खोला किनारमा बेहोस लडिरहेको अवस्थामा भेटिएका एक युवाको बुधबार निधन भएको छ। विहान ६ बजे रौतामाई गाउँपालिका ७ मुर्कुचीस्थित छौड्या खोला किनारमा बेहोस अवस्थामा लडिरहेको देखेर स्थानीयले खवर गरेपछि प्रहरी चौकी सुकौराले उद्वार गरी उपचार गर्न अस्पतला पठाएको थियो।
जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा निधन हुने युवा त्रियुगा नगरपालिका १६ का २७ वर्षीय एकेन्द्र भन्ने वीरबहादुर मगर रहेको खुलेको छ। मगरको चिसोका कारण बेहोस भएको हुनसक्ने वा अन्य कुनै रोग भन्ने यकिन भईनसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
विहान ८ः१५ बजे निधन भएको मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ। घट्नाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताएका छन्।