अत्तरियाको भद्रगोल सडकले सास्ती
०२ पौष २०७७
•
३ मिनेट पाठ
अत्तरियाको भद्रगोल सडकले सास्ती
सुदूरपश्चिम प्रदेशका सबै जिल्लाको प्रवेश द्वार अत्तरिया हो। तर सुन्दर सुदूरपश्चिमको कल्पना गरेर आउने आगन्तुकले अत्तरिया चोकलाई सोचेभन्दा फरक पाउने गरेका छन्। वर्षौंदेखि अत्तरियास्थित मुख्य चोकको सडक फुटेको छ। सोही सडक किनारको नालामाथि राखिएका स्ल्याब वर्षौंदेखि फुटेकाले धरापजस्तै बनेका छन्। निरन्तर गुडिरहने गाडीले उडाउने धुलोले साँच्चै प्रदेशको स्थायी राजधानी तथा प्रदेशकै प्रमुख प्रवेशद्वार अत्तरियालाई गिज्याइरहेको भान हुन्छ। सरोकारवालाले सडक मर्मतका लागि बारम्बार आग्रह गर्दा पनि सम्बन्धित निकायले चासो देखाएको छैन।  




नालामाथि फुटेका ढक्कन फालेर नयाँ नफेरिँदा राति यात्रुलाई हिँडडुल गर्दा नालामा खस्ने डर रहेको स्थानीय व्यवसायी नरेन्द्र भट्टले बताए। ‘सडककिनारका नालामाथि फुटेका ढक्कनबाट कैयौंपटक स्थानीय खसेका छन्,’ उनले भने। नालामा खस्दा चोटपटक लाग्नुका साथै मान्छे नै मर्ने सम्भावना रहेको उनले बताए। ‘स्थानीय वडा कार्यालय, नगरपालिका तथा सडक डिभिजन कार्यालयले नै नालामाथि फुटेका ढक्कन परिवर्तन गर्नुपथ्र्यो, त्यो अहिलेसम्म गरिएन,’ उनले भने। नालामाथिका ढक्कनमा ठूलठूला प्वाल बनेकाले धराप बनेको अर्का स्थानीय व्यवसायी योगेश रावलले बताए। 

‘नालामाथि प्वाल हुँदा सडक किनार भएर हिँड्ने यात्रु खस्नुका साथै सवारीसाधन पार्किङ गर्न लाग्दा खाडलमा फस्ने गरेका छन्,’ उनले भने। नालामाथिका प्वालमा छाडा चौपाया पनि पटकपटक फस्ने गरेको अर्का स्थानीय राजेन्द्र चौधरीले बताए। ‘नालामा खस्दा गाईगोरु धेरै मरेका छन्, कतिपय चौपाया घाइते बनेका छन्,’ उनले भने। उनले मोटरसाइकल र साइकलचालकसमेत खाडलमा खस्ने गरेको बताए। यस्तै वर्षौंदेखि नाला सफा नगरिँदा जमेको फोहोरले गर्दा ढक्कन फुटेको ठाउँबाट पानीमाथि आएर बजार क्षेत्रको सडक जलमग्न हुने गरेको उनले बताए।  

यस्तै मोहनापुल–अत्तरिया निर्माणाधीन ६ लेन सडक कालोपत्रे भइसकेको छ। सीमा क्षेत्र मोहनापुलदेखि सुदूरपश्चिम प्रदेश सरकारले तोकेको प्रदेशको राजधानी अत्तरिया पुग्न अहिले केही बेर लाग्दैन। चिल्लो बाटोमा मोटर गुडाउँदै जब अत्तरिया चौराहमा पुगिन्छ, तब ‘धुलाम्य चोक’ मा सास्ती खेप्नुपर्छ। प्रवेशद्वारकै सडकको अवस्था नाजुक रहेको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले बताए। ‘यो अत्तरिया चोक वर्षौंदेखि बिग्रिएको अवस्थामा छ,’ उनले भने, ‘अहिलेसम्म कसैले पनि बनाउने प्रयास गरेको छैन।’ 

खाल्डाखुल्डी परेका ठाउँमा टाल्न नसके पनि ग्राभेल हालेर खाडल पुरिदिन पटकपटक स्थानीय तह र सडक डिभिजन कार्यालयलाई आग्रह गर्दा पनि कसैले नसुनिदिएको गुनासो अर्का स्थानीय प्रेमराज भट्टले गरे। ‘अगाडि पछाडि राम्रो सडक छ, अत्तरिया चोकैमुनि खाल्डाखुल्डी छन्,’ उनले भने, ‘चौकमा पुग्ने जो कोही अत्तरिया चोकको अवस्था देख्दा चिन्तित हुन्छन्।’ अगाडिपछाडिको चिल्लो सडक देखेर सवारी हुइँक्याउँदै आउनेहरू चोकमा पुगेपछि ब्रेक हान्दा दुर्घटना हुने भय बढेको उनले बताए।  

अत्तरिया चोकको फुटेको सडकले सौन्दर्य बिग्रनुका साथै धुलाम्य हुँदा चोकमा ड्युटी गर्ने ट्राफिक प्रहरीलाई श्वासप्रश्वासको समस्या हुने गरेको बताउँदै सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख एसपी वामदेव गौतमले भने, ‘मुख्य चोकमै सडक फुटेका कारण ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ।’ सडक निर्माणका लागि डिभिजन सडक कार्यालय महेन्द्रनगरलाई पटकपटक मौखिक रूपमा जानकारी गराएको बताउँदै उनले भने, ‘चाँडो सडक बनाइदिए ट्राफिक व्यवस्थापनमा सहजता हुन्थ्यो।’  

अत्तरिया चोकको फुटेको सडकलाई चालू आर्थिक वर्षमा मर्मतसम्भार गरिने बताउँदै सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर लक्ष्मणदत्त जोशीले भने, ‘६ लेन सडकसँगको लेबलमा चोकमा माटो भरेर मर्मत सम्भार गरिनेछ।’ उनले यसका साथै अत्तरिया चौकसँगै नालामा रहेका स्ल्याबलाई पनि मर्मतसम्भार गरिने बताए। उनले अबको केही दिनमै अत्तरिया चोकमा परेका खाडललाई टेन्डर आह्वान गरेरै पूर्व–पश्चिम र उत्तरी सडकलाई चार लेनको बनाइने उनले बताए।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१८ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस