खोटाङको बराहपोखरी गाउँपालिकाले कृषि तथा पशु सेवा प्राविधिक नियुक्ती गरेको छ । कृषि तथा पशुपालनको व्यवसायीकरण गर्ने लक्ष्यकासाथ गाउँपालिकाले तीन जना नायव कृषि सेवा प्राविधिक सहायक चौथो र तीन जना नायव पशु सेवा प्राविधिक सहायक चौथो नियुक्ती गरेको हो ।
लिखित र मौखिक परिक्षामार्फत नायक पशु सेवा प्राविधिक सहायक चौथोतर्फ बराहपेखरी गाउँपालिका–६ मौवाबोटेका कर्णबहादुर खड्का, बराहपेखरी गाउँपालिका–१ बराहपोखरीका नवराज बञ्जारा र बराहपेखरी गाउँपालिका–३ साउनेचौंरका बिश्वास पौडेल छानिएका छन् ।
यस्तै, बराहपोखरी गाउँपालिका–२ सुन्तलेकी विनिता बञ्जारा, त्रियुगा नगरपालिका उदयपुरका अस्मिता कार्की र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका द्रोणराज रेग्मी नायव कृषि सेवा प्राविधिक सहायक चौथोमा नियुक्त भएको गाउँपालिकाका प्रशासन सहायक रमेश पोखरेलले बताए । स्थानीय सरकारले कृषि तथा पशु सेवातर्फ दक्ष जनशक्तीका लागि जागीर खुलाएपछि सम्वन्धित विषय अध्ययन गरेका युवायुवतीले प्रतिष्पर्धा गर्ने अवसर पाएका छन् । यद्यपी बेरोजगारको समस्याका कारण एउटै पदमा दर्जनौं युवायुवती प्रतिष्पर्धामा आउने गरेका छन् ।
यस्तै, गाउँपालिकाले एक जना प्राविधिक सहायक नियुक्तीका लागि आगामी पुस २७ गते लिखित परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । गाउँपालिकाले दुई जना कार्यालय सहयोगी नियुक्तीको तयारी पनि गरिरहेको छ । कार्यालय सहयोगी नियुक्तीका लागि आगामी माघ ५ गते परीक्षा मिति तोकिएको छ । दुई जना कार्यालय सहयोगीका लागि ५१ जनाको आवेदन परेको गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले बताए ।