भागरथी हत्याका आरोपितलाई पाँच दिन म्याद थप
१२ फागुन २०७७
•
१ मिनेट पाठ
भागरथी हत्याका आरोपितलाई पाँच दिन म्याद थप
दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्याका आरोपितलाई पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ । घटनाका आरोपित दिनेश भट्टमाथि अनुसन्धान गर्न यसअघि पाँच दिनको लागि थपिएको म्याद सकिएपछि थप अनुसन्धान गर्न पाँच दिन म्याद थपिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 




भागरथीको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका भट्टलाई प्रहरीले गत बुधबार सार्वजनिक गरेको थियो । भागरथीका दाई केशव भट्टले दिनेशविरुद्ध कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरमा जाहेरी दर्ता गरेका छन् । कुनै पनि अपराधमा संलग्न रहेको आरोप लागेका बालबालिकाको हकमा २१ दिनसम्म थुनामा राखेर प्रहरीले अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ ।

गत माघ २१ गते दोगडाकेदार गाउँपालिकाको स्थानीय सनातन धर्म माध्यमिक विद्यालयबाट घर फर्किने बेला बेपत्ता भएकी भागरथी बलात्कारपछि हत्या गरेको अवस्थामा लवलेक सामुदायिक वनमा शव फेला परेको थियो । उनको बलात्कारपछि हत्या गरेको आरोपमा उनका भाई नाता पर्ने दिनेश भट्टलाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको छ । आरोपीत दिनेशले आफैले बलात्कारपछि हत्या गरेको प्रहरी र सरकारी वकिल समक्ष स्वीकार गरेका छन् ।
अर्को समाचार
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः ‘क्यालिब्रेसन फ्लाइट’ हुन नपाएपछि म्याद थपियो
२९ असार २०७९
•
५ मिनेट पाठ
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः ‘क्यालिब्रेसन फ्लाइट’ हुन नपाएपछि म्याद थपियो
नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल। तस्बिरः उमेश पुन/नागरिक
भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेपनि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि दोश्रोपटक म्याद थपिएको छ। विमानस्थलको धावनमार्गको ‘एप्रोच’ मा पर्ने पूर्वपट्टिको रिठ्ठेपानी डाँडा कटानमा ढिलाई हुँदा प्राविधिक परीक्षण गर्न नपाएको भन्दै दोश्रोपटकका लागि म्याद थप्नुपरेको विमानस्थल आयोजनाले बताएको छ।  




विमानस्थल निर्माणको जिम्मा लिएको कम्पनिले भौतिक पूर्वाधारतर्फका सबैजसो काम सकिसकेपनि ‘क्यालिब्रेसन फ्लाइट’ गर्न नपाउँदा दोहो¥याएर म्याद थप्नुपरेको आयोजनाले बताएको छ। जुलाई १० मा सकिएको म्याद दोश्रोपटक थपेर आगामि डिसेम्बरसम्म पु¥याएको आयोजनाले बताएको छ। आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार झन्डै ६ महिना (आगामि डिसेम्बरसम्म) का लागि म्याद थप भएको छ।

पोखराको यो विमानस्थल चिनियाँ निर्माण कम्पनी चाइना सिएएमसी इन्जिनियरिङले बनाईरहेको छ। ‘सिएएमसीइ का लागि आगामि डिसेम्बरसम्मको म्याद थपिएको छ। यो दोश्रो पटक थपिएको समय हो,’ मुनकर्मीले भने, ‘सिएएमसीइले भौतिक पूर्वाधारतर्फका काम त सकेको छ विमानस्थलको करिब ९८ प्रतिशत काम पुरा भएको छ। तर, ‘क्यालिब्रेसन फ्लाइट’ हुन पाएको छैन।’ क्यालिब्रेसन फ्लाइट गर्ने जिम्मा पनि सिएएमसीइको हो। ‘क्यालिब्रेसन फ्लाईट’ गर्न रिट्टेपानी डाँडा कटान हुनुपर्ने उनले बताए।  

‘रिट्टेपानी डाँडा कटानका लागि बल्ल बाटो खुलेको छ। अब डाँडा कटान सुरु हुनेछ। डाँडा कटान गरेर ‘क्यालिब्र्रेसन फ्लाइट’ गरेपछि बल्ल सिएएमसीइको काम सकिन्छ,’ मुनकर्मीले भने, ‘डाँडा कटान गर्न पाएको भए अहिलेसम्म क्यालिब्रेसन फ्लाइट भइसक्थ्यो।’ मुनकर्मीका अनुसार आगामि अक्टोवरमा क्यालिब्रेसन फ्लाइट गर्ने लक्ष्य छ। क्यालिब्रेसन फ्लाईट गर्न रिट्टेपानी डाँडा बाधक मानिएको थियो। यो आयोजनाको अघिल्लो जुलाई १० मा पहिलोपटक एकवर्ष म्याद थपिएको थियो।  
कोरोना भाइरस संक्रमण र केही आन्तरिक अप्ठेरोले तोकिएको समयमा विमानस्थल निर्माण पुरा हुन नसकेको भन्दै पहिलो पटक एकवर्षका लागि म्याद थपिएको थियो। सरासर काम हुन पाएको भए २०२१ को जुलाई १० मा यो विमानस्थल हस्तान्तरण हुनुपर्ने हो। तर, कोरोनाले गर्दा एकवर्ष ढिलिएको थियो। क्यालिब्रेसन फ्लाइट गर्ने जिम्मा चिनियाँ कम्पनिकै भएकोले निर्माण कम्पनिले नै जहाज ल्याएर परीक्षण गर्नेछ। ‘क्यालिब्रेसन फ्लाइट’का लागि कुन जहाज र कहाँबाट ल्याउने भन्ने जिम्मेवारी चिनियाँ कम्पनिकै भएको उनले बताए।  

आयोजना प्रमुख मुनकर्मीका अनुसार क्यालिब्रेसन फ्लाइट हुन नपाउँदा विमानस्थलमा जडान गरिएका उपकरणको परीक्षण हुन पाएको छैन। ती उपकरणको जडान सही भए नभएको, उपकरणले काम गरे नगरेको क्यालिब्रेसन फ्लाइट गर्ने जहाजबाटै परीक्षण गर्नुपर्ने हुन्छ। ‘डाँडा काटिएको भए क्यालिब्रेसन फ्लाइटका लागि बाटो खुल्थ्यो, अब डाँडा र रुख कटानका लागि तदारुकता देखाउनुपर्नेछ,’ उनले भने।

विमानस्थलको भौतिक पूर्वाधारतर्फको करिब ९८ प्रतिशत काम सकिएपनि डाँडा कटान, नजिकैको ल्याण्डफिल साइट स्थानान्तरण यो विमानस्थलको मुख्य चूनौती मानिएको छ। डाँडा र त्यहाँका रुख कटानको लागि केहीदिन अघि मात्र हवाई क्षेत्रको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र वन विभागबीच सहमति भएको थियो। ‘क्यालिब्रेसन फ्लाइट’ सकिएपछि चिनियाँ निर्माण कम्पनिसँगको काम सकिन्। अक्टोवरसम्म क्यालिब्रेसन फ्लाइट गर्ने लक्ष्य हो,’ उनले भने, ‘क्यालिब्रेसन फ्लाइट पनि निर्माण कम्पनिकै जिम्मा भएकोले पनि डाँडा काटुन्जेल पर्खिनुपरेको हो।’

विमानस्थलको धावनमार्गको एप्रोचमा पर्ने पूर्वपट्टिको डाँडा अग्लो हुँदा हवाई उडान र अवतरणमा समस्या हुने भएपछि डाँडा र त्यहाँका रुख कटानका लागि प्रक्रिया अघि बढाइएको थियो। वन विभागसँगको सम्झौतापछि डाँडा सहित त्यहाँका ६ सय रुख कटानका लागि असार तेश्रो साता बाटो खुलेको थियो। डाँडाको उचाई १४ देखि ४० मिटर उचाईसम्म कटान गर्नुपर्ने हुन्छ। ४० रोपनी क्षेत्रफलको डाँडा र रुख कटान हुनेछ। विमानस्थलको पूर्वी सिमानाबाट यो डाँडा १.३५ किलोमिटर टाढा पर्छ।  

प्राधिकरणले आगामि जनवरी एक देखि पोखराको यो विमानस्थल संचालनमा ल्याउने लक्ष्य राखेपनि डाँडा कटानबाहेक अर्काे मुख्य अवरोध मानिएको ल्याण्डफिलसाइट स्थानान्तरण पनि आवश्यक रहेको प्राधिकरणका पदाधिकारीले बताउँदै आएका छन। रिठ्ठेपानीमा २ वटा डाँडा काट्नुपर्ने हुन्छ। ती डाँडामा साल, चिलाउने, कटुस लगायतका रुख छन्। विमानस्थलबाट करिब डेढ किलोमिटर परको बाच्छेबुडुवामा पोखरा महानगरपालिकाले फोहर बिर्सजन गर्दै आएको ल्याण्डफिलसाइट पनि अन्यत्र सानुपर्ने भएपनि त्यसको काम भने अझै सुरु भएको छैन। ल्याण्डफिलसाइटको फोहरका कारण चरा आकर्षित हँुदा त्यसको जोखिम विमानस्थललाई हुने विज्ञहरुले बताउँदै आएका छन् । ल्याण्डफिलसाइट सार्ने जिम्मा पोखरा महानगरको हो।  

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ वैशाख १ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गरेका थिए। गत जुलाई १० मा काम सक्नेगरि विमानस्थल निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनि चाइना सिएएमसीईले शिलान्यासको डेढवर्षपछि काम थालेको थियो। कोरोनाको अप्ठेरोका बाबजुत पनि निरन्तर खटिँदा ९३ प्रतिशत काम पुरा भएपछि गत चैत तेश्रो साता निर्माण कम्पनिले महत्वपूर्ण पुर्वाधार सकिएको भन्दै विमानस्थलका पूर्वाधार नेपाललाई हस्तान्तरण गरेको थियो।
विमानस्थलबाट न्यारोबडी एयरबस ३२० र बोइङ ७५७–२०० जहाज उडान र अवतरण गर्न सक्छन । यी जहाज २ सय सिट भन्दा कम यात्रु क्षमताका हुन्। यो विमानस्थलले ३ वटा ठुला र ८ वटा साना गरि ११ वटा जहाज पार्किङ गर्न सक्छ। विमानस्थलको धावनमार्ग २५ सय मिटर र चौडाई ४५ मिटर तथा धावनमार्गको मोटाई ३४ सेन्टिमिटर छ। विमानस्थलसँग व्यस्त समयमा प्रतिघण्टा ६ सय १० जना यात्रु व्यवस्थापनको क्षमता छ। १४ हजार वर्ग मिटरको आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवन रहेको आयोजनाले बताएको छ।  

विमानस्थल बनाउन झन्डै २२ अर्ब रुपैयाँ लागत अनुमान छ। यो रकम अर्थ मन्त्रालयले चीनको ‘एक्सपोर्ट–इम्पोर्ट’ (एक्जिम) बैंकसँग सहुलियत ऋणका रुपमा लिने सहमति छ। वान–वे एप्रोचको यो विमानस्थलमा पुर्वबाट मात्र जहाज अवतरण गर्न सक्छन् । पूर्वतिरै फर्केर टेकअफ गर्नेगरि विमानस्थल बनेको छ। नेपाल नागरिक उड्ययन प्राधिकरण र सिएएमसीइ बीचको सम्झौतामा इपिसि (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा आइकाओ (अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेशन) को मापदण्ड अनुसार ‘फोरडी’ मोडलमा विमानस्थल बनाउने सहमति भएको थियो।  

चारदशकअघि पोखरा–१४, १५ र १८ वडा को ३ हजार १ सय ६ रोपनी जग्गा विमानस्थल बनाउन अधिग्रहण गरिएको थियो। त्यसले नपुगेपछि थप ५ सय २१ रोपनी जग्गा अधिग्रहण गरिएको थियो। त्यसले पनि नपुगेपछि विमानस्थल वरिपरि १० किलोमिटर सडक बनाउन थप ६० रोपनी जग्गा अधिग्रहण गरेर विमानस्थल बनाउन थालिएको थियो।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस