउँ गाउँमा सचेतना कार्यक्रम लैजानु पर्ने औँल्याइएको छ।




स्वदेशमा रोजगारीको अभाव तथा आकर्षक काम र तलबको लोभमा परेर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । यससँगै ठगीका घटना समेत निकै बढेको छ। स्वदेशमा नै रोजगारी गरौँ वैदेशिक रोजगारीमा जाने भए सही सूचना लिएर र सीप सिकेर मात्र जानु पर्ने कुरा जनस्तरमा बुझाउनु पर्ने समेत सुझाव दिइएको छ।

कपिलवस्तु नगरपालिकाको सहयोगमा सामी कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालयको आयोजना कपिलवस्तुको गोरुसिङ्गेमा सुरक्षित आप्रवासन ( सामी ) कार्यक्रम सुरक्षित वैदेशिक रोजगारीका लागि जिल्ला तहका प्रहरीसँग अन्तरक्रिया कार्यक्रममा सो औँल्याइएको हो।

सो अवसरमा प्रहरी उपरिक्षक मनोहर भट्टले वैदेशिक रोजगारीको नाममा दिनप्रति दिन ठगीका घटना बढ्दै गएकोले यसको न्युनीकरणका लागि नागरिक स्तरमा सचेतना कार्यक्रम गर्नु पर्ने बताए।

उनले म्यानपावर, तथा अनलाइनमा अनेक फण्डा र प्रलोभन देखाएर वैदेशिक रोजगारीमा ठगी गर्ने गरिएको बता । त्यस्ता ठगीलाई निस्तेजे पार्न नागरिकहरूलाई सुसूचित गर्न जरुरी रहेको बताए।

वैदेशिक रोजगारीमा सुरक्षित, भरपर्दो र मर्यादित बनाउन नागरिक समाज र नागरिक चनाखो हुुनुपर्ने प्रजिअ जर्नादन गौतमले बताए। ‘ वैदेशिक रोजगारीमा जाने बढेका छन्, ठगीको घटना पनि बढेको छ ’ उनले भने, ‘यसलाई सुरक्षित बनाउन नागरिक आफै चनाखो हुनु पर्छ ’ उनले भने।

कार्यक्रममा प्रहरी निरीक्षक निर्दोष बाेहोराले कपिलवस्तुमा चालु आर्थिक वर्षको वैशाख महिना भित्र वैदेशिक रोजगारीमा ठगिएको सम्बन्धी ४८ वटा उजुरी परेको र त्यस मध्ये ३९वटा फर्छ्यौट भएको बताए। कानुनी जटिलताले अधिकांश घटना मिलापत्रबाट समाधान गर्ने गरिएको उनले बताए। ठगीको मुद्दामा कारबाहीमा अनकन समस्या आउने गरेको र यसबाट बच्न नागरिक आफै सचेत हुनु पर्ने उनको भनाइ छ।

सामी कार्यक्रमका जिल्ला संयोजक सुभाष रेग्मीले चालु आर्थिक वर्षको वैशाख महिना सम्म १ सय ७३ ठगी सम्बन्धी उजुरी परेकोमा १ सय २६ समाधान भएको विवरण पेस गरेका थिए। गत आर्थिक वर्ष २ सय ५ उजुरी परेको थियो। यस वर्ष उजुरीको समाधान गरी ४ करोड ५८ लाख ९ हजार ७३७ रुपैयाँ असुल उपर गरिएको थियो।

आर्थिक वर्ष २०८१र०८२ मा कपिलवस्तुबाट १७ हजार ५११ जनाले श्रम स्वीकृति लिएका थिए। चालु आर्थिक वर्षको मंसिर सम्म ४ लाख ४ हजार २८ जनाले नेपालभरबाट श्रम स्विकृति लिएको सामी कार्यक्रमका प्रदेश संयोजक जिया उल हकले बताए।

आर्थिक अवस्था उकास्न भन्दै एजेन्टको भरमा परेर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या निरन्तर बढ्दै गएको हो। गैर कानुनी ढङ्गले जाने, प्रक्रिया पूरा नगरी वा पर्यटन भिसामा जाने तथा अध्ययन भिसामा जानेहरूको तथ्याङ्क भने फरक पर्न सक्ने रेग्मीले बताए।

कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवले स्वदेशमा रोजगारीको अभाव र आर्थिक स्थितिका कारण वैदेशिक रोजगारीमा अहिले युवाहरूको आकर्षण बढेको बताए। एजेन्टको भरमा परेर विदेशमा जाँदा समस्या र जोखिम समेत उत्तिकै बढेको उनको भनाइ छ। वैदेशिक रोजगारीमा जानु आकर्षण र बाध्यता भए पनि सुरक्षित रुपले जानु पर्ने उनले बताए। 
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस