सिसि क्यामेराको सहायताले समातिए ९ जना सिकारी
२४ माघ २०७७
•
२ मिनेट पाठ
सिसि क्यामेराको सहायताले समातिए ९ जना सिकारी
बाँके राष्ट्रिय निकुञ्जले सल्यानको कालिमाटीबाट पक्राउ गरेका सिकारी । तस्बिर : नागरिक
सिसि क्यामेराको सहायताले चोरी सिकारीमा संलग्न ९ जनालाई बाँके राष्ट्रिय निकुञ्ज कार्यालयले पक्राउ गर्न सफल भएको छ। बाँके, दाङ र सल्यान जिल्लामा फैलिएको निकुञ्जभित्र चोरी सिकारी हुन सक्ने आशंकामा निगरानीका लागि कार्यालयले सिसि क्यामेरा जडान गरेको छ। उक्त क्यामेरामा कैद भएका तस्बिरका आधारमा सल्यान कालिमाटी गाउँपालिका वडा नम्बर २ र ३ बाट ७ थान भरुवा बन्दुकसहित ९ जना सिकारीलाई नियन्त्रणमा लिइएको हो।  




अप्रेशन ‘महाहन्ट’ अभियान अन्तर्गत निकुञ्ज र नेपाली सेनाको संयुक्त टोलीले पक्राउ गर्न सफल भएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले जानकारी दिए। ‘निकुञ्ज भित्र हुने अवैध कामको निगरानीका लागि हामीले ठाउँ–ठाउँमा सिसि क्यामेरा जडान गरेका छौं, तिनै क्यामेराले कैद गरेको तस्बिरको मद्दतले सिकारीलाई पक्राउ गर्न सफल भएका हौं,’ उनले भने।  

विभिन्न स्थानमा जडित सिसि क्यामेराले निकुञ्ज भित्र हुने अवैध कामको निगरानी गर्न सहज भएको प्रमुख संरक्षण अधिकृत शाह बताउँछन्। निकुञ्ज क्षेत्रभित्र बन्दुक बोकी आउने जाने गरिएको फोटो प्रमाण एवम् सूचनाका आधारमा सिकारीलाई पक्राउ गरिएको कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी एवम् महेश न्यौपानेका अनुसार पक्राउ पर्नेमा कालिमाटी गाउँपालिका वडा नम्बर २ निवासी २६ वर्षीय देवप्रसाद थापा, सोही ठाउँका २२ वर्षका धनबहादुर डाँगी, ४१ वर्षीय तिलक डाँगी, ३२ वर्षका टेकबहादुर कुँवर, ५२ वर्षीय कृष्ण थापा, ५१ वर्षीय शोकबहादुर खत्री, २९ वर्षीय कुमार थापा, ५० वर्षका रत्नलाल मगर र वडा नम्बर ३ का ५२ वर्षीय भिमबहादुर खनाल रहेका छन्।  

‘निज अभियुक्तको साथबाट ७ थान भरुवा बन्दुक बरामद गरिएको छ,’ न्यौपानेले भने। उनीहरुलाई निकुञ्जको हिरासत कक्षमा राखेर आवश्यक अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ। दुर्लभ पाटेबाघ संरक्षण गर्ने उद्देश्यले एक दशक अघि सरकारले बाँके राष्ट्रिय निकुञ्ज स्थापना गरेको हो। कार्यालयले सन् २०१८ मा गरेको गणना अनुसार निकुञ्ज भित्र २१ वटा पाटेबाघ छन्। अहिले त्यो संख्या बढेको निकुञ्ज कार्यालयले जनाएको छ।
अर्को समाचार
चितवन २ मा उपनिर्वाचनको तयारी पुरा, मतगणना स्थलमा सिसी क्यामरासहित तारजाली जडान
०९ वैशाख २०८०
•
४ मिनेट पाठ
चितवन २ मा उपनिर्वाचनको तयारी पुरा, मतगणना स्थलमा सिसी क्यामरासहित तारजाली जडान
वैशाख १० गते हुने प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर–२ को उपनिर्वाचनको तयारी पुरा भएको छ।




निर्वाचनका लागि आवश्यक पर्ने सामाग्री सहित मतदान केन्द्र तयार भइसकेको मुख्य निर्वाचन अधिकृत भरतपुरको कार्यालयले जानकारी दिएको छ।

‘निर्वाचन सम्पन्न गर्न कर्मचारी मतदान केन्द्रमा पुगी सक्नुभएको छ। मतपेटिकासहित मतदान सामाग्री मतदान केन्द्रमा पुगिसेकेका छन्,’ सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले भने, ‘निर्वाचनकालागि आवश्यक तयारी पुरा भइसकेको छ।’ 
उनले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरूका लागि मतदान गर्न सहज बनाइएको बताए। सम्भव भएसम्म मतदान स्थलमा टेण्ड टाँग्न निर्देशन दिइएको उनले जानकारी दिए। 

निर्वाचन आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ। निर्वाचन गराउन १ सय ३८ केन्द्रमा ६ सय ९० जना कर्मचारी खटिएका छन्। त्यसबाहेक ५ सय ३४ जना स्वयंसेवक निर्वाचनमा खटिने निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जानकारी दिए। 

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरेपछि पुनः निर्वाचन हुन लागेको हो। मंसिरमा भएको निर्वाचनमा लामिछाने ४९ हजार ३ सय मतका साथ विजयी भएका थिए।

निर्वाचनको लागि सुरक्षा व्यवस्था पनि कडा पारिएको  जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। निर्वाचनका लागि १ हजार २७० प्रहरी परिचालन भएका छन्। त्यसबाहेक सशस्त्र प्रहरी, नेपाली सेनाले समेत बाहिरी घेराबाट सुरक्षा प्रदान गर्ने जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ। प्रहरीले बजार क्षेत्रलाई अति संवेदनशील रुपमा लिएको छ।

मतगणना केन्द्रमा तार जालीसहित सिसी क्यामरा जडान

भरतपुर सदरमुकामदेखि ५ घण्टासम्मको दुरीमा मतदान स्थल रहेका छन्। मतदान सम्पन्न भइसकेपछि राति १२ बजेभित्र मतपेटिका मतगणना स्थलमा आइपुग्ने सहायक निर्वाचन अधिकृत तथा प्रवक्ता आचार्यले जानकारी दिए।

मतगणना चितवन उद्योग सङ्घको परिसरमा रहेको औद्योगिक प्रदर्शनी केन्द्रमा हुनेछ। मतगणना स्थलसमेत तयारी अवस्थामा राखिएको आचार्यले जानकारी दिए। उनका अनुसार मतगणना स्थलमा तार जाली र १२ वटा सिसी क्यामरा जडान गरिएको छ।

चितवन निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख २४ हजार ६९५ मतदाता रहेका छन्। तीन दिनभित्र मतगणना गरिसक्ने तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेका छ।

‘सुरुवाती चरणमा १ ठाउँबाट मतगणना गरिनेछ। पछि थप गर्दै ४ ठाउँबाट गणना गछौँ। अहिले थोरै भएकाले पहिलेजस्तो ढिला गर्दैनौँ,’आचार्यले भने।
भरतपुर माविमा मतदान अधिकृतदेखि कार्यालय सहयोगीसम्म महिला 

चितवन निर्वाचन क्षेत्र नम्बर २ मा भरतपुर महानगरपालिकाका १० वटा वडा, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका पर्दछ। यहाँ ४३ वटा मतदान स्थल र मतदान केन्द्र १ सय ३८ छन्।

त्यसमध्ये भरतपुर माध्यमिक विद्यालयमा महिला कर्मचारीले मात्रै मतदान गराउँदै छन्। ४ वटा मतदान केन्द्र रहेको भरतपुर माविमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी र स्वयंसेवक समेत महिला मात्र रहेका छन्। यहाँ डा।सरस्वती न्यौपाने, विष्णुमाया बिके, शर्मिला पौडेल र पूर्णिमा क्षेत्रीको नेतृत्वमा मतदान हुँदै छ।

यहाँ निर्वाचन सम्पन्न गराउन ३४ जना महिला कर्मचारी खटिएको मतदान अधिकृत विष्णुमाया विकेले जानकारी दिइन्। यसअघिको निर्वाचनमा यहाँ महिला कर्मचारी मात्रै निर्वाचनमा खटिएका थिए। यहाँ ५ जना महिला सुरक्षाकर्मीसहित २४ जना प्रहरी खटिएका छन्। निर्वाचनका लागि आवश्यक तयारी सकिएको बिकेले जानकारी दिइन्। उनले महिलाले गराएको निर्वाचनलाई नमुना बनाउने समेत बताएकी छन्। भरतपुर माविबाट मतदान गर्ने मतदाता ३ हजार ४ सय ४४ जना रहेका छन्।  

राजमार्गसहित सबै सडकमा यातायात सञ्चालनमा रोक

उपनिर्वाचनको मतदानको दिनभर क्षेत्र नम्बर २ मा  अत्यावश्यक सवारी बाहेकका सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गरी चितवन २ मा पर्ने राजमार्गसहितका सबै सडकमा अनुमति लिन नपर्ने अत्यावश्यक सेवा एम्बुलेन्स र दमकल बाहेकका अन्य सवारी साधनलाई रोक लगाउने बताएको हो।

यसअघि प्रशासन कार्यालयले राजमार्गमा गुड्ने लामो दुरीका गाडीलाई चल्न दिने बताएको थियो। गृह मन्त्रालयको निर्णय कार्यान्वयन र उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णय बमोजिम पछिल्लो निर्णय भएको प्रहरीले बताएको छ।

आइतबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म चितवन २मा सवारी सञ्चालनमा रोक लगाइएको हो। चितवन २ मा पूर्व–पश्चिम राजमार्ग, नारायणगढ–मुग्लिङ सडक र पृथ्वी राजमार्ग पर्छन्। यी राजमार्ग प्रयोग गन्तव्यमा पुग्ने यात्रुहरू समस्यामा पर्नेछन्।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २४ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस