अघिल्लो राति ट्रकको ठक्करले मान्छे मारेको विरोधमा स्थानीयले सिद्धिचरण लोकमार्ग बन्द गराएका छन्। बिहीबार ट्रकको ठक्करबाट मृत्यु भएका सिन्धुली दुधौली नगरपालिका ११ का दिपक कार्कीको परिवारलाई क्षतिपूर्ति दिन माग गर्दै सिद्धिचरण लोकमार्गमा स्थानीयले सडक अवरुद्ध गरेका हुन्।
मिर्चैयाबाट कटारीतर्फ आउँदै गरेको ना ३ ख ४३२१ नम्बरको ट्रकले सोही दिशातर्फ आउँदै गरेको प्रदेश न.३–०२–०१३ प ००७४ नम्बर मोटरसाइकलमा सवार ५५ वर्षीय कार्कीलाई शुक्रबार राति मिर्चया–कटारी खण्डको बेलसोतनजिकै चुरे जंगलमा ठक्कर दिदा घट्नास्थलमै मृत्यु भएको थियो।
सो घट्नाको विरोधमा कटारी नगरपालिका १ बेलसोतस्थित स्थानीयले मिर्चया–कटारी खण्डमा टायर बालेर सडक अवरोध गरेका हुन्। कार्कीको परिवारलाई उचित क्षतिपुर्तिको माग गर्दै विहानेदखि अवरुद्ध सडक अझै खुल्न सकेको छैन। सडक खोल्ने विषयमा इलाका प्रशासन कटारी, इलाका प्रहरी कार्यालयले आन्दोलनकारीसँग छलफल गरिरहेको जनाइएको छ।