उदयपुरका चारसहित देशभर १ सय ८६ स्थानीयतहमा भूमि व्यवस्थापन कार्य सुरु
१४ पौष २०७७
•
३ मिनेट पाठ
उदयपुरका चारसहित देशभर १ सय ८६ स्थानीयतहमा भूमि व्यवस्थापन कार्य सुरु
पटकपटक गठन भएका ‘सुकुम्बासी समस्या समाधान आयोग’ले वर्षौंदेखि काम गर्दै आए पनि समाधान गर्न नसकेको मुलुकभरको भूमि (सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित) समस्याको दीर्घकालीन र परिणाममुखी काम गर्नेगरी देशभर काम अघि बढेको छ। सरकारले ०७७ वैशाख ४ गते गठन गरेको ‘राष्ट्रिय भूमि व्यवस्थापन आयोग’ले स्थानीयतहहरुसँगको साझेदारीमा भूमि समस्याको दीर्घकालीन समाधान गर्ने गरी देशव्यापी काम अघि बढाएको हो।  




सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई दीगो र परिणाममुखी व्यवस्थापन गर्ने गरी आयोगले ७ वटै प्रदेशमा सम्झौता गरेर काम अघि बढाएको आयोगका अध्यक्ष देवी ज्ञवालीले बताए। उनका अनुसार त्यसका लागि स्थानीयतहहरु (गाउँ, नगर, उपमहानगर र महानगरपालिका) छनौट गरी प्रदेश सरकारमार्फत सम्झौता गरेर काम अघि बढाइएको छ।  

अध्यक्ष ज्ञवालीका अनुसार उदयपुरका त्रियुगा, बेलका, चौदण्डीगढी र कटारी नगरपालिका तथा उदयपुरगढी गाउँपालिकासँगै प्रदेश १ मा १४ जिल्लाका ३१ स्थानीयतहमा भूमि व्यवस्थापन गर्ने काम अघि बढाईसकिएको छ। जस अनुसार ताप्लेजुङको पाथीभरा गाउँपालिका, पाँचथरको याङलक गाउँपालिका, इलामाका माङसेबुङ गाउँपालिका र माई नगरपालिका, धनकुटाको धनकुटा नगरपालिका रा भोजपुरको हतुवागढी गाउँपालिकामा भूमि व्यवस्थापनको काम थालिएको छ।  

त्यसैगरी झापाका कन्काई, गौरादह, शिव सताक्षी र दमक नगपालिका तथा कमल, झापा, बाह्रदसी, बुद्धशान्ति र हल्दीबारी गाउँपालिकामा भूमि व्यवस्थापन गरिनेछ भने मोरङका उर्लाबारी, पत्थरी शनिश्चरे, बेलबार, रंगेली र लेटाङ नगरपालिका तथा कानेपोखरी र मिक्लाजुङ गाउँपालिकामा काम अघि बढाइएको छ। त्यसैगरी सुनसरीका धरान उपमहानगरपालिका र बाराहक्षेत्र नगरपालिकाले पनि सम्झौता गरेर काम अघि बढाईसकेको अध्यक्ष ज्ञेवालीले बताए।  

यी सबै पालिकाका प्रमुखहरुलाई प्रदेश मन्त्रालयमा बोलाएर गत मंसिर २२ गते नै मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा आयोगले दुईपक्षीय सम्झौता गरेर काम अघि बढाउने अधिकार प्रत्यायोजन गरेको ज्ञवालीका स्वकीय सचिव सोम कँडेलले बताए। कँडेलका अनुसार यस्तै गरी मंसिर २४ गते २ नं. प्रदेश, २५ गते बागमति, २७ गते गण्डकी, २८ गते लुम्बीनी, ३० गते कर्णाली र पुस २ गते सुदुरपश्चिम प्रदेशको धनगढीमा सम्झौता भईसकेको छ।  

उदयपुर सदरमुकाम त्रियुगासँगै बेलका, चौदण्डीगढी र कटरी नगरपालिकामा भूमिहीन सुकुम्बारी तथा अव्यवस्थित बसोबास गर्नेको संख्या बाक्लो छ। यसअघि गठन भएका आयोगले ऐलानी तथा पर्ती जग्गामा बसोबास गर्दै आएकालाई जग्गा धनीपुर्जा (लालपुर्जा) दिने भन्दै नापजाँच र दर्ता तथा प्रशोधन गरे पनि पुर्जा वितरण गर्न सकेको छैन। ०५८ मा गठित जिल्ला सुकुम्बासी आयोगले भने त्रियुगा नगरपालका १० (साविक त्रियुगा १) नयाँ बस्तीको ४३ बिगाहा जमिनमा बसोबास गर्नेलाई लालपुर्जा दिएको थियो।

त्यसबाहेक अन्य ठाउँको भूमि समस्या ज्युँका त्युँ रहेको छ। टकपटक गठित आयोगले किनारा लगाउन नसकेको काम वर्तमान आयोगले दोहार्‍याउन नपर्ने गरी समाधान गर्ने उद्देश्यले काम अघि बढाइएको अध्यक्ष ज्ञवालीले दावी गरेका छन्। अघिल्ला आयोगहरुले काम गर्दा बिभिन्न कानुनी बाधा अड्चन आईपरेकाले त्यस्तो समस्या आउन नदिन यसपटक सबैखाले कानुन, नीति र कार्यविधिहरु बनाएर काम थालेको उनले बताए। उनका अनुसार देशभर १ सय ८६ स्थानीयतहमा एकैचोटी काम गर्ने र नापजाँचदेखि प्रमाणीकरण, सत्यापन र पुर्जा वितरणसम्म सबै अनलाईन सफ्टवेयरमाफर्त गरिने छ। त्यसका लागि विगतमाजस्तो अदालतले बाधा खडा नगरोस भनेर सबै खाले कानुन, नियमावली र कार्यविधि बनाईसकेको उनले बताए।  

अध्यक्ष ज्ञवालीले भूमिसम्बन्धी ऐनको आठौं संशोधन र नियमावलीको १८ औं संशोधन गरिएको बताएका छन्। सो ऐन र नियमावलीसलाई टेकेर आयोगले बिभिन्न ९ वटा कार्यविधि बनाएर जारी गरिसकेको छ। त्यसको आधारमा अव्यवस्थित जमिनको नापजाँच, प्रमाणीकरण र सत्यापन गर्ने काम अनलाईन सफ्टवेयरमार्फत गरिने हुँदा अवको काम दीगो र व्यवस्थित हुने दावी उनको छ। पहिला जिल्ला आयोगले गर्ने कामको जिम्मा अहिले स्थानीयतहलाई सुम्पिएकाले पनि काम अझ प्रभावकारी बनने आँकलन ज्ञवालीले गरेका छन्।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
२२ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
यो पनि पढौँ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस