वन मुद्दामा अदालतबाट जरिवाना तोकिए पनि फरार रहँदै आएका एक अभियुक्त पक्राउ परेका छन्। २४ वर्षअघि वन मुद्दाको आरोपमा जिल्ला अदालत उदयपुरद्वारा ०५३ माघ २० गते १४ हजार जरिवाना गर्ने फैसला सुनाइएका त्रियुगा नगरपालिका १० का प्रकाश भन्ने रामबहादुर खड्का मंगलबार साँझ ५ बजे पक्राउ परेका हुन्।
फरार अभियुक्तको खोजी गरी कारबाही गर्ने क्रममा जिल्ला प्रहरी कार्यालयबाट खटेको विशेष टोलीले खड्कालाई त्रियुगा नगरपालिका ११ को चप्पनबाट नियन्त्रणमा लिन सफल भएको जनाएको छ। अदालतले दोषी प्रमाणित गरेको २४ वर्षपछि खड्का पक्राउ परेका हुन्।
पक्राउ खड्कालाई फैसला कार्यान्वयन गराउन बुधबारै जिल्ला अदालतको जिम्मा लगाइएको प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताएका छन्।