उदयपुरमा अज्ञात समूहले सोमबार राति एक क्रसर उद्योगमा बम विस्फोट गराएको छ। त्रियुगा नगरपालिका–१४ धाप्लाङस्थित क्रसर उद्योगमा सोमबार राति शक्तिशाली दुई वटा बम विस्फोट भएको प्रहरीले जनाएको छ। निर्माणाधीन गाईघाट–दिक्तेल सडकका लागि आवश्यक कच्चा पदार्थ उत्पादन गर्न सञ्चालित क्रसरमा राति करिब १० बजे मुखुण्डोधारी आधादर्जन व्यक्तिको समूह आए विस्फोट गराएको बताइएको छ।
मुखुन्डोधारी समूहले विस्पोट गर्नुपूर्व क्रसरका सुरक्षागार्ड ६० वर्षीय कर्णबहादुर तामाङलाई पेस्तोल देखाई नियन्त्रणमा लिएको र प्रतिकार गर्दा कुटपिटसमेत गरेको क्रसर उद्योग प्रतिनिधि सुमन्त कोईरालाले बताए। उनकाअनुसार विस्पोटबाट १० लाख बराबरको क्षति भएको छ। विस्पोटपछि पनि समूहले मेसिन घुमाउने फित्ता खुकुरीले काटेर चुँडाउँदै तेलको ड्रममा आगो लगाउने प्रयास गरेकोमा विस्फोटको आवाज सुनेका जम्मा भएका स्थानीय देखेपछि घट्नास्थल छाडेर भागेका थिए। सोमबार दिउँसो अपरिचत व्यक्ति आएर क्रसरबारे सोधीखोजी गरेका थिए। राति एक्कासी ५/६ जनाको समूह आएर पेस्तोल र खुकुरी देखाएको र प्रतिकार गर्दा नियन्त्रणमा लिएर कुटपिट गर्दै विस्फोट गराएको सुरक्षागार्ड तामाङले बताए।
वडाध्यक्ष कुरुङ राईले राति ठूलो आवाजका साथ विष्फोट भएको बताए। कसले किन विस्फोट गरायो भन्ने आफूले कुनै जानकारी नपाएको र प्रहरीले अनुसन्धान गरिरहेको बताए उनले। अहिलेसम्म क्रसरबारे कोही समूह वा व्यक्ति कसैले गुनासो नगरेको र वडामा कसैले चन्दा समेत नमागेको वडाध्यक्ष राईको भनाइ छ। जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहाल नेतृत्वको सुरक्षा टोली घटनास्थल पुगेर अनुगमन गरी फर्केको छ। प्रहरीकाअनुसार विस्फोट भएको बम सुतली वा सकेट हुनसक्ने अनुमान गरिएको छ।
सगरमाथा लोकमार्गअन्तर्गत दियाले–अँधेरी–फोक्सीन्टार खण्डमा आवश्यक कच्चा पदार्थ उत्पादन गर्न त्यहाँ अस्थायी क्रसर उद्योग सञ्चालनमा ल्याइएको थियो। दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख गोपाल खकुरेलले १८ किलोमिटर कालोपत्रे गर्ने कामका लागि सञ्चालित क्रसरमा विस्फोटको घटनापछि सडकको काममा नकारात्मक प्रभाव पर्ने आशंका गरे। उनले ३ वर्षअघि नै कञ्चनजंघा–गोल्डेन गुड जेभीले ठेक्का लिएर काम गरिरहेको अवस्थामा कोरोनाका कारण ९ महिना ढिला भएर अहिले सुचारु भएको काम विस्फोटले थप ढिलो हुने भन्दै चिन्ता व्यक्त गरे।
घटनामा संलग्न रहेको आशंकामा त्रियुगा १४ का ३० वर्षीय पवन राई तथा चौदण्डीगढी नगरपालिका ८ का २३ वर्षीय एम्बी पुलामी मगर, ३२ वर्षीय यम्बरबहादुर मगर र १८ वर्षीय दिपक क्षेत्री खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ठाउँ ठाउँमा भइरहेका विष्फोटका घटनाले यहाँका स्थानीयवासी त्रसीत बनेका छन्।
योसँगै महिनादिन नपुग्दै उदयपुरका तीन ठाउँमा बम विस्फोटनका घटना भएका छन्। गत मंसिर १८ गते राति कटारी नगरपालिका–८ मर्जेतपुरस्थित सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा पाँच मजदुर घाइते हुनेगरी ४ वटा बम अज्ञात समूहले विस्फोट गराएको थियो। त्यस्तै मंसिर ६ गते राति ताप्ली गाउँपालिका कार्यालय भवनको प्रवेशद्वारमा बम विस्फोट भएको थियो। ताप्लीमा विस्फोटन भएकै भवन बाहिर गेटमा अर्को एउटा बमसमेत फेला परेको थियो।
तीन ठाउँमा भएका बम विष्फोटन घटनाबारे अहिलेसम्म कसैले जिम्मा लिएको छैन। नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाको संलग्नता भएको आशंका गरिए पनि जिम्मेबारी नलिएका कारण घटनामा कसको संलग्नता छ भन्ने कुनै पुष्टि भएको छैन। ताप्ली घटनाको ३ दिनपछि संलग्नताको आरोपमा पक्राउ पूर्व जिल्ला विकास समिति सदस्य ताप्ली गाउँपालिका– ५ का ७८ वर्षीय गौरबहादुर देवकोटा र ३० वर्षीया निरु विकलाई इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।