रूप फेर्दै रंगेली
२८ माघ २०७७
•
६ मिनेट पाठ
रूप फेर्दै रंगेली
साँघुरा सडक र पुराना थोत्रा घरहरूले सहरजस्तो नलाग्ने मोरङको पुरानो सदरमुकाम रंगेलीले आफ्नो रूप फेर्न थालेको छ। मुख्य सहरका पुराना घर भत्किएपछि बनेका आधुनिक घरहरूले रंगेलीको रूप फेरिएको हो।  




यतिमात्रै होइन, पूर्व–पश्चिम हुलाकी राजमार्ग ६ लेनमा विस्तार भइरहेको छ। यस्तै उत्तर–दक्षिण भारतीय सीमाक्षेत्र क्वाडी र पथरी जोड्ने सडक पनि कालोपत्रे भइसकेको छ। सहरका अन्य सडक पनि धमाधम कालोपत्रे भइरहेका छन्। ठूला फराकिला सडक र आधुनिक मोडलका घर ले सहरको रूपै परिवर्तन गरेको छ। १ सय वर्ष पुरानो इतिहास बोकेको रंगेली सहर लामो समय पछि परेर एकै पटक विकासमा जुरमुराइरहेको जस्तो लाग्छ। जताततै विकासनिमार्णका कामले सहर पूरै व्यस्त बनेको छ। एकातिर सडक विस्तार गर्दा भत्किएका निजी घर निर्माण धमाधम भइरहको छ भने अर्कातर्फ सडकलगायत पूर्वाधार निर्माणको कामले पनि गति लिएको छ। रंगेलीमा रहेका दुईवटा महत्वपूर्ण धार्मिकस्थल काली मन्दिर र सनशारीमाई स्थानको पूर्वाधार निर्माणको कामले रंगेलीलाई अझ विकासको पथमा अगाडि डोहोर्‍याउँदै लगेको छ।  

सनशारीमाई स्थानको गुरुयोजना नै बनाएर पूर्वाधार निर्माणको काम अघि बढाइएको छ। विकास र निर्माणको कामले गति लिएसँगै पुरानो सदरमुकामको साख रंगेलीले फर्काउनसक्नेमा  स्थानीय आशावादी देखिएका छन्। स्थानीय ईश्वर पोखरेलले रंगेलीमा सञ्चालनमा आएका विकासका परियोजनाले मोरङको पुरानो सदरमुकामको साख फर्काउनेमा आफूहरू आशावादी बनेको बताए। ‘रंगेलीमा विकासको मुहान फुटिसकेको छ,’ उनले भने, ‘रंगेलीले अब मोरङको पुरानो सदरमुकामको साख फर्काउनेमा हामी आशावादी छौं।’  

उनका अनुसार ४/५ वर्ष पहिले रंगेली छाडेर जानेहरू पनि फर्किन थालेका छन्। रंगेली छाड्न चाहनेहरूले पनि पछिल्लो परिवर्तनले रंगेली छाड्ने योजना त्यागिसकेको पोखरेलले बताए। रंगेलीमा जग्गा किनबेच पनि ह्वात्तै बढेको उनले बताए।  

१ सय वर्ष पहिले रंगेलीबाट मोरङको सदरमुकाम विराटनगर सरेसँगै त्यहाँका उद्योगी, व्यवसायी विराटनगर नै बसाइँ सरेका थिए। सबै सरकारी अड्डा र अस्पताल पनि विराटरमै बने। यति मात्रै होइन, रंगेलीको विकासमा सरकारले पनि पटक्कै ध्यान नदिएको स्थानीय उमेश साह  बताउँछन्। उनले भने, ‘सदरमुकाम सरेपछि रंगेलीका सबै संरचना विराटनगरमै सरे। उतैको विकास भयो। रंगेलीको विकासमा सरकारले पनि वास्ता गरेन।’ तर, अब भने समय बदलिएको उनले बताए। रंगेली भन्सारको स्तरोन्नति गर्ने र अस्पतालको समेत स्तरोन्नति हुने भएपछि भौतिक पूर्वाधारका हिसाकले रंगेली पनि सबल बन्ने निश्चित भइसकेको साह बताउँछन्। रंगेली भन्सार र रंगेली अस्पतालको स्तरोन्नति गर्न स्थानीयले बर्सौंदेखि माग गर्दै आएका थिए। मोरङको पथरीस्थित महेन्द्र राजमार्ग र रंगेली भन्सार जोड्ने सडक कालोपत्रे भइसकेको छ। यो सडकले पनि रंगेलीको विकासमा महत्वपूर्ण भूमिका खेलेको साहले बताए। रंगेली अब दक्षिण–पूर्वी मोरङको महत्वपूर्ण सहरका रूपमा स्थापित हुने प्रयासमा रहेको उनले सुनाए। सडक पूर्वाधार विकासका कारण रंगेलीमा व्यावसायिक चहलपहल पनि बढ्न थालेको छ।  

विकास निर्माणसँगै रंगेलीमा  बैंक तथा वित्तीय संस्थाका नयाँ शाखा पनि धमाधम  खुलिरहेका छन्। व्यापारिक चहलपहल पनि उत्तिकै बढेको छ। पुरानो सहरका रूपमा परिचय बोकेको रंगेली नयाँ र उदीयमान सहरका रूपमा स्थापित हुने प्रयत्नमा लागिरहेको छ। सय वर्षअघि रंगेलीबाट विराटनगर जिल्ला सदरमुकाम सरेपछि यहाँको चमक हराएको थियो। स्थानीय सरकार निर्वाचित भएर आएसँगै रंगेली निर्माणका लागि काम अघि बढाएको रंगेली नगरपालिकाका मेयर दिलीप अग्रवाल बताउँछन्। अग्रवालले ‘रंगेली निर्माणका लागि केही महत्वपूर्ण कदम चालेकै कारण नयाँ सहरका रूपमा रंगेली उदाउन लागेको बताए। ‘रंगेली निर्माणका लागि महत्वपूर्ण कामको सुरुआत भइसकेको छ,’ उनले भने, ‘अब केही समयपछि नै रंगेलीले आफ्नो रूप परिवर्तन गर्नेछ।’ राजनीतिकर्मी मोदराज घिमिरेले रंगेली राजनीतिक र बहुसांस्कृतिक रूपले पनि महत्वको क्षेत्र भएको बताए। रंगेलीलाई लामो समयदेखि पछि पारिएको भए पनि अब रंगेली विकासमा जुरुक्क उठ्ने कोसिस गरिरहेको छ।  

प्रदेश १ को राजधानी विराटनगरदेखि करिब २२ किलोमिटर टाढाको दुरीमा रहेको रंगेली व्यापारिक र औद्योगिक क्षेत्रका रूपमा स्थापित हुने सम्भावना पनि उत्तीकै छ। हुलाकी राजमार्ग सञ्चालनमा आएपछि झापासँगको दुरी पनि  छोटिने छ। झापा र मोरङको दक्षिणक्षेत्रका उपभोक्ता र व्यवसायीका लागि रंगेली व्यापारिक थलोका रूपमा स्थापित हुने सम्भावना पनि बढ्दै गएको छ। महेन्द्र राजमार्ग निर्माणपछि  राजमार्गले छोएका नयाँ सहरहरूले जसरी विकासमा फड्को मारे त्यसैगरी हुलाकी राजमार्ग निर्माण सम्पन्न भएपछि दक्षिण क्षेत्रका सहरहरूले पनि विकासमा फड्को मार्ने स्थानीयको आशा छ। हुलाकी राजमार्ग निर्माणसँगै रंगेलीको विकासले स्थानीयको आशालाई ढाडस दिन थालिसकेको छ।  

पर्यटनका लागि पनि महत्वपूर्ण  

पूर्वको पर्यटनका लागि रंगेली पनि महत्वपूर्ण क्षेत्रका रूपमा मानिँदै आएको छ। यहाँको शनसारीमाई स्थान नेपाली भक्तजनका लागि मात्र नभई भारतीय भक्तजनका लागि पनि महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित हुँदै गइरहेको छ। शनसारीमाई स्थानमा गरेको भाकल पूरा हुने विश्वास रहेको छ। माईको मन्दिरमा सधैंजसो भक्तजनको चहलपहल हुने गर्दछ। शनिबार भने यहाँको रौनक नै अर्कै हुने गरेको छ। शनिबार सनशारीमाईको दर्शन गर्ने र बलि दिन आउने भक्तजनको घुइँचो लाग्ने गर्दछ। भक्तजनको अत्यधिक चाप हुन थालेपछि सनशारीमाई स्थानको गुरुयोजना नै बनाएर पूर्वाधार निर्माणको काम थालिएको छ।

रंगेली–७ स्थित चिसाङ खोलाको बगरमा रहेको सनशारीमाई मन्दिरमा प्रदेश १ सरकारले १० करोड ३३ लाख ३९ हजार २ सय २७ रूपैयाँ बराबरको लागतमा आवश्यक पूर्वाधार निर्माण कार्य सुरु गरेको हो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मन्दिरपरिसरको ५ बिघा क्षेत्रफल जग्गामा भक्तजनको सहजताका लागि विवाह र व्रतबन्ध गर्ने स्थल, पार्टी प्यालेस, पार्कसहितको पोखरी निर्माण थालेको छ। यस्तै पुजारी क्वाटर, स्वागतद्वार, वाउन्ड्रिवाल, मार्केट ब्लक तथा मन्दिरपरिसरमा सटरसहितका भवन, कार्यालय तथा शौचालयलगायत पूर्वाधार निर्माण भइरहेका छन् । मन्दिरको पूर्वाधार निर्माणका लागि धुलिखेल निर्माण सेवा प्राइभेट लिमिटेडले २०७७ मंसिर २६ गते ठेक्का सम्झौता पाएको थियोे।  

मन्दिरपरिसरमा चिल्ड्रेन पार्क, हवन कुण्ड, ब्राह्मण बस्ने घर, गुवाई घर, शौचालय, पार्किङ स्थल, भक्तजनका लागि प्रसाद बनाउन ग्यास लाइनसहितको भवन, भक्तजनका लागि विश्राम कक्षलगायत सुविधासम्पन्न भवन बनाउने भएको हो। राणाकाल अघिदेखि सो स्थानमा माता देवीको वासस्थान रहेको मन्दिरका पुजारी कृष्ण कोइरालाले बताए। उक्त मन्दिरमा  दमक, विर्तामोड, गौरीगन्ज, इनरुवा, दुहबी, धरान, विराटनगर र भारतको कोलकाता, हरियाणा, कुवाडीलगायत स्थानबाट भक्तजन  आउने गरेको कोइरालाको भनाइ छ। मन्दिरमा  पुरानो रुखमुनि देवीको बास रहेको छ  । सो मन्दिरमा आफूले चाहेको मनकामना पूरा गर्ने जनविश्वासका साथ भक्तजनको अत्यधिक मात्रामा घुइँचो लाग्ने गरेको छ। त्यति मात्रै होइन, त्यहाँ भाकल गरेको ९० दिनभित्र मनोकामना पूरा हुने त्यहाँका पुजारी बताउँछन्। 

कोइरालाले भने, ‘यहाँ भाकल गरेको ९० दिनमै मनोकामना पूरा हुने जनविश्वास छ।’  सो मन्दिरमा भाकल गर्दा कसैले बोकाको बलि दिन्छन् भने कसैले परेवा उडाउने गर्छन्  । शाकाहारीले नरिबलको पानी चडाएर आफ्नो भाकल पूरा गर्छन्। मन्दिरमा  विशेष गरी शनिबार र मंगलबार  भक्तजनको धुइँचो लाग्ने गरेको छ। उक्त मन्दिरमा भाकल गरेर बोकाको बलि दिने गरे पनि सो बोकाको मासु त्यहीँ पकाएर प्रसादको रूपमा खानुपर्ने र घर लैजान नहुने परम्परा रहेकोे छ। प्रदेश १ सरकारले प्रदेश स्तरमा सो मन्दिर परिसरबाट फूलपाती बढाइँ गर्न थालेपछि मन्दिरको महत्व झनै बढेको छ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१ घण्टा अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस