डेढ वर्षमा उदयपुरका ७६ फरार अभियुक्त पक्राउ
१९ माघ २०७७
•
३ मिनेट पाठ
डेढ वर्षमा उदयपुरका ७६ फरार अभियुक्त पक्राउ
विभिन्न अपराधमा संलग्न भई अघि अदालतबाट दोषी प्रमाणित भए पनि फरार रहेका अभियुक्तलाई उदयपुर प्रहरीले धमाधम पक्राउ गर्दै फैसला कार्यान्वयनमा सघाउ पुर्‍याउँदै आएको छ। फरार व्यक्तिबाट अदालती फैसला कार्यान्वयन गरी बिगो र कैद भुक्तान गराउने केही वर्षअघिको सरकारी निर्देशनअनुसार खोजतलास गर्ने क्रममा फरारहरू पक्राउ पर्दै आएका हुन् ।




सरकारी निर्देशन कार्यान्वयनका क्रममा जिल्ला प्रहरी कार्यालयले पछिल्लो डेढ वर्षमा ७६ जना फरार अभियुक्तलाई पक्राउ गरिसकेको जनाएको छ। त्यससबाट ५४ वर्ष १० महिना ८ दिन कैद सजाय तथा ६ लाख ७४ हजार ६ य ३२ रूपैयाँ बिगो जरिवाना रकम उठाइसकेको प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले बताए। उनका अनुसार गत आर्थिक वर्ष २०७६/७७ देखि चालु वर्ष २०७७/७८ पुससम्ममा पक्राउ परेका उनीहरूलाई अदालतले बिगो रकम असुलउपर गरी कैद सजाय भुक्तान गराइरहेको छ।  

जिल्ला प्रहरीको अभिलेखअनुसार २०७६/७७ भित्र विभिन्न अभियोगमा अदालतबाट कैद र जरिवाना सजाय पाए पनि फरार रहेका ५९ जना पक्राउ परेका छन्। उनीहरूमाथि अदालतले तोकेको २५ वर्ष ४ महिना ७ दिन कैद र २ लाख ९१ हजार ९ सय ६० रूपैयाँ ४९ पैसा जरिवाना भुक्तानी भएको डिएसपी गौतमले बताए। त्यस्तै चालु आर्थिक वर्ष साउनदेखि पुससम्म पक्राउ १७ जना फरार अभियुक्तबाट २९ वर्ष ६ महिना १ दिन कैद सजायसँगै ३ लाख ८२ हजार ६ सय ७२ रूपैयाँ बक्यौता जरिवाना भुक्तान भएको उनले बताए ।

प्रहरी तथ्यांकअनुसार सबभन्दा बढी अपराधमा फरारहरू वन मुद्दाका पाइएको छ। आव २०७६÷७७ मा मात्र वन मुद्दाका २५ फरार अभियुक्त पक्राउ परेका छन् भने चालु वर्ष एक फरार नियन्त्रणमा परेका छन्। लागुऔषध अपराधमा संलग्न सातजना फरार पक्राउ परेका छन् भने जबर्जस्ती करणीमा ६ र जुवा अभियोगमा ६ अभियुक्त पक्राउ परेका छन्।  

चोरीका पाँच र ज्यान मार्ने अभियोगमा चारजना पक्राउ पर्दा बाँकी फरार अभियुक्तहरू केही सार्वजनिक अपराध, जालसाजी, ठगी, सार्वजनिक अपराध, कुटपिटलगायत मुद्दाका पक्राउ परेको प्रहरी तथ्यांकले देखाएको छ। प्रहरीले वर्षौं अघि विभिन्न अपराधमा संलग्न भएर अदालतबाट बिगो जरिवाना र कैद सजायको फैसला भए पनि सम्पर्कमा नआई फरार रहेका अभियुक्तलाई लुकेर बसेको अवस्थामा पक्राउ गर्दै आएको छ। फरारहरू एकाधबाहेक प्रायः घरमै लुकेर बसेको अवस्थामा सुराकीका आधारमा पक्राउ पर्ने गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी भीम दाहालका अनुसार विगत तीन दशकअघिका फरार अभियुक्तसमेत पक्राउ पर्दै आएका छन्। २०४८ भदौ १८ गते जिल्ला अदालतले दोषी करार गरेका अभियुक्तसम्म भर्खर पक्राउ परेको एसपी दाहालले बताए। केही वर्षअघि गृह र कानुन मन्त्रालयको समन्वयमा फरार अभियुक्तको संख्या धेरै रहेको भन्दै उनीहरूबाट करोडौं जरिवाना रकम र हजारौं वर्ष कैद सजाय बक्यौता देखिएकाले पक्राउ गरी असुलउपर गर्ने निर्णय भएको थियो।

जसअनुसार सर्वोच्च अदालतले फरारको सूची तयार गरी प्रहरीलाई उपलब्ध गराई पक्राउ अभियान थाल्न निर्देशन दिएअनुसार प्रहरी परिचालन भएर फरारको व्यापक खोजी गर्दै पक्राउ गर्ने गरेको हो। पक्राउ परेलगत्तै प्रहरीले अभियुक्तलाई कैद र बिगो असुलउपर गर्न गराउन अदालतमा बुझाउने गरेको एसपी दाहालले बताए।

कानुन र गृहको समन्वय र सर्वोच्च अदालतको आदेशअनुसार उदयपुर अदालतले फरार अभियुक्तको पुरानो फाइल खोलेर अभियुक्तको सम्पूर्ण विवरण प्रहरीलाई उपलब्ध गराउँदै खोजी र पक्राउ गरी बुझाउन पत्राचार गरेको थियो। पुरानो फाइल पाएको प्रहरीले फरार अभियुक्तको खोजी गर्ने क्रम तीव्र पारेपछि पक्राउ पर्ने तथा बक्यौता बिगो र कैद भुक्तानी भइरहेको जिल्ला अदालतका स्रेस्तेदार धनबहादुर कार्कीले बताए। उनका अनुसार सुरु वर्ष उत्ति उत्साहजनक नभए पनि दोस्रो वर्षदेखि प्रहरीले भकाभक फरारहरूलाई पक्राउ गर्दै अदालतमा बुझाउँदै आएको छ।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
३० मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस