नक्कली देखाएर सक्कली सुन लुटपाट गर्ने सक्रिय
१४ फागुन २०७७
•
२ मिनेट पाठ
नक्कली देखाएर सक्कली सुन लुटपाट गर्ने सक्रिय
सुन लुटिएकी वृद्धा । तस्बिर: नागरिक
बेनी नगरपालिका–४ डाँडाखेतकी ७४ वर्षीया पुतली किसानलाई दुई अपरिचित युवकले नक्कली सुन देखाएर ठगी गरेका छन् । सदरमुकाम बेनीबजारको विद्युत् कार्यालयको तल्लो गल्लीमा नक्कली सुन देखाएर साटिदिने भनी वृद्धा किसानले कानमा लगाएको दुईवटा रिङ लिएर ती युवकहरू फरार भए । करिब आधा तोलाका रिङ दिएर पहेंलो धातुलाई सक्कली सुन ठानेर मक्ख परेर घर पुगेकी ती वृद्धा सुन नक्कली भएको जानकारी पाएपछि छाँगाबाट खसेजस्तै भइन् । पीडितले आइतबार दिउँसो १२ बजे आफू ठगिएको भन्दै प्रहरीमा उजुरी गरेपछि मात्रै घटना सार्वजनिक भएको थियो ।




पछिल्लो समय नक्कली सुनको ढिक्का देखाई दिउँसै सक्कली सुन लुट्ने घटना बढ्दै गएको छ । भिडभाड र एकान्तमा बसेर वृद्धवृद्धालाई सुनको जस्तो देखिने ब्रासलेट, सुनको जस्तो देखिने सिक्री र उक्त गहनाका बिलहरू देखाएर शरीरमा भएको सुन वा नगदले साट्ने गिरोह बेनीमा सक्रिय भएको अनुमान प्रहरीले गरेको छ । ‘नक्कली सुन देखाई लुटपाट गर्ने तथा ठगी गर्ने गिरोहबाट सचेत हुनुहोला । शरीरमा लगाएको सुन साट्न खोजे तुरुन्तै जानकारी दिनुहोला,’ प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले भने । उनले घटनालगत्तै सार्वजनिक नभई नक्कली भएको थाहा पाएपछि मात्रै प्रहरीले जानकारी पाउने गरेको बताए । ‘सार्वजनिक ठाउँमा सुनको कारोबार गर्ने सक्कली हुनै सक्दैन । सचेत भएर प्रतिवाद गर्नुहोस्,’ प्रहरी नायब उपरीक्षक राईले भने ।  

त्यस्ता शंकास्पद व्यक्ति भेटिए प्रहरीलाई खबर गर्न वा नजिकै यात्रा गरिरहेका सर्वसाधारणलाई समेत सहयोग माग्न सकिने राईको भनाइ छ । उनले वृद्धाको सुन लुटपाटमा संलग्नको हुलियाका आधारमा खोजीकार्य सुरु भएको बताए । ठगी भएको भन्ने सूचना हुनासाथ तत्काल प्रहरी पुग्न सक्ने स्थानमै पछिल्लो समय लुटपाट भइरहेको छ । विभिन्न जिल्लामा घट्ने एकै किसिमको घटना बेनीमा समेत घट्न थालेकाले गिरोह म्याग्दीमा प्रवेश गरेको हुन सक्ने आशंका प्रहरीको छ ।

सामान्यतया सुनको कारोबार गर्ने वित्तीय संस्था र सुनचाँदी व्यवसायीले कुन सुन सक्कली र कुन नक्कली भन्ने छुट्याउन सक्ने भए पनि सर्वसाधारण प्रलोभनमा नक्कली धातुलाई समेत सुन भन्दै ठगिने गरेका छन् । यसअघि पनि ग्रामीण क्षेत्रबाट आएका वृद्धवृद्धालाई यसरी नै लुटपाट गरिएको घटना सार्वजनिक भएपछि प्रहरीले सार्वजनिक सूचना नै जारी गरेको थियो ।

यस्ता घटना करिब आधादर्जन भन्दा बढी घटिसकेको अनुमान गरिएको छ । नक्कली सुनले सक्कली साट्ने, नक्कली सुनले नगद साट्नेजस्ता गतिविधिलाई नियन्त्रण गर्न प्रहरीले भिडभाड र घटना घटेको क्षेत्रमा प्रहरीलाई परिचालनसमेत गरेको छ ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१ घण्टा अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस