भागरथी हत्याको नवौं दिनः अनुसन्धानमा प्रहरीका तीन टोली, नतिजा शून्य
०१ फागुन २०७७
•
३ मिनेट पाठ
भागरथी हत्याको नवौं दिनः अनुसन्धानमा प्रहरीका तीन टोली, नतिजा शून्य
बलात्कारपछि हत्या गरिएकी बैतडी दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यारा अझै पत्ता लागेको छैन । यही माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता भएकी भागरथीको शव २२ गते लवलेक सामुदायिक वनमा फेलापरेको थियो । भागरथीको शवको पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको उल्लेख छ ।




भागरथीको हत्या भएलगत्तै घटनाको अनुसन्धानमा जुटेको प्रहरीलाई हत्यारा पत्ता लगाउन सकस भएको छ । नेपाल प्रहरीका एसएसपी जनकराज पाण्डे नेतृत्वको टोली सुरुदेखि घटनाको अनुसन्धानमा छ भने माघ २५ गतेपछि डिआइजी उत्तमराज सुवेदी नेतृत्वको टोलीले पनि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले बताए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका डिएसपीको नेतृत्वमा पनि अनुसन्धान टोली खटिएको छ । डिआइजी सुवेदीले अनुसन्धान टोलीलाई आवश्यक निर्देशन दिने, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणसँग बेलाबेलामा भेटेर घटनाका बारेमा जानकारी लिने गरेका छन् । उनी अहिले बैतडीमै छन् । खोचलेक प्रहरीचौकीमा बसेर उनले घटनाको अनुसन्धान गर्दै आएका छन् ।

शव फेलापरेको नौ दिनसम्म पनि दोषी पहिचान नहुँदा पीडित पक्षले न्याय नपाउने हो कि भन्ने चिन्ता बढ्न थालेको छ । न्यायका लागि विद्यार्थी सडकमा उत्रिएका छन् । बैतडीसहित विभिन्न जिल्लामा दैनिकजसो भइरहेका प्रदर्शनमा सहभागी विद्यार्थीको एउटै माग छ, ‘भागरथीलाई न्याय देऊ ।’  

निर्मला हत्या प्रकरणमा जस्तो अहिले नागरिक समाज, महिला अधिकारकर्मी र राजनीतिकर्मी सडकमा नदेखिए पनि विद्यार्थीले छानबिन गर्ने सम्बद्ध निकायको ध्यानाकर्षण गराउन दबाबमूलक कार्यक्रम आयोजना गरिरहेका छन् । दबाबमूलक कार्यक्रममा राजनीतिक दलका विद्यार्थी संगठन र युवा संगठन भने देखिएका छन् ।

प्रहरीले घटनाको अनुसन्धानमा सबै संयन्त्र प्रयोग गर्दासमेत दोषी पहिचान हुन नसकेको अधिकारकर्मी देवु ठगुन्नाले बताइन् । प्रहरीले दोषी पत्ता नलगाउँदा स्थानीय दोषी उम्किने र पीडितले न्याय नपाउने हुन् कि भनेर संशकित भएको उनले बताइन् । प्रहरीले भने अनुसन्धान जारी रहेको र दोषी चाँडै पत्ता लाग्ने बताउँदै आएको छ । घटनाका दोषी पत्ता लगाउन अनुसन्धान भइरहेको बैतडी जिल्ला प्रहरी प्रमुख डिएसपी अधिकारीले बताए । ‘हामी अहिले पनि अनुसन्धानमै छौं,’ उनले भने, ‘दोषी छिटोभन्दा छिटो पत्ता लाग्छ ।’ घटनासँग जोडिएका विभिन्न पक्षलाई केलाएर अनुसन्धान भइरहेको उनी बताउँछन् ।

सुदूरपश्चिम प्रदेशका प्रवक्ता मुकेश सिंहले घटनास्थलबाट संकलन भएका तथ्य र प्रमाण जाँचपछि हत्यारा पत्ता लाग्ने बताए । उनका अनुसार घटनास्थलबाट संकलन भएको रगत, मोबाइललगायत तथ्य संकलन गरी नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा जाँचका लागि पठाइएको छ । ‘केही व्यक्तिलाई हामीले शंकाको घेरामा राखेका छौं,’ उनले भने, ‘संकलित तथ्य र प्रमाण जाँच रिपोर्टका आधारमा छिट्टै अपराधी पत्ता लाग्छ ।’ भागरथीको बलात्कार र हत्या एकजनाले गरेको हो वा समूहले भन्ने पनि अझै खुल्न सकेको छैन । अहिलेसम्म भागरथीका हत्यारा पत्ता नलाग्नुले घटना योजनाबद्ध हुनसक्ने स्थानीयको अनुमान छ । प्रहरी भने बलात्कार र हत्या आकस्मिक थियो वा योजनाबद्ध भन्ने कुरामा यकिन हुन सकेको छैन । प्रहरीले हत्यामा संलग्न भएको आशंकामा दर्जनौं मानिसमाथि अनुसन्धान गरिसकेकाले केही व्यक्तिमाथि सूक्ष्म अनुसन्धान गरी प्रमाण भिडाउने काम भइरहेको जनाएको छ ।

विद्यार्थी त्रसित

भागरथीको बलात्कार र हत्यापछि उनले पढ्ने गरेको सनातन धर्म माविका विद्यार्थी त्रसित भएका छन् । आफ्नै सहपाठीको विद्यालयबाट घर फर्कर्ने क्रममा बलात्कार र हत्या भएपछि उनीहरू त्रसित भएका हुन् । कक्षा १२ मा पढिरहेकी भागरथी विद्यालयमा असल छात्राका रुपमा चिनिन्थिन् । घटनाको एक सातापछि विद्यालय खुले पनि विद्यार्थी त्रसित भएको प्रधानाध्यापक बलदेव नाथले बताए । ‘विद्यार्थीले राम्रोसँग पढ्न र हामीले पनि राम्ररी पढाउन सकिरहेका छैनौं । सबै चिन्तित छौं,’ उनले भने ।

मिल्ने साथी गुमाउनु पर्दा बेचैन भएको भागरथीकी साथी रेखा भट्टले बताइन् । ‘सँगै पढ्ने साथी आँखामा झलझली आइरहन्छे,’ उनले भनिन्, ‘ त्यो घटनादेखि विद्यालयका सबै विद्यार्थी त्रासमा छौं ।’ घटनापछि विद्यालय आउजाउ गर्न पनि डर लागेको विद्यार्थी बताउँछन् । यो घटनापछि विद्यार्थी मात्र होइन, अभिभावक पनि डराएका छन् ।
अर्को समाचार
चन्द्रागिरि बन्यो जुवा खाल, चारलाख ४३ हजार नगदसहित सोह्रजना पक्राउ
२१ कार्तिक २०७८
•
१ मिनेट पाठ
चन्द्रागिरि बन्यो जुवा खाल, चारलाख ४३ हजार नगदसहित सोह्रजना पक्राउ
नेपाल प्रहरीले रु चार लाख ४३ हजार ५०३ नगदसहित १६ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले चन्द्रागिरि नगरपालिका–१४ पुरानो नैकापस्थित शङ्कर थापाको घरबाट जुवा खेलिरहेको अवस्थामा १६ जनालाई शनिबार राति पक्राउ गरेको हो।




पक्राउ पर्नेमा चन्द्रागिरिका ५२ वर्षीय पुष्कर थापा, ४६ वर्षीय पूर्णबहादुर बस्नेत, ४१ वर्षीय सुदर्शन विडारी, ४६ वर्षीय लव कार्की, ४४ वर्षीय सुदामा केसी, ३१ वर्षीय विजय बुढाथोकी, ५० वर्षीय रवीन्द्र थापा, ४३ वर्षीय राजन खत्री, ३६ वर्षीय विश्वासजङ्ग कार्की, ४० वर्षीय सन्जु थापा, ३८ वर्षीय नीरञ्जन शाह ठकुरी र ४४ वर्षीय अष्टमान महर्जन रहेका छन्।

यस्तै, चन्द्रागिरिकै ४१ वर्षीय शङ्कर थापा, नीरञ्जन केसी, ४७ वर्षीय गणेश रसाइली र ३६ वर्षीय कृष्णबहादुर मगर रहेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले पैसाको ठूलो हारजित हुनेगरी जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जानकारी दिए।  

पक्राउ परेकासँग प्रहरीले नगद, २० बुक तास र विभिन्न रङ्गका क्वाइन बरामद गरेको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले बताए। रासस
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस