उदयपुरमा अज्ञात समूहले फेरि एक क्रसर उद्योगमा बम विष्फोट गराएको छ। त्रियुगा नगरपालिका १४ धाप्लाङस्थित क्रसर उद्योगमा सोमबार राति शक्तिशाली २ वटा बम विष्फोट भएको प्रहरीले जनाएको छ।
निर्माणाधीन गाईघाट–दिक्तेल सडकका लागि आवश्यक कच्चा पदार्थ उत्पादन गर्न सञ्चालित क्रसरमा राति सवा १० बजे मुखुण्डोधारी आधादर्जन व्यक्तिको समूह आएर विष्फोट गराएको जनाइएको छ। विष्फोटबाट ठेकेदार कम्पनी कञ्चनजंघा–गोल्डेन गुड जेवीको क्रसरमा मोटर, जेसिबी, मेनकन्वीयर बेल्ट र तेलको ड्रममा क्षति पुगेको प्रहरीले जनाएको छ।
मुखुन्डोधारी समूहले विस्पोट गर्नुपूर्व क्रसरका सुरक्षागार्ड ६० वर्षीय कर्णबहादुर तामाङलाई पेस्तोल देखाई नियन्त्रणमा लिएको र प्रतिकार गर्दा कुटपिटसमेत गरेको क्रसर उद्योग प्रतिनिधि सुमन्त कोईरालाले बताए। उनका अनुसार विष्फोटबाट १० लाख हाराहारीको क्षति भएको प्रारम्भिक अनुमान छ।
विष्फोटपछि पनि समूहले मेसिन घुमाउने फित्ता खुकुरीले काटेर चुँडाउँदै तेलको ड्रममा आगो लगाउने प्रयास गरेकोमा विष्फोटको आवाज सुनेर जम्मा भएका स्थानीय देखेपछि घट्नास्थल छाडेर अज्ञात दिशातर्फ भागेका थिए। तामाङलाई उद्धृत गर्दै कोईरालाले बताए अनुसार घट्नाको दिउँसो अपरिचत व्यक्तिहरु आएर क्रसरबारे सोधीखोजी गरेका थिए। रात छिप्पिदै गएपछि एक्कासी ५–६ जनाको समूह आएर पेस्तोल र खुकुरी देखाएको र प्रतिकार गर्दा नियन्त्रणमा लिएर कुटपिट गर्दै विष्फोट गराएको बताइएको छ।
वडाध्यक्ष कुरुङ राईले राति ठूलो आवाजका साथ विष्फोटको आवाज आएको र सोधखोज गर्दा आफ्नै वडाभित्र सञ्चालित क्रसरमा बम पड्काएको जानकारी आएको बताए। उनले कसले किन विष्फोट गरायो भन्ने बुझ्न नपाएको र यसबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएका छन्। अहिलेसम्म क्रसरबारे कोही समूह वा व्यक्ति कसैले आफूमाथि गुनासो नगरेको तथा वडामा कसैले चन्दा पनि नमागेको वडाध्यक्ष राईले बताए।
जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहाल नेतृत्वको सुरक्षा टोली घट्नास्थल पुगेर अनुगमन गरी फर्केको छ। प्रहरीका अनुसार विष्फोट भएको बम सुतली वा सकेट हुन सक्ने अनुमान गरिएको छ।
सगरमाथा लोकमार्गअन्तर्गत दियाले–अँधेरी–फोक्सीन्टार खण्डमा आवश्यक कच्चा पदार्थ उत्पादन गर्न त्यहाँ अस्थायी क्रसर उद्योग सञ्चालनमा ल्याइएको गाईघाट दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ। कार्यालय प्रमुख (डिई) गोपाल खकुरेलले १८ किलोमिटर कालोपत्रे गर्ने कामका लागि सञ्चालित क्रसरमा विष्फोटको घट्नापछि सडकको काममा नकारात्मक प्रभाव पर्ने आशंका गरे। उनले ३ वर्षअघि नै कञ्चनजंघा–गोल्डेन गुड जेवीले ठेक्का लिएर काम गर्दैगर्दा कोभिडले ९ महिना ढिला भएर बल्ल सुचारु भएको काम विष्फोटले थप ढिलो हुनेमा चिन्ता लागेको बताए।
योसँगै महिनादिन नपुग्दै उदयपुरका ३ ठाउँमा विष्फोटनका घट्ना भएका छन्। मंसिर १८ गते राति कटारी नगरपालिका ८ बर्जेतपुरस्थित सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा ५ मजदुर घाइते हुनेगरी ४ वटा बम अज्ञात समूहले विष्फोट गराएको थियो। त्यस्तै मंसिर ६ गते राति ताप्ली गाउँपालिका कार्यालय भवनको प्रवेशद्वारमा विष्फोट भएको थियो। ताप्लीमा विष्फोटन भएकै भवनबाहिर गेटमा एउटा बेवारिसे बमसमेत फेला परेको थियो।
३ वटै विष्फोटनका घट्नाबारे अहिलेसम्म कसैले जिम्मा लिएको छैन। नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाको संलग्नता भएको आशंका गरिए पनि जिम्मेवारी नलिएका कारण घट्नामा कसको संलग्नता छ भन्ने भेउ पाउन सुरक्षा निकायलाई हम्मे परिरहेको छ। ताप्ली घट्नाको ३ दिनपछि संलग्नताको आरोपमा पक्राउ पूर्व जिल्ला विकास समिति सदस्य ताप्ली ५ का ७८ वर्षीय गौरबहादुर देवकोटा र ताप्ली १ की ३० वर्षीया निरु विकलाई इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखेर अनुसन्धान भईरहेको छ।
संलग्न आशंकामा ४ जनामाथि सोधपुछ
घट्नामा संलग्नको आशंकामा त्रियुगा १४ साउनेकै ३० वर्षीय पवन राई तथा चौदण्डीगढी नगरपालिका ८ का २३ वर्षीय एम्बी पुलामी मगर, ३२ वर्षीय यम्बरबहादुर मगर र १८ वर्षीय दिपक क्षेत्री खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। राईलाई मंगलबार विहान १ बजे साउनेस्थित घरैबाट र अन्य ३ जनालाई धाब्लाङ–बेलटार सडक भएर बेलटारतर्फ जाँदै गरेको अवस्थामा मोटरसाईकलसहित विहान ४ बजे नियन्त्रणमा लिएको बताइएको छ।
इलाका प्रहरी बेलटार र सशस्त्र बल बेसक्याम्प बेलटारको गस्तीले सोधपुछका लागि नियन्त्रणमा लिएको उनीहरुमाथि प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।