दलितका गुनासा सुन्दैनन् अधिकारी
१६ माघ २०७७
•
३ मिनेट पाठ
दलितका गुनासा सुन्दैनन् अधिकारी
जातीय भेदभावबाट प्रभावित दलित समुदायको न्यायमा पहुँच विषयक वीरेन्द्रनगरमा केही दिनअघि सार्वजनिक सुनुवाइ आयोजना गरियो। नेपालराष्ट्रिय दलित समाज कल्याण संघ सुर्खेतले आयोजना गरेको उक्त सार्वजनिक सुनुवाइमा उठेका प्रश्नको जवाफदेही वक्ता भनेर जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालयर जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई जवाफदेही वक्ताका रूपमा आमन्त्रण गरिएको थियो।




न्यायिक निकाय र सुरक्षासँग सम्बन्धित व्यक्ति जवाफ दिने भनेपछि कार्यक्रम हलभरि जातीय भेदभावबाट प्रभावित, दलित समुदायर सरोकारवालाको बाक्लो उपस्थिति थियो तर विडम्बना उनीहरूले जवाफदेही वक्ता भनिएकासँग गुनासार जिज्ञासा गर्नै पाएनन्। जसले दलित समुदायको न्यायमा पहुँचको अवस्थाका विषयमा उनीहरू अनविज्ञ बने।

सार्वजनिक सुनुवाइ भनिए पनि अन्ततः आयोजकले कार्यक्रमको रूप परिवर्तन भयो। सहभागीका जिज्ञासा समेट्नेर वक्ताले जवाफ दिने कार्यक्रम भए पनि प्रश्नभन्दा अतिथिले मन्तव्यराखे भने सरोकारवालार केही दलित समुदायका व्यक्तिले अझै पनि जातीय छुवाछुत अन्त्य भइनसकेको अवस्थाका विषयमा जानकारी गराए।  

कार्यक्रममा उनीहरूले दलित समुदायको न्यायमा पहुँचको कुरा त परै जाओस् अधिकारीहरूले गुनासा सुन्नसमेत नचाहेको बताए। जवाफदेही वक्ता नै जवाफ दिनबाट पन्छिनु पनि एकखालको विभेद भएको दलित अधिकारकर्मी टेकेन्द्र विश्वकर्माले बताए। ‘मेरा धेरै जिज्ञासा थिएँ,’ उनले भने, ‘तर यहाँ कसलाई जिज्ञासाराख्ने। सहभागी हामी सबैको पीडा एउटै छ।’  

न्यायिक निकायमा बसेका व्यक्ति पूर्वतयारीका साथ आउनु पथ्र्यो भन्दै उनले आक्रोश व्यक्त गरे। जिल्ला प्रशासनले अझ दलित समुदायभित्रकै व्यक्तिलाई पठाएकोर नेतृत्वले गुनासा सुन्न नचाहेको सहभागीको गुनासो छ। जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि कार्यक्रम सकिनै लाग्दा सहभागी भएका थिए। जिल्ला अदालतबाट सहभागी नै भएनन्।

दलित समुदायका कुरा नै सुन्न नरुचाउने प्रवृत्ति नै ठूलो समस्या भएको उनीहरूको भनाइ छ। सुदा विकले पनि दलित समुदाय विभेदको चपेटामा पर्दासमेतराज्य कुनै न कुनै ढंगबाट चुकेको बताइन्। कार्यक्रममा सहभागीलेराजनीतिक प्रतिबद्धतार सहभागीका जिज्ञासा मात्र नभई जिज्ञासा समाधानको उपाय दिन जवाफदेही व्यक्ति पन्छिएको बताइन्।  

जातीय विभेदको रूप फेरिएकाले अझ स्थिति भयावह हुन सक्ने चिन्ता गर्दै उनीहरूले कानुन कार्यान्वयनमा जोड दिनुपर्ने बताए। यति मात्र होइन, दलित समुदायको विषयसँग जोडिएका अन्य कार्यक्रममा पनि यस्ता दृश्य देखिन्छन्। यता प्रमुख जिल्ला अधिकारी हिरालालरेग्मीले भने आयोजकले प्रभावकारी ढंगले समय व्यवस्थापन गर्न नसक्दार समन्वय अभावले आफू सहभागी हुन नसकेको प्रतिक्रिया दिए।

‘जवाफदेही वक्ता बनाउँदा समय माग्नु पर्ने हो,’ उनले भने, ‘कार्यक्रम पहिला नै पूर्वजानकारी गराइएन।’ समन्वय नहुँदा त्यसभन्दा पहिला अरू नै कार्यक्रम थिए कि, जरुरी बैठक हुन पनि सक्छन्र कार्यालयको अन्य काम पनि हुने भन्दै उनले भने, ‘आयोजकले समय व्यवस्थापन गर्न नसक्दा सहभागी हुन सकेन।’

कार्यक्रम जुधेकाले आफू सहभागी हुन नसकेको जिल्ला अदालत सुर्खेतका स्रेस्तेदार यमप्रसाद बाँस्कोटाले जानकारी दिए। ‘उच्च अदालत सुर्खेतबाट जिल्ला अदालतको निरीक्षण कार्यक्रम थियो,’ उनले भने, ‘कार्यालयको अवस्थार कामकाजका विषयमा जानकारी गराउनु पर्ने भएकाले सहभागी हुन सकेन।’ न्यायाधीशहरू कार्यालय समयमा कार्यक्रममा जाने नगर्नु भएकाले न्यायाधीशहरू पनि सहभागी हुन सक्नु भएन। ‘अदालतमा उजुरीका चाङ छन्,’ उनले भने, ‘अरू बेला पनि कार्यालय समयमा न्यायाधीशहरू कार्यक्रममा जाने गर्नुभएको छैन।’
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१ घण्टा अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस