सुनकोसीमा बेलिब्रीज चलेपछि गाईघाट दिक्तेल यातायात सुचारु
३० मंसिर २०७७
•
३ मिनेट पाठ
सुनकोसीमा बेलिब्रीज चलेपछि गाईघाट दिक्तेल यातायात सुचारु
फोक्सिन्टारस्थित सुनकोसीमा लगाइएको बेलिब्रीज । तस्बिरः महेश्वर
गाईघाट–दिक्तेल जोड्ने सगरमाथा लोकमार्गको सुनकोसीमा बेलिब्रीज पुनर्जडान भएपछि आईतबारदेखि उदयपुर र खोटाङबीच सोझो यातायात सेवा सुरु भएको छ। उदयपुरको रौतामाई गाउँपालिका ५ र खोटेहाङ गाउँपालिका १ मा पर्ने फोक्सिन्टारस्थित सुनकोसीमा बेलिब्रीज पुनर्जडान सकिएपछि सदरमुकाम गाईघाटदेखि खोटाङ सदरमुकाम दिक्तेलबीच सोझो यातायात सम्बन्ध जोडिएको हो।  




मंसिर पहिलो सातादेखि जडान कार्य सुरु भएको बेलिब्रीजको काम सम्पन्न भएपछि आईतबारदेखि सोझो यातायात सुरु भएको गाईघाट दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ। सो नाकामा बेलिब्रीज सञ्चालनमा आएपछि तराईभेगका बिभिन्न सहरसँगै राजधानीदेखि आउने ठूला साना सवारीसाधन गाईघाट हुँदै दिक्तेललगायत खोटाङका बिभिन्न भागसम्म चल्न सहज भएको उदयपुर हिमाली यातायात व्यवसायी केन्द्र गाईघाटले जनाएको छ।  

मोटरेबल पक्की पुल अभावमा फोक्सिन्टारमा वर्षेनी ६ महिना बेलिब्रीज हाल्ने गरिएको छ भने ६ महिना खोलेर राख्ने गरिएको गाईघाट दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर (डिई) गोपाल खकुरेलले बताए। उनका अनुसार छ। वर्षायाम सुरु भएपछि बाढीले बगाउने जोखिम हुने हुँदा बैशाख जेठमा बेलिब्रीज खोल्ने गरिएको छ भने कोसीमा पानीको सतह घट्दै गएपछि हिउँदयामको कात्तिक मंसिरमा पुनर्जडान गरेर सञ्चालन गर्ने गरिएको छ।  

गत बैशाखमा बेलिब्रीज खोलेसँगै दुई जिल्लाबीचको सोझो यातायात अवरुद्ध हुन पुगेको थियो। अहिले पानीको सतह घटेपछि बेलिब्रीज पुनर्जडान गरेर यातायात सुचारु गरिएको हो। यसवर्ष बेलिब्रीज खोल्न र पुनर्जडान गर्न सडक कार्यालयले ८४ लाख रुपैयाँ खर्च गरेको खकुरेलले बताए। उनका अनुसार दुई जिल्लालाई यातायातले जोड्ने सगरमाथा लोकमार्गको सुनकोसी फोक्सिन्टार मुख्य अप्ठेरो नाका हो। त्यहाँ निर्माणाधीन पक्की पुलको काम अलपत्र परेकाले अझ केही वर्ष बेलिब्रीजकै भर पर्नुपर्ने अवस्था रहेको डिई खकुरेल बताउँछन्।  

फोक्सिन्टारमा झण्डै एकदशकदेखि बेलिब्रीज प्रयोग हुँदै आएको छ। बेलिब्रीजको बिकल्पमा पक्की पुल निर्माण हुनुपर्ने माग बढेपछि झण्डै ५ वर्षअघि त्यहाँ पक्की पुलको काम पनि सुरु भएको भए पनि अहिलेसम्म बिबिध कारण देखाउँदै निर्माण कम्पनीले काम अधुरो राखेको छ। पुल निर्माण हुन नसक्दा यातायात व्यवसायी र स्थानीयलाई कोसी वारपार गर्न धेरै समस्या पर्दै आएको रौतामाई ५ का वडाध्यक्ष पाण्डव राईले बताए।  

पुलको काम छिटो सक्न उदयपुर तथा खोटाङका जनप्रतिनिधिले धेरैपटक सडक विभाग र मन्त्रालयलाई लिखित र मौखिक आग्रह गरे पनि निर्माण कम्पनीले त्यसप्रति चासो नदिएको वडाध्यक्ष राईको गुनासो छ। पुलको काम ढिलो भएकैले वर्षेनी बेलिब्रीज जोड्न र खोल्न करोड हाराहारी राज्यकोषलाई भार पर्दै आएको उनले बताए।  

उदयपुर निर्वाचन क्षेत्र २ का प्रतिनिधिसभा सदस्य (सांसद) सुरेशकुमार राई (हिमाल)ले फोक्सिन्टारमा निर्माणाधीन पुलको काम छिटो सक्न आग्रह गरेका छन्। सत्तारुढ नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश १ कमिटी सचिवसमेत रहेका सांसद राईले अलपत्र पुलको काम तत्काल सुचारु गर्दै चालु वर्षभित्रै सक्न पूर्वाधार तथा भौतिक योजनामन्त्री र सडक विभागमार्फत निर्माण कम्पनीलाई ताकेता गरिरहेको बताएका छन्। सांसद राईले फोक्सिन्टारसँगै उदयपुर र खोटाङ जोडने त्रियुगा नगरपालिका १४ धाब्लाङ पुल र भोजपुरसँग जोड्ने रानीटार पुलको काम पनि छिटो सुचारु गर्न मन्त्रीलाई आग्रह गरेको बताएका छन्।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१२ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस