१ लाख पर्ने आइफोन ४० हजार रूपैयाँमा पाउँदा कस्ले खरिद नगर्ला र ? महँगो आइफोन सस्तोमा किन्न पाउने सूचना फेसबुकमा देखेपछि ललितपुर सातदोबाटोका महेश डंगोल लोभिए। उनले उक्त सूचनामा दिइएको नम्बरमा फोन गरे। महँगो फोन अफर चलेकोले सस्तोमा दिइएको बिक्रेताले बताए। त्यसपछि उनले आइफोन अर्डर गरे। घरमै डेलिभरी गरिदिने भन्दै बिक्रेताले अग्रिम भुक्तानी गरिदिन आग्रह गरे। डंगोलले मोबाइल बैंकिङ सेवामार्फत पैसा पठाइदिए। १ घण्टाभित्रै आइफोन घरमै आउने भएपछि उनी पर्खिएर बसे। तर, उनले पैसा तिरेसकेको दिन आइफोन डेलिभरी भएन।
डंगोलले फोन गरेर अर्डर गरेका नम्बर अफ भयो। फेसबुकमा राखेको विज्ञापन पनि हट्यो। त्यसपछि बल्ल उनले आफू ठगिएको महसुुस गरे। डंगोलले आफू ठगिएपछि महानगरीय प्रहरी परिसर जावलाखेलमा उजुरी दर्ता गराए। उनी जसरी ठगिएका अन्य ८ जनाले पनि परिसरमा उजुरी दिइसकेका थिए। एउटै व्यक्ति र सूचनाबाट धेरैजना ठगिएको उजुरी दर्ता भएपछि प्रहरीले अनुसन्धान थाल्यो ।
सोही आधारमा अनुसन्धान गर्दा प्रहरीले उक्त विज्ञापनबाट ठगी गर्ने ठूलो गिरोहलाई प्रहरीले आइतबार पर्साबाट पक्राउ गरी काठमाडौं ल्याएको छ। शाहसँगै सहयोगी भएर काम गर्ने मेवालाल शाह तेलीलाई पनि प्रहरीले पक्राउ गरेको छ। फेसबुकमा ग्याजेट (आइफोन, घडी, मोबाइललगायत) बिक्रीको विज्ञापन राखेर अनलाइनमार्फत रकम असुली गर्नेको भन्दै २८ वर्षीय अजय भनिने प्रमोद शाहलाई पक्राउ गरेको हो।
एकै किसिमका ठगी उजुरी परेपछि प्रहरीले अनुसन्धान गरेको परिसरकी एसएसपी किरण बज्राचार्यले बताइन्। उनका अनुसार सामाजिक सञ्जाल फेसबुकमा दिइएको विज्ञापन हेरेर सहजै विश्वास गर्दा करिब एक करोड ठगी भएको हुनसक्ने अनुमान गरिएको छ। यसबारेमा थप अनुसन्धान थालिएको एसएसपी बज्राचार्यको भनाइ छ। शाहको गिरोहले फेसबुकमा कम्युटर, मोबाइल, घडी, ल्यापटपलगायत बजार मूल्यभन्दा कम रकममा डेलिभरी गराउने भनेर ठगी गरेको थियो।
‘अहिले सामाजिक सञ्जाल ठगीको माध्यम बनेको छ, सहजै विश्वास गर्दा धेरै जना ठगिएको हामीले भेटायौं,’ उनले भनिन्। उजुरी बढेपछि परिसरले उक्त गठी अनुसन्धानको लागि विशेष टोली परिचालन गरेको थियो। अनुसन्धानका क्रममा पर्सा पुगेर प्रमोद शाहलाई पक्राउ गरिएको हो। पर्सामा शाहको आइएमई सेन्टर पनि छ। उक्त सेन्टरमा प्रहरीले छापा हानेको छ।
एसएसपी बज्राचार्यका अनुसार पीडितले दर्ता गराएका कागजपत्रहरूका आधारमा अनुन्धान गर्दा अन्य कागजात पनि बरामद भएका छन्। गिरोहले नेपालभन्दा बाहिर बसेर पनि ठगी गरेको हुनसक्ने प्रहरीको अनुमान छ। ठगी गरेको रकम प्रमोदले मेवालालको एटिएम कार्ड प्रयोग गरी लिकाल्दै आएका थिए। ठगीमा संलग्न दुवै जनाविरुद्ध ठगीसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।