भागरथीको बलात्कारपछि हत्या
२५ माघ २०७७
•
५ मिनेट पाठ
भागरथीको बलात्कारपछि हत्या
बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि बीभत्स हत्या भएको छ। घटनामा संलग्न हुनेको अहिलेसम्म पहिचान हुन सकेको छैन। बुधबार विद्यालयको पढाइ सकेर घर फर्कने क्रममा बीच बाटाबाटै जंगलमा लगेर उनको बलात्कारपछि हत्या भएको जनाइएको छ। शनिबार जिल्ला अस्पताल बैतडीमा उनको शव पोस्टमार्टम गरिएको छ। पोस्टमार्टम गर्दा ती किशोरीको बलात्कारपछि हत्या गरिएको पाइएको अस्पतालको विशेष स्रोतले जनाएको छ। ‘बलात्कारपछि हत्या गरेको देखिन्छ,’ स्रोतले भन्यो, ‘एकजनाले बलात्कार गरेर हत्या गरेको हो या सामूहिक बलात्कार भएको हो भन्नेचाहिँ खुल्न सकेको छैन।’




बुधबार २ बजे विद्यालयको पढाइ सकेर घर फर्कने बेला बाटोबाट करिब ५० मिटर तल लवलेक सामुदायिक वनको जंगलमा पुर्‍याई भागरथीको बलात्कारपछि हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। ‘प्रारम्भिक अनुसन्धानअनुसार बलात्कार गरी हत्या भएको देखिएको छ,’ नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदीले भने, ‘हामी अनुसन्धान गरिरहेका छौं, विस्तृत कुरा पछि खुल्नेछ।’

कक्षा १२ मा अध्ययनरत भागरथी सधैंझैं बुधबार बिहान आफू पढ्ने सनातन धर्म सिरकोट माध्यमिक विद्यालय गइन्। पुरै पाँच विषय पढी विद्यालयबाट घर फर्किन्। विद्यालयनजिकैको खोचलेक बजारमा उनलाई २ बजे स्थानीयले देखेका थिए। बुधबार साँझसम्म उनी घर फर्किनन्। आफन्तले उनलाई खोज्न थाले। ‘उनका साथीहरूलाई सोधेर सबैतिर खोजी गर्‍यौं,’ उनका काका शंकर भट्टले भने, ‘कतै पनि पत्ता नलागेपछि दोस्रो दिन बिहीबार स्थानीय खोचलेक प्रहरी चौकीमा खोजी गरिदिन भन्दै निवेदन दर्ता गरायौं।’ त्यतबेलासम्म आफूहरूलाई कुनै साथीको घर गएको वा केटासँग भागेको होला भन्ने अनुमान गरेको उनले बताए।

बिहीबार साँझ विद्यालयबाट घर फर्कने बेला चडेपानीका तीन विद्यार्थीले बाटोभन्दा तल मृत अवस्थामा भागरथीलाई देखेका थिए। तल्लो शरीर निर्वस्त्र रहेको, यौनांगमा रगत बगेको, हात काटिएको, शरीरभरि नीलडाम भएको, घाँटीमा चोट लागेको अवस्थामा शव फेला परेको काका भट्टले बताए। बिहीबार साँझ नै स्थानीय प्रहरी र आफन्त घटनास्थल पुगे पनि शुक्रबार शव घटनास्थलबाट उठाइएको थियो। अढाइ वर्षअघि कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको झझल्को दिने घटना भएकाले त्यसलाई गम्भीरतापूर्वक लिएर घटनास्थलको अध्ययन गरेको पाइएको छ।

निर्मलाको बलात्कार गरी हत्या भएको घटनामा प्रमाणहरू बचाउन नसकेकाले पत्ता लगाउन जटिल भएको छ।  

शुक्रबार प्रमुख जिल्ला अधिकारी, जिल्लाका प्रहरी प्रमुखसहितको टोलीका साथै जिल्ला अस्पतालका डा. वसन्त जोशी र सरकारी अधिवक्तासमेत घटनास्थल पुगे। शनिबार डा. जोशीले नै उनको शवको पोस्टमार्टम गरेका हुन्। धनगढीबाट तालिमप्राप्त कुकुर पनि घटनास्थल पुर्‍याइएको थियो। तालिम प्राप्त कुकुरले नै उनको मोबाइल पत्ता लगाएको थियो। मोबाइलको ब्याट्री निकालेर फालिएको अवस्थामा थियो। कापीकिताब शव छेउमा भेटिएका थिए। चप्पल बाटो र शवका बीचमा भेटिएको थियो।  

बाख्रापालन गरेर भागरथीको पढाइ र घरखर्च बेहोरिरहेका बुबाको एक महिनाअघि मात्रै मृत्यु भएको थियो। दुई दिदीको बिहे भइसकेको र दाजु मजदुरीका लागि भारतको दिल्लीमा बस्दै आएकाले घरमा भागरथी र उनकी ५० वर्षीया आमा द्रौपती भट्ट मात्रै थिए। विद्यालय जाने बेला अरू साथी हुने भए पनि व्यवस्थापन विषयकी उनको पढाइ अरूभन्दा चाँडै सकिने भएकाले एक्लै घर फर्कन्थिन्। घरमा आफूसँग भएकी एक मात्र छोरीको अकल्पनीय घटनाले आमाद्रौपती शोकले विक्षिप्त छिन्। पुरै चडेपानी गाउँ शोकमा डुबेको छ। हत्यारालाई कारबाही भए मात्र आत्माले शान्ति पाउने गाउँवासीको भनाइ छ।

मृतक भागरथीकी आमाले हत्यारालाई छिटोभन्दा छिटो कारबाही गर्न माग गरेकी छन्। ‘मेरी छोरी अब फर्केर आउने कुरो हुँदैन,’ उनले भनिन्, ‘हत्यारालाई कारबाही नभएसम्म मलाई पनि शान्ति हुँदैन, मेरो छोरीको आत्मालाई पनि शान्ति हुँदैन।’ बैतडी जिल्ला प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले घटनास्थलमा भेटिएका शंकास्पद सबै वस्तु, प्रमाण संकलन र अध्ययन गरिरहेको बताए। शनिबार साँझसम्म कसैलाई पनि पक्राउ नगरिएको उनले बताए।

भेजाइनल स्वाब संकलन

मृतक किशोरीको भेजाइनल स्वाब संकलन गरिएको छ। पोस्टमार्टमअघि नै शुक्रबार साँझ भेजाइनल स्वाब संकलन गरिएको चिकित्सकले बताएका छन्। यसैगरी अन्य प्रमाणहरू पनि संकलन गरिएको प्रहरीको भनाइ छ।

एसएसपीको नेतृत्वमा प्रहरी टोली परिचालन

घटनाको अध्ययनका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट वरिष्ठ प्रहरी उपरीक्षक जनकराज पाण्डेयको नेतृत्वमा सिआइबीका डिएसपीसहितको तीन सदस्यीय प्रहरी टोली पनि खटाइएको नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेशका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले बताए। विद्यालय गएकी किशोरीको हत्यारालाई कारबाहीको माग गर्दै बैतडीका स्थानीय तथा विद्यार्थीले प्रदर्शन गरेका छन्। उनीहरूले स्थानीय खोचलेक बजारमा प्रदर्शन गरेका थिए। त्यसक्रममा उनीहरूले महाकाली राजमार्गसमेत बन्द गराएका थिए। प्रदर्शनमा मृतक किशोरी पढ्ने सनातन धर्म सिरकोट माध्यमिक विद्यालयका विद्यार्थीसमेत सहभागी थिए। यसैगरी अस्थायी राजधानी धनगढीमा पनि हत्याको विरोधमा प्रदर्शन भएको थियो।

विद्यालय गएकी किशोरीको बीभत्स हत्या भएको भन्दै घटनाको सुदूरपश्चिमभरिका बासिन्दाले व्यापक विरोध गर्दै कारबाहीको माग गरेका छन्। फेसबुकलगायत सामाजिक सञ्जालमार्फत दोषीलाई कारबाहीको माग गरिएको छ।

न्यायका लागि संघर्ष समिति, आन्दोलन घोषणा

विद्यालयबाट फर्कने क्रममा बलात्कारपछि हत्या गरिएकी किशोरी भागरथीको न्यायका लागि आफन्त तथा स्थानीयले संघर्ष समिति गठन गरेर आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। शंकरदत्त भट्टको संयोजकत्वमा नौ सदस्यीय संघर्ष समिति गठन गरिएको भट्टले बताए। माघ २५ देखि २७ गतेसम्म दोगडाकेदार गाउँपालिकाका सबै विद्यालय बन्द गर्ने, माघ २८ गते गाउँपालिका कार्यालय बन्द र माघ २९ गते गाउँपालिकाभरि आम हडताल गर्ने कार्यक्रम घोषणा गरिएको उनले बताए। प्रहरी अनुसन्धानलाई असर नपर्नेगरी न्यायका लागि संघर्षका कार्यक्रम घोषणा गरिएको उनले बताए।
अर्को समाचार
भागरथी हत्या प्रकरणः दिनेश र भागरथीको स्वाबमा भेटिएको डीएनए मिल्यो
१२ चैत्र २०७७
•
४ मिनेट पाठ
भागरथी हत्या प्रकरणः
दिनेश र भागरथीको स्वाबमा भेटिएको डीएनए मिल्यो
बलात्कारपछि हत्या गरिएकी दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको भजाइनल स्वाबको डिएनए र अभियुक्त दिनेश भट्टको डिएनए मिलेको छ । डिएनए ‘म्याच’ भएसँगै भागरथीको बलत्कार पछि हत्या उनकै गाउँका भाई पर्ने १७ बर्षिय दिनेशले गरेको भन्ने आरोपमा बल पुगेको छ । भागरथीको भजाईनल स्वाव संकलन गरेर डिएनए जाँचका लागी नेपाल प्रहरीको बिधी बिज्ञान प्रयोगशालामा पठाइएको थियो । पक्राउ गरेपछि दिनेशको डिएनए पनि जाँच गर्न पठाइएको थियो । भजाईनल स्वावको डिएनए र दिनेशको डिएनए मिलेको नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका प्रवक्ता वरिष्ठ प्रहरी उपरिक्षक मुकेश सिंहले बताएका छन । ‘यसअघि पनि दिनेशले प्रहरी, सरकारी वकिल, समाज सवै सँग गरेको बयान र उनले दिएको बयान मिल्दो अन्य तथ्यले उस्को संलग्नता पुष्टि भएको हो’उनले भने,‘डिएनए म्याच हुदाँ पुर्नपुष्टि भएको छ ।’ दिनेशको मात्र रगत डिएनए जाँच लागी पठाइएको उनले बताए ।  जिल्ला अस्पताल, बैतडीमा चिकित्सकले भाररथीको भजाईनल स्वाव निकालेर जाँचका लागी पठाइएको थियो । दुईसाता सम्म सवैले चासोपुर्वक हेरेको भागरथी हत्या घटनामा भट्टको संलग्नता देखिएको भन्दै ४ फागुनमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । त्यसबेला उनले प्रहरी, परिवार र सरकारी वकिलसँग अभियोग स्वीकारेका थिए ।




कंचनपुरकी १३ बर्षिय वालिका निर्मला पन्त हत्याको घटनामा देखिएका कमजोरी भागरथी हत्यामा दोहोरिन नदिन प्रहरी शुरुदेखिनै गंभिरतापुर्वक लागेको थियो । प्रहरीले घटनास्थलमा सुक्ष्म रुपमा सवै प्रमाण र तथ्य संकलन गर्यो । चिकित्सकलाई समेत घटनास्थलमा लगेर प्रहरी टोली पुगेको थियो । दुई साता सम्म पनि हत्या गर्ने व्यक्ती पत्ता नलाग्दा निर्मलाको जस्तै हत्याराले उन्मुक्ती नपाओस भनेर सवैतिर प्रदर्शन बढीरहेका वेला प्रहरी दिनेशलाई पक्राउ गर्न सफल भएको थियो । आफ्नै घर नजिकै दिदी नाता पर्नेलाई एक किशोरले यती जघन्य अपराध गरेको कुराले सवैलाई आश्चर्यचकित बनाएको थियो ।

जिल्ला अदालतले फागुन २५ गते दिनेशलाई पुर्पक्षका लागि सुधारगृह  दिपायल पठाउन आदेश दिएको थियो । १८ बर्ष भन्दा कम उमेर भएकाले अदालतले दिनेशलाई पुर्पक्षका लागी वालसुधार गृह दिपायल पठाएको थियो ।  

दिनेशलाई  पुर्पक्षका लागि बाल सुधारगृह डोटीमा राखिएको  छ । दिनेशले केहि दिन अघि सुधारगृहमै रहेका बेला आफूले बलात्कार र हत्या नगरेको भनेको भन्दै उनका वुवा दिपक भट्टले पत्रकार सम्मेलन गरेका थिए । ‘भागरथीको हत्या गर्नेले मेरो घाँटीमा चक्कु लगाएर अरुलाई भनेमा तीमी, तिम्रो वुवा र तिम्रो भाई मारिदिन्छु भनेकाले डरले मैले हत्या गरेको हु भनेर बयान दिएको हुँ छोरोले मलाई भनेको छ’दिपकले भनेका थिए ।

अपराधीहरुले सजायवाट उन्मुक्ती पाउन अनेक प्रयत्न गर्ने र दिनेशको अहिले सजायवाट वाच्नका लागी बयान फेर्नुलाई स्वभाविक रुपमा लिएको वरिष्ठ प्रहरी उपरिक्षक सिंहले बताए ।

उनले गाउँपालिकाकै एक कर्मचारीको नामसमेत किटान गरी तिनले आफूलाई धम्क्याएर अपराध स्वीकार्न लगाएको बताएका थिए । दिनेशले पुर्पक्षका लागि  सुधारगृह नपठाउँदासम्म आफूले नै बलात्कार हत्या गरेको बयान दिएपनि एक महिनापछि आएर वोली फेरेका थिए ।

शुरुमा दिनेशले हत्या गरेको बिश्वास नमानेर  अपराधी पत्ता नलागेसम्म शव नबुझ्ने अडानमा रहेका पिडित आफन्तले शव बुझ्न मानेका थिएनन् । सरकारी वकिल सँग दिनेशले वुवाकै उपस्थितीमा आफूले बलत्कार पछि हत्या गरेको बयान दिएपछि भने भागरथीका आफन्तले न्याय पाएको भन्दै शव बुझेर १७ दिनमा अन्तिम संस्कार गरेका थिए ।  

सनातन माध्यमिक विद्यालयमा दिनेश कक्षा ११ र भागरथी कक्षा १२ मा अध्ययनरत थिइन् । प्रहरीका अनुसार माघ २१ गते दिउँसो पौने २ बजेतिर ती किशोर अन्तिम कक्षा नपढी साथीहरूसँग फर्किएका थिए ।  

५ मिनेटको दुरीमा रहेको खोचलेक बजारमा सँगैका साथीहरुलाई छोडेर उनी एक्लै घरतर्फ हिडे । खोचलेक बजारवाट भागरथी भन्दा केहि मिनेट ढिलो हिडेपनि बिच बाटोमा भागरथीलाई उछिनेर घटनास्थल नजिकको बाटेमा ढुकेर वसेको प्रहरीले बताएको छ।   कुरेर बसेको स्थानमा भागरथी पुगेपछि ती किशोरले उनलाई सडकबाट तल धकेलेको र  लडेर घाइते भएकी भागरथीलाई जवरजस्ती तल लगेर हत्या गरेको उनले प्रहरीलाई बयान दिएका थिए ।  यसपछि उनले भागरथीसँग रहेको मोबाइलको ब्याट्री झिकेर घटनास्थलमा फालेर घरतर्फ गएको बयान दिएको छ ।  

माघ २१ गते साँझसम्म पनि घर नफर्केपछि खोजी सुरु गरेका परिवारले माघ २२ गते साँझ ५ बजे भागरथीको शव लवलेक जंगलको बाटोभन्दा करिब ५० मिटर तल बनमाराको झाडीभित्र फेला परेको थियो । भागरथीको पोष्टमार्टम रिपोर्टमा बलात्कारपछि हत्या भएको देखिएको थियो ।
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १० मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस