अचानक आगलागी हुँदा उदयपुरको चौदण्डीगढी नगरपालिका ३ बसाहा बँदेलपानीस्थित एक होटल, व्युटीपार्लर र किराना पसल जलेर नष्ट भएको छ। शनिबार राति ७ः३० बजे लागेको आगोले स्थानीय हीरा राईको जस्ताको छाना भएको अर्धपक्की घर जलेर नष्ट भएको हो।
वडाध्यक्ष पर्शुराम राईका अनुसार आगलागीले भुईतलामा रहेको व्युटीपार्लर, किराना पसल तथा माथिल्लो तलामा सञ्चालित होटलका सबै सामग्री जलेर ध्वस्त भएको छ। आगोले होटल, घर र पसलका सबै धनसम्पत्ति खरानी बनाउको वडाध्यक्ष राईले बताए।
विद्युत सर्ट भएर एक्कासी घरमा आगलागी हुँदा सुनचाँदी, लत्ताकपडा, भाँडावर्तन र महत्वपूर्ण कागजात केही निकाल्न नभ्याएको पीडित परिवारलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय बेलटारले जनाएको छ। आगलागीको खवर पाएलगत्तै इप्रका बेलटारका निरीक्षक छे छिन्जु भोटे नेतृत्वको टोली र प्रहरी चौकी बसाहाको टोली घट्नास्थल पुगेर उद्वार कार्यमा खटे पनि धनसम्पत्ति बचाउन नसकिएको जनाएको छ।
इन्सपेक्टर भोटेले आगलागीबाट राईको लगभग ३० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको बताए। समयमै स्थानीय जम्मान हुनुका साथै प्रहरी टोली पुगेकाले आगलागीबाट मानवीय तथा चौपाया क्षति हुन नपाएको इन्सपेक्टर भोटेले बताए।
आगो चौदण्डीगढी नगरपालिकाको दमकलको सहयोगमा प्रहरी र स्थानीय मिलेर २ घण्टापछि नियन्त्रणमा लिइएको थियो। अग्नि पीडित परिवारलाई छिमेकीको घरमा सरण दिएर राखिएको वडाध्यक्ष राईले बताएका छन्। पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन वडा र नगरपालिकाले प्रक्रिया अघि बढाएको पनि अध्यक्ष राईले बताएका छन्।