हलेसीमा पद्मसम्भवको ६० फिट अग्लो प्रतिमा राख्ने सम्झौता
२१ माघ २०७७
•
३ मिनेट पाठ
हलेसीमा पद्मसम्भवको ६० फिट अग्लो प्रतिमा राख्ने सम्झौता
हलेसीमा पद्मसम्भवको प्रतिमा राख्नका लागि सम्झौता गर्दै मेयर इवन राई र नेपाल बौद्ध महासंघका अध्यक्ष आचार्य नुर्वु शेर्पा । तस्बिर : दमन राई/नागरिक
खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा पद्मसम्भवको ६० फिट अग्लो प्रतिमा राख्ने तयारी गरिएको छ । धार्मिक पर्यटन प्रवद्र्धनका लागि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको मञ्जुश्री गुफा क्षेत्रमा नगरपालिका र नेपाल बौद्ध महासंघको सहकार्यमा आचार्य गुरु पद्मसम्भवको अग्लो प्रतिमा राख्ने तयारी गरिएको हो । हलेसी तुवाचुङ नगरपालिकाले तयार पारेको हलेसी बृहत्तर गुरुयोजनामा परिकल्पना गरिएको पद्मसम्भव पार्कमा पद्मसम्भवको प्रतिमा राख्नका लागि आईतबार नगरपालिकाका मेयर इवन राई र नेपाल बौद्ध महासंघका अध्यक्ष आचार्य नुर्बु शेर्पाबिचमा १९ बुँदे सम्झौता भएको छ ।  




ध्वजापताका क्षेत्र, स्वागत द्धार, ध्यान केन्द्र, शान्ति पदयात्रा, विश्राम गृह, बगैंचा, मञ्जुश्री क्षेत्रभन्दा माथि डाँडामा गुम्बा, सरोवर निर्माण, पद्मार्ग लगायतका संरचना निर्माण गरिने पद्मसम्भव पार्कमा बढिमा ५ वर्षभित्र पद्मसम्भवको मुर्ती राख्नेगरी सम्झौता गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर राईले बताए । सम्झौता भएको ७ महिनाभित्र मञ्जुश्री क्षेत्रको १०३ रोपनी जग्गामध्ये ३ रोपनी ७ आना १ दाम जग्गामा दोश्रो पक्ष (नेपाल बौद्ध महासंघ)ले पद्मसम्भवको प्रतिमा स्थापनाको काम गर्ने सम्झौता भएको छ ।

हलेसी बृहत्तर गुरुयोजना अनुसार पद्मसम्भव पार्कमा करिब ५ करोडको खर्चमा पद्मसम्भवको प्रतिमा राख्ने काम पूरा गरिने नेपाल बौद्ध महासंघले जनाएको छ । पद्मसम्भवको प्रतिमा स्थापनाका लागि नगरपालिकाले स्थान उपलव्ध गराउने र ६ महिनाभित्र प्रतिमा राख्ने स्थानसम्म सडक र विद्युत व्यवस्थापन गर्ने सम्झौतामा उल्लेख छ । यस्तै, हलेसी बृहत्तर गुरुयोजनाले तयार पारेको अवधारणा अनुसार सम्झौता भएको ३ महिनाभित्र पद्मसम्भव पार्कको डिपिआर तयार पारी दोश्रो पक्षलाई उपलव्ध गराउने, दोश्रो पक्षले डिपिआर अनुसार पद्मसम्भवको प्रतिमाको नक्सा तयार गरी स्थापना गर्नुपर्ने सम्झौता भएको छ ।  

गुरुयोजनाले पारित गरेको मापदण्ड र नगरपालिकाको भवन निर्माण मापदण्ड बमोजिम मञ्जुश्री गुफा र वातावरणलाई कुनै असर नपर्नेगरी पद्मसम्भवको प्रतिमा राखिने नगरपालिकाले जनाएको छ । पद्मसम्भवको साना तथा ठूलो मुर्ती राखिने पार्क क्षेत्रमा शान्ति पूजा हल, चैत्य निर्माण, वौद्ध धर्म संग्रहालय तथा पुस्तकालय, माने निर्माण, प्रतिमा निर्माण, वौद्ध स्ववारिक्पा शिक्षण केन्द्र, अनुसन्धान केन्द्र, गार्डेन, ढल, पानी, विजुली व्यवस्थापन, तारबार तथा पर्खाल, अपांगमैत्री शान्ति मार्ग लगायतका संरचना निर्माण गरिने मेयर राईले जानकारी दिए । ‘नगरपालिकाको प्रमुख उपलव्धीमध्ये हलेसी बृहत्तर गुरुयोजना निर्माण एक हो । यही गुरुयोजनाका आधारमा पद्मसम्भवको प्रतिमा राख्ने तयारी थालेका हौँ,’ मेयर राईले भने, ‘यसबाट हलेसीको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने छ । नगरपालिकाको वृहत्तर विकासमा योगदान पुग्ने अपेक्षा गरेका छौँ ।’  

हलेसीमा पद्मसम्भवको प्रतिमा स्थापना पश्चात वौद्ध धर्म परम्परा अनुसार साँस्कृतिक, अध्यात्मिक महत्वलाई जीवित राख्नका लागि त्यसको रेखदेख, सञ्चालन, संरक्षण, मर्मत सम्भार र पाठपूजाको व्यवस्था बौद्ध महासंघले गर्ने सम्झौता छ । पार्कमा प्रवेश गर्ने आगन्तुकबाट शुल्क उठाएर आम्दानी बाँध्ने र पार्क क्षेत्रमा घेरावारा, पदमार्ग र मूल प्रवेशद्धार निर्माणको काम प्रथम पक्षले गर्ने छ । हलेसीमा निर्माण गरिने पद्मसम्भव पार्कले विश्वभरका बौद्धमार्गीलाई आकर्षण गराउने वातावरण बन्ने नेपाल बौद्ध महासंघका अध्यक्ष शेर्पाले बताए । ‘वौद्ध साहित्यमा आचार्य गुरु पद्मसम्भवले हलेसीमा अमरत्व प्राप्त गरेको उल्लेख छ । उहाँको प्रतिमा स्थापनापछि दशौं लाख पर्यटकलाई हलेसीमा भित्र्याउन सक्छौँ,’ अध्यक्ष शेर्पाले भने, ‘हामीसँगै हिरा र सुन छ तर हामीले बेच्न सकेका छैनौं ।’  

बौद्ध धर्मावलम्बीले पद्मसम्भवलाई दोश्रो बुद्धकारुपमा पुज्ने गरेका छन् । गुरुयोजना अनुसार काम गर्नका लागि १०३ रोपनी सरकारी जग्गा रहेको मञ्जुश्री क्षेत्रमा ४५ रोपनी व्यक्तीगत जग्गा अधिग्रहण वा किन्नुपर्ने देखिएको छ ।
अर्को समाचार
पोखरामा दाइँ महोत्सव: धान चुटेर र गोरु धपाएर रमाए विदेशी पर्यटक
१७ मिनेट अघि
•
१ मिनेट पाठ
पोखरामा दाइँ महोत्सव: धान चुटेर र गोरु धपाएर रमाए विदेशी पर्यटक
कास्की,  पोखरा महानगरपालिका-२९ नौबिसेटोलमा शनिबार बिहानैदेखि परम्परागत दाइँको रौनक छाएको थियो।




धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल छान्दै थिए।

खेतका कान्लामा बसेर परम्परागत रूपमा धान थन्क्याउने नेपालको कृषि कार्यको दृश्य विदेशी पर्यटकले रमाइलो मानेर हेरिरहेका थिए। ‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा नौबिसेटोलमा तेस्रो संस्करणको दाइँ महोत्सव आयोजना गरिएको थियो।

संस्कृतिको संरक्षण र पर्यटन प्रवर्द्धनका लागि गरिएको महोत्सवमा विदेशी पर्यटकले नेपाली धान थन्क्याउने परम्परा नजिकबाट नियाल्ने अवसर पाए। हिमालको पृष्ठभूमिमा धान चुट्ने र गोरु धपाउने दृश्य उनीहरूका लागि नौलो अनुभव बनेको थियो। केही पर्यटक आफैँ दाइँमा सहभागी भएर रमाएका थिए।

इङ्ल्यान्डका पर्यटक मार्कले गोरु धपाउन सुरु गरे भने उनलाई अन्य पर्यटकले पनि साथ दिए। पदयात्राका लागि नेपाल आएका मार्कले दाइँ महोत्सवमा सहभागी हुन पाउँदा खुसी लागेको बताए।

“म दुई हप्ताका लागि नेपाल आएको हुँ। पदयात्रामा जाने योजना छ। हिमालको पृष्ठभूमिमा धानको महोत्सवमा सहभागी भएर गोरु धपाउने काम मेरा लागि पहिलो अनुभव हो। म खुसी भएँ। स्वदेश फर्किएर साथीहरूलाई यसबारे सुनाउनेछु”, उनले भने।

दुई महिनाका लागि अन्नपूर्ण क्षेत्रमा पदयात्रा गर्न आएकी जापानी पर्यटक हितुमीले पनि दाइँ महोत्सवमा सहभागी हुँदा उत्साहित भएको बताइन्। गोरु धपाउने अनुभव रमाइलो लागे पनि धान चुट्ने तरिका भने आफूलाई कठिन लागेको उनको भनाइ थियो। “मैले गोरु धपाएँ, राम्रो लाग्यो तर धान चुट्न सकिनँ, अग्लो हुँदोरहेछ। नेपालको कृषि गर्ने तरिका रमाइलो रहेछ”, उनले भनिन्।

चिनियाँ पर्यटक सन्देशले चीनमा पनि परम्परागत रूपमा यसैगरी खेती गर्ने गरिएको बताए। धान रोप्ने र थन्क्याउने तरिका नेपाल र चीनमा उस्तै रहेको उल्लेख गर्दै उनले आधुनिक प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा नयाँ पुस्तालाई परम्परागत कृषि प्रणालीबारे जानकारी गराउनुपर्ने बताए।

“आजभोलि धेरै विकास भएको छ, ट्रयाक्टर र मेसिन आएका छन्। अबका बच्चाबच्चीलाई धान कसरी आउँछ भन्ने कुरा सिकाउनुपर्छ”, उनले भने।

पोखरामा बढ्दो सहरीकरण र बदलिँदो जीवनशैलीसँगै लोप हुँदै गएको परम्परागत कृषि प्रणाली नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको थियो। महोत्सवमा स्थानीवासी, विभिन्न विद्यालयका विद्यार्थी, बालबालिका लगायतको उपस्थिति थियो। 

महोत्सवका संयोजक एवं पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरिराम अधिकारीले महोत्सवले परम्परागत खेती प्रणालीको संरक्षण, स्थानीय उत्पादनको प्रवर्द्धन, खेतीयोग्य जमिनको संरक्षण र किसानलाई आफ्नो पेसाप्रति प्रोत्साहित गर्न सहयोग पुगेको बताए।

“यसबाट आन्तरिक तथा बाह्य पर्यटकको गतिविधि बढाउनुका साथै कृषि पर्यटनको विकासमा समेत योगदान पुग्ने विश्वास लिएका छौँँ”, अधिकारीले भने।

पोखरा महानगर प्रमुख धनराज आचार्यले पर्यटन प्रवर्द्धन होटलमा स्वदेशी तथा विदेशी पर्यटक ल्याएर राख्ने विषयमा मात्र सीमित नहुने बताए। पोखराको प्रकृति, संस्कृति र मौलिक परम्परालाई पर्यटकसमक्ष प्रस्तुत गर्नु पनि पर्यटन विकासको महत्त्वपूर्ण पक्ष भएको उनको भनाइ थियो।

“पोखरा प्रकृति, संस्कृति र साहसिक गतिविधिमा धनी सहर हो। हाम्रा आफ्नै मौलिक संस्कृति र परम्परा छन्। नयाँ पुस्ता, देशका विभिन्न भागबाट आउने नेपाली दाजुभाइ तथा विदेशी पाहुनालाई आफ्नो संस्कृति पस्कनुपर्छ भनेर विगत लामो समयदेखि विभिन्न महोत्सव गर्दै आएका छौँ”, उनले भने।

केही दिनअघि लेकसाइडमा गाईपूजा र कुकुरपूजाका गतिविधिमार्फत पनि विदेशी पर्यटकलाई नेपाली संस्कृति र प्रकृतिसँगको सम्बन्धबारे जानकारी गराइएको उनले बताए।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले परम्परागत कृषि संस्कृति, ग्रामीण जीवनशैली र स्थानीय उत्पादनलाई पर्यटनसँग जोडेर पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए।

“असारमा रोपाइँ महोत्सवमा सहभागी भएका पर्यटकले धान कसरी भित्र्याइन्छ भनेर चासो राख्न थालेपछि दाइँ महोत्सव सुरु गरेका हौँ। कृषिको आधुनिकीकरण बढ्दै गएको अहिलेको समयमा हलगोरु खोजेर परम्परागत विधिबाट दाइँ गर्दै पुरानो कृषि प्रणालीलाई जीवन्त राख्ने र पर्यटक आकर्षित गर्ने प्रयास गरेका छौँ”, उनले भने।

महानगर आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले सहरीकरण र बदलिँदो जीवनशैलीका कारण ओझेलमा पर्दै गएको परम्परागत कृषि प्रणालीको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्न महोत्सवले सहयोग पुगेको बताए। 

महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन, खेतीयोग्य जमिनको संरक्षण र कृषकलाई आफ्नो पेसाप्रति प्रोत्साहित गर्दै कृषि पर्यटनको विकासमा योगदान पुर्‍याउने उनको भनाइ थियो।

महोत्सवमा धान चुट्ने, दँदेरी, गुन्द्री बुन्ने र लठ्ठो तान्ने प्रतियोगिता सञ्चालन गरिएको थियो। साथै, धेरै धान उत्पादन गर्ने उत्कृष्ट किसानलाई सम्मानसमेत गरिएको थियो।
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
अर्थ
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य स...
Whatsapp
पोखरामा दाइँ महोत्सव: धान चुटेर र गोरु धपाएर रमाए विदेशी पर्यटक
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
पोखरामा दाइँ महोत्सव: धान चुटेर र गोरु धपाएर रमाए विदेशी पर्यटक
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...
Whatsapp
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
बजार
Clock २० मिनेट अघि | १ मिनेट पाठ
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
Whatsapp
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
यो पनि पढौँ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस