रहस्यमय र जटिल देखिएको बैतडी दोगदाकेदार गाउँपालिका ७ कि १७ बर्षिय किशोरी भागरथीको बलत्कार पछि हत्या गरेको घटनाको सफल अनुसन्धान गरेकोमा दुई प्रहरीलाई एक तह बढुवा गरिएको छ । नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका प्रवक्ता वरिष्ठ प्रहरी उपरिक्षक मुकेश सिंहले भागरथी हत्या घटनाको अनुसन्धान सफल बनाउन उल्लेखनिय भुमिका निर्वाह गरेकाले दुई प्रहरीलाई प्रहरी प्रधान कार्यालयले एक तह बढुवा गरेको बताए । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका पहरी सहायक निरिक्षक पदम थापालाई प्रहरी नायव निरिक्षकमा बढुवा गरिएको छ । भने ईलाका प्रहरी कार्यालय राजापुर बर्दियामा दरवन्दी भएर हाल जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत प्रहरी जवान नरबहादुर थापालाई हलल्दार पदमा बढुवा गरिएको उनले बताए ।‘रहस्यमय र जटिल रहेको भागरथीको हत्याको समग्र अनुसन्धानमा उत्कृष्ट भुमिका निर्वाह गरेर दोषी पत्ता लगाउन उल्लेखनिय भुमिका खेलेकाले उनीहरुलाई बढुवा गरिएको हो’उनले भने । बढुवा भएका दुवै जनालाई बिहिवार सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक उत्तम सुवेदीले दज्र्यानी चिन्ह लगाईदिएका छन ।
प्रहरी नायव महानिरिक्षक सहित ५ पुरुस्कृत
यसैगरी प्रहरी प्रधान कार्यालयले भागरथीको बलत्कार र हत्या प्रकरणमा सफल अनुसन्धान गर्न महत्वपुर्ण भुमिका खेलेकोमा नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक सुवेदी सहित ५ जनालाई अभिलेखमा रहने गरि नगद सहित पुरुस्कृत गरिएको छ । अन्य पुरस्कृत हुनेमा जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रमुख प्रहरी नायव उपरिक्षक नरायण प्रसाद अधिकारी, प्रहरी प्रधान कार्यालय अनुसन्धान व्युरोका प्रहरी नायव उपरिक्षक पन्च कुमार बाखु, महानगरिय प्रहरी कार्यालय रानीपोखरी परिचाालन कक्ष दरबन्दी भएका प्रहरी नायव निरिक्षक दुर्गाकुमार योन्जन र प्रहरी चौकी हिकिला दार्चुला दरबन्दी रहेका प्रहरी जवान अशोक बहादुर कुँवर रहेका छन ।
माघ २१ गते सनातन धर्म मावि वाट पौने २ बजे घर फर्कदा वेपत्ता भएकी भागरथी माघ २२ गते साँझ बिद्यालय र घरको बिचमा पर्ने लवलेक सामुदायिक बनमा वाटोवाट करिव ५० मिटर तल मृत अवस्थामा भेट्टिएकी थिइन् । तल्लो शरिर निर्वस्त्र, हात काटिएको, घाँटी थिचिएर निलडाम भएको, शरिरभरी निलडाम भएको र यौनांगमा रगत बगेको अवस्थामा उनको शव फेला परेको थियो । पोष्टमार्टमको रिपोटमा बलत्कार पछि घाँटी थिचेर हत्या गरिएको देखाएको थियो ।
अढाई बर्ष अघि कंचनपुरकी १३ बर्षिय वालिका निर्मलाको बलत्कार र हत्याको घटना जस्तै रहस्यकै गर्भमा रहन्छ कि भनेर भागरथीको न्यायका लागी सुदूरपश्चिमका सवै जिल्लामा दिनहुँ प्रदर्शन भैरहदाँ प्रहरीलाई दवाव परेको थियो । प्रहरीले पनि निर्मलाको घटनामा देखिएका कुनै पनि कमजोरी भागरथीको घटनामा नदोहोरिन दिन शुरु देखि नै गंभिरता पुर्वक महत्व दिएर अनुसन्धान शुरु गरेको थियो । नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायव महानिरिक्षक सुवेदी आफै दोगडाकेदारमा गएर वसे । दुईसाता लामो अनुसन्धान पछि प्रहरीले भागरथीकै भाई नाता पर्ने गाउँकै १७ बर्षिय दिनेश भट्टले भागरथीको हत्या गरेको निष्कर्ष सहित पक्राउ गरेको थियो । अदालतवाट म्याद थप गरेर दिनेशलाई अनुसन्धानका लागी प्रहरी हिरासतमा राखिएको छ ।
दिनेशलाई घटनास्थल नजिक करिव ३.२५ प्रत्यक्षदर्शीले देखेको, उसको लोकेसन घटनास्थल नजिक देखाएको र दिनेशले साविती बयानमा स्विकारेको आधारमा दिनेशले नै भागरथीको हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको हो । दिनेशले सरकारी वकिल समक्ष आफ्ना बावुकै अघि बलत्कार पछि भागरथीको हत्या गरेको बयान दिएपछि अपराधी पत्ता नलागेसम्म शव नबुझ्ने अडान लिएका भागरथीका आफन्तले १७ दिनमा शव बुझेर अन्त्यष्टि गरेका थिए ।