इन्जिनियरद्वारा व्यक्तिगत लगानीमा सडक र मिल
२१ माघ २०७७
•
३ मिनेट पाठ
इन्जिनियरद्वारा व्यक्तिगत लगानीमा सडक र मिल
इन्जिनियर दीपक रानामगरले गाउँमा खोलिदिएको कुटानी पिसानी मिल। तस्बिरः महेश्वर
आजका धेरैजसो युवाहरु आफू र देश बिग्रनुमा राजनीतिक दल र तिनका नेतृत्वलाई दोषी देख्छन्। तर, उनीहरु भोलिका युवा बिग्रे भने आजका युवा (आफू)लाई दोषी देख्नेछन् भन्ने कुराप्रति पटक्कै हेक्का राखेको पाईन्न। देश बिग्रनुमा सबै पक्ष उत्तिकै दोषी हुन्छन् मात्रात्मकरुपमा कम बेसी मात्र होला। राजनीतिक दल र तिनका नेताहरु बढी दोषी हुनु स्वभाविक हो किन भने उनीहरुको हातमा देश कस्तो बनाउने, कता लाने भन्ने कुरा निर्णायक हुन्छ।  




तर, सबैपक्ष सचेत हुँदै भएर आजका युवाजगतलाई सही दिसा दिने हो भने समृद्धि टाढा छैन भन्ने देखाउन यहाँका एक युवा इन्जिनियर लागी परेका छन्। बाल्यकालदेखि अरुको सहयोग गर्न र समाजिक सेवामा स्वतःस्फुर्त लाग्दै आएका त्रियुगा नगरपालिका १६ बेलदोभानका इन्जिनियर दीपक रानामगर अहिले गाउँ बनाउने अभियानमा जुटेका छन्। आफू र गाउँका युवा भाईवहिनीलाई पनि सामाजिक सेवामा निस्वार्थ रुपले लाग्नुपर्छ भन्ने प्रेरणा जगाउँदै इन्जिनियर मगर गाउँ सुधार अभियानमा जुटेको बताउँछन्।  

युवा पुस्तालाई सकारात्मक सोँचतर्फ अभिप्रेरित गर्दै सकारात्मक कामप्रति लगाउन सके गाउँ, समाज र मुलुक बन्न धेरै नलाग्ने उनको ठम्याई छ। त्यो अभियानमा आफू लाग्दै गउाँ छिमेकका युवायवुतिलाई स्थानीय पर्यटन प्रवद्र्धनमा योगदान गर्न उनको अभियान सुरु भएको छ। त्यसका लागि उनले पहिलो चरणमा आफ्नै वडाभित्र रहेको पर्यटकीयस्थल बेलदोभान झर्ना, बागनङ्ग्री गुफा र बेलदोभान वनभोजस्थलसम्म सडक पुर्‍याउन लागी परेका छन्। उनको समूहले केहीदिनअघि मात्र पर्यटकीयस्थलसम्म जाने कच्ची सडकको सरसफाई र स्तरोन्नति गरेको छ। जसमा इन्जिनियर मगरले व्यक्तिगत लगानी गरेको गाउँले बताउँछन्।  

गएको वर्षाले बिगारेको त्रियुगा १६ को फोक्सिन्टारदेखि जाल्पा बेल्दोभान झर्ना जोड्ने सडक सरसफाई गर्दै मर्मत र स्तरोन्नतिमा उनी स्वयंले खर्च गरेका छन्। गएको वर्षाले सो खण्डको सडकमा बिभिन्न ठाउँमा पहिरो जानुका साथै भत्काएर मोटरसाईकलसम्म हिड्न नसक्ने भएकाले मर्मत र सरसफाईमा लागेको उनले बताए। १६ नं. वडाको प्रमुख आकर्षण मानिने बेलदोभान झर्नासम्म आउजाउ गर्ने उक्त मुख्य सडक उनको लगानीमा मर्मत भएपछि अहिले जीप, कार, मोटरसाईकल सबै आउजाउ गर्न सहज भएको जाल्पाका सामाजिक अभियन्ता रुद्र पोखरेलले बताए। पोखरेलका अनुसार सडक मर्मत भएपछि बेलदोभान भर्नामा दिनहुँजस्तो आन्दरिक पर्यटकहरु आउन थालेका छन्। पहिले आउजाउ गर्नै अप्ठेरो सडक इन्जिनियर मगरले आफ्नै लगानीमा मर्मत गरेपछि आउजाउ गर्न सहज भएकाले दिनहुँजसो वनभोज खान, घुमफिर गर्न र झर्ना हेर्न आउनेको आजकाल भीड लाग्न थालेको पोखरेलले बताए।  

एसिएन पेन्ट्स कम्पनी हेटौंडाका जागीरे इन्जिनियर मगरले बेलदोभान झर्नामा स्थानीय र वाह्य दुबै खाले पर्यटकलाई आउजाउ गर्न असहज भएको पाएपछि आफ्नै लगानीमा सडक मर्मत गरेको बताए। विदामा घर आउँदा गाउँमा आवश्यक पर्ने सबैखाले सहयोग छिमेकी र गाउँलेलाई सक्दो गर्दै आएका उनले यो पटक आफ्नो गाउँ आफै बनाउँ भन्ने नारा अघि सार्दै  स्थानीय युवाहरुलाई परिचालन गर्दै सडक सुधार कार्य गरेका हुन्। उनले देशविदेशमा रहेका बिभिन्न युवाहरुलाई गाउँको विकासमा साथ दिन आव्हान गर्दै सामाजिक अभियान चलाउन आग्रह गरेका छन्।  

इन्जिनियर मगरले स्थानीय केशव मगरसँगको सहकार्यमा गाउँमा अन्न कुटानी पिसानी गर्न कम्वाइन्ड मिलसमेत स्थापना गरेका छन्। छोरी दित्या र केशव मगरका छोरा एरिकको पास्नीको अवसर पारेर गाउँलेलाई कुटानी पिसानी गर्न सहज बनाउन मिल स्थापना गरिदिएको उनीहरुले बताएका छन्। मिल स्थापना भएपछि वर्षौंदेखि परम्परागत जाँतो र ढिकीको भरमा अन्न कुट्दै पिस्दै आएका महिला दिदीवहिनीलाई घण्टौं लगाएर गर्नुपर्ने काम एकैछिनमा गर्न सक्ने बनाईदिएको भन्दै स्थानीय भावना मगरले खुसी व्यक्त गरिन्।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
३८ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस