महानगरको ‘मार्स सफ्टवेयर’ प्रयोगविहीन
०३ माघ २०७७
•
३ मिनेट पाठ
महानगरको ‘मार्स सफ्टवेयर’ प्रयोगविहीन
ऐतिहासिक कमल पोखरीको संरचना पुरानै ढाँचामा बनाउन दबाब दिने उद्देश्यले सांकेतिक विरोध गर्दै अभियन्ताहरू। तस्बिर: मोनिका मल्ल/नागरिक
अनलाइन प्रशासनिक सेवा प्रवाहलाई ध्यानमा राखी ५ वर्षअघि काठमाडौं महानगरपालिकालाई एसियाली विकास बैंक (एडिबी)ले अनुदानमा दिएको ‘मार्स सफ्टवेयर’ प्रयोगविहीन बनेको छ। सिंगो कार्यालयलाई नै उक्त सफ्टवेयर सिस्टममा राख्न सकिने भए पनि महानगरले त्यसलाई प्रयोग नगरेपछि सफ्टवेयर प्रयोगविहीन बनेको हो।




एडिबिले ५ वर्षअघि मार्स प्रोजेक्टअन्तर्गत उक्त सफ्टवेयर निर्माण गरी महानगरलाई हस्तान्तरण गरेको थियो। यसमा महानगरको नक्सा रेकर्ड, कर तिरेनतिरेको रेकर्ड, घरधनीको रेकर्ड, आम्दानी तथा खर्च बजेटको रेकर्डसहित सम्पूर्ण लेखा विवरण राख्न मिल्छ। महानगरले अनलाइन सेवा प्रदान गर्ने उद्देश्यसहित तत्कालीन समयमा (पाइलट प्रोजेक्ट) को रुपमा यसलाई लिए पनि प्रयोग गर्ने बेलामा कागजी कामकारबाहीलाई नै प्राथमिकता दिएको छ। यो सफ्टवेयर सन् २०१५ मा महानगरलाई हस्तान्तरण गरिएको थियो। यसको मूल्य ५ करोड ५० लाख रुपैयाँ परेको एडिबीले जनाएको छ।  

एडिबीले सबैभन्दा पहिले यो सफ्टवेयर काठमाडौं महानगरमा ट्रायल गर्ने प्रोजेक्ट स्वरुप निर्माण गरेको थियो। महानगरको अध्ययन गरी निर्माण गरिएको उक्त सफ्टवेयर प्रभावकारी भएमा देशभरका अन्य नगरपालिकामा प्रयोग गर्न सकिने अनुमान एडिबीले राखेको थियो। सफ्टवेयर कन्सल्टेन्ट सन्दीप आचार्यले सजिलो र विश्वसनीय हुने भए पनि यो सफ्टवेयर महानगरले प्रयोग गर्न नसकेको बताए। उनका अनुसार सोलुसन्स कन्सल्टटेन्ट र चिनियाँ सफ्टवेयर कम्पनीले उक्त सफ्टवेयर निर्माण गरेका थिए। ५ वर्षअघि उक्त सफ्टवेयर कम्पनीले जडान गरिदिएको थियो।  

त्यसयता महानगरपालिकाले त्यो सफ्टवेयर प्रयोगविहिन झै बनाएको छ। ‘यो महानगरपालिकाका काम कारबाही अनलाइनमार्फत गराउने गरी यो सफ्टवेयर बनाइएको हो, स्मार्ट महानगरका लागि यो सफ्टवेयर आवश्यक पनि थियो, तर त्यति प्रयोग भएन भन्ने हामीले सुनेका छौं,’ उनले भने। उनका अनुसार यो सफ्टवेयर स्थानीय सरकारको लागि उपयुक्त मानिन्छ। यसमा हाजिरी रेकर्ड, खर्च लगायत धेरै कामकारबाहीको रेकर्डहरू रहन सक्छन्। तर अझै पनि कर्मचारीले ढड्डाकै कामलाई प्रभावकारी ठान्दै अनलाईन सेवा प्रणालीलाई प्रयोगमा ल्याउन सकेका छैनन।  

यो सफ्टवेयरमा चलाउन ‘आइटी इन्जिनियर’को आवश्यकता पर्छ। कर्मचारीलाई पनि तालिम दिनुपर्ने हुन्छ। तर कर्मचारीले यो सिस्टममा काम गर्न झन्झट मानेको पाइएको छ। यो सफ्टवेयर वडामा पनि उत्तिकै प्रभावकारी मानिन्छ। नगरपालिकाले नै सफ्टवेयरको माध्यमबाट वडाका कामलाई निगरानी राख्न सक्दछ। कर्मचारीले एउटै ‘लगइन सिस्टम’बाट कार्यालयका काम गर्न सक्छन्। जसका कारण कार्यालयको रेकर्ड तथा फाइल हराउने डर हुँदैन। ‘ट्रायलको रुपमा काठमाडौं महानगरमा यस्तो सफ्टवेयर भित्रिएको थियो, तर प्रयोग भएको छैन, यो सफ्टवेयर हामीले बनाइदियौं, त्यसपछि हस्तान्तरण भयो, चलाउने वा नचलाउने भन्ने कुरा महानगरपालिकाको हो,’ सफ्टवेयर कन्सल्टेन्ट आचार्यले भने।  

सफ्टवेयरमार्फत नागरिकले सहजै प्रशासनिक काम गर्न सक्ने, नगरपालिकालाई पारदर्शी र प्रभावकारी बनाउने, आर्थिक खर्च नियन्त्रण गर्न सकिने, अनलाइन सेवामा कर्मचारी र सेवाग्राही अभ्यस्त हुने, भौतिक उपस्थिति कम गर्ने, कागजात प्रिन्ट तथा अनलाइनमार्फत पठाउन मिल्ने, इ–पेमेन्ट गर्न सकिने, गुनासाहरू रिपोर्ट गर्न मिल्नेलगायत सहजता हुने उद्देश्य राखिएको थियो । यसबाहेक कर्मचारीको कामकारबाही अनुगमन गर्न सकिने, नक्साको रेकर्ड राख्न सकिने, नमुना संकलन गर्न सकिनेलगायत फाइदा पुग्ने भए पनि उक्त सफ्टवेयर प्रयोग गरिएको छैन।

हाल महानगरले कार्यालयका कामकाजलाई ढड्डामै सीमित राखेको छ। स्मार्ट प्रणालीमा जाँदा कामकारबाही चुस्त हुनुपर्ने भए पनि कर्मचारीले नै उक्त सफ्टवेयर प्रयोग गर्न नखोजेको बुझिएको छ। महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले नक्सापासको रेकर्डबाहेक अन्य कार्यमा सफ्टवेयर प्रयोग नभएको बताए। उनले भने, ‘हामी बिस्तारै अनलाइनतर्फ ‘मोभ’ भइरहेका छौं, तर प्रविधि प्रयोग गर्न भनेजस्तो सजिलोचाहिँ छैन, ढिलोचाँडो अनलाइन प्रणालीमै अभ्यस्त हुनुपर्छ, अब अनलाइन प्रणालीमै केन्द्रित हुन्छौं।’
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
८ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस