प्रधानमन्त्रीको वचन समयअगावै पूरा हुँदा...
२८ मंसिर २०७७
•
५ मिनेट पाठ
प्रधानमन्त्रीको वचन समयअगावै पूरा हुँदा...
तेह्रथुमको आठराई गाउँपालिका–४ इवास्थित इवा स्वास्थ्यचौकी तीन वर्षअघि नयाँ भवनमा सर्यो। नयाँ पक्की भवन बनेपछि स्वास्थ्यचौकी करिब १०० मिटरमाथि स्थानान्तरण भयो। यसपछि उक्त स्वास्थ्यचौकीका तीनवटा भवन, शौचालयलगायत संरचना प्रयोगविहीन भए। नयाँ पक्की भवनमा स्वास्थ्यचौकी सरेपछि पुराना भवनमा कसैको ध्यान गएन। झार पलाउन थाल्यो, स्थानीयवासीले भवन भत्किएर जाने आकलन गर्न थाले।




गत वर्ष फागुन ११ आफ्नो ६९औँ वार्षिकोत्सव आफ्नो जन्मस्थानमा बिताउने उद्देश्यसहित प्रधानमन्त्री केपी शर्मा ओली पुर्ख्यौली घर आठराई–४ इवा आए। कतिपयले आलोचनासमेत गरेको उनको जन्मदिनको कार्यक्रममा प्रधानमन्त्री ओलीले इवामा बहुप्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा गरेर फर्के। प्रधानमन्त्रीको घोषणालाई विश्वास नगरिरहेका स्थानीयवासी जब स्वास्थ्यचौकीको पुरानो भवनलाई उजिल्याउन थालियो, तब भने आश्चार्यमा परे। सबैको जिज्ञासा थियो, यहाँ के हुन लागेको होला रु  

नेताहरुका आश्वासन वर्षौँसम्म पूरा हुँदैनन् भन्ने सुनेका उनीहरु पुरानो भवनमा प्राविधिक शिक्षालय सञ्चालनको शुरुआत हुने सुनेपछि उक्त कुरामा विश्वास गर्न छाडे। प्रधानमन्त्रीको घोषणाको आठ महिना नबित्दै पुराना भवन मर्मत भए। नवौँ महिनामा यहाँ प्राविधिक शिक्षालयका आन्तरिक संरचना तयार पारिए। प्राध्यापक आए, विद्यार्थी भर्ना आवदेन लिइयो, अध्ययन गर्न पाउने विद्यार्थीको सूची सार्वजनिक भयो।

शुक्रबार प्रदेश नं १ का मुख्यमन्त्री शेरधर राईबाट बहुप्राविधिक शिक्षालयको औपचारिक उद्घाटन भएपछि यहाँका गणेश प्रसाईँले भने, “साँच्चै नेताहरुले चाहँदा जे पनि हुने रहेछ। अब बहुप्राविधिक शिक्षालयले यहाँको अवस्था बदल्ने छ।” शिक्षालय सञ्चालनमा ल्याइएको पुरानो भवन, रनदल आधारभूत विद्यालय र वडा कार्यालय रहेको चोकमा व्यवसाय सञ्चालन गर्ने प्रसाईँ मात्रै होइन, दुर्गम इवामा बहुप्राविधिक शिक्षालय स्थापना भएपछि तेह्रथुमको पूर्वी क्षेत्र आठराई गाउँपालिकाका सबै स्थानीयवासी खुशी भएका छन्।

स्थानीयवासीले सोचेका थिए– बहुप्राविधिक शिक्षालयका लागि भवन बन्ला अनि पढाइ शुरुआत होला तर आजदेखि यहाँ ८० विद्यार्थीले बाली विज्ञान र पशु विज्ञान विषय पढ्न थाल्नेछन्। “प्रधानमन्त्रीको यहाँ जन्म हुनु नै हाम्रो ठूलो भाग्य रहेछ”, इवाका नरेन्द्रकुमार इङ्नामले भने, “प्रधानमन्त्रीकै पहलमा यहाँ बहुप्राविधिक शिक्षालय स्थापनाले आम आठराईवासी खुशी छौँ।” दुर्गम क्षेत्रका निकै कम विद्यार्थीले मात्रै प्राविधिक शिक्षा अध्ययन गर्न पाउने गरेको तर त्यसका लागि टाढा पुग्नुपर्ने र ठूलो धनराशि खर्च गर्नुपर्ने अवस्था अन्त्य भएको इङ्नामको भनाइ छ। यहाँ स्थापित शिक्षालयले तेह्रथुमसहित छिमेकी जिल्ला पाँचथर र ताप्लेजुङका विद्यार्थीले समेत कम खर्चमा प्राविधिक शिक्षा लिने अवसर पाउनेछन्।

आठराई–४ का वडाध्यक्ष श्यामकुमार भट्टराई प्रधानमन्त्रीले जन्मदिनको अवसरमा गरेको घोषणाको प्रतिफलस्वरुप बहुप्राविधिक शिक्षालय स्थापना भएको बताउँछन्। “तेह्रथुममा कुनै पनि प्राविधिक शिक्षालय नभएका कारण हामीले पटक–पटक यसबारे आवाज उठाउँदै आएका थियौँ”, वडाध्यक्ष भट्टराईले भने,“प्रधानमन्त्रीले जन्मदिनमा घोषणा गर्नु भएअनुसार नौ महिनामै प्राविधिक शिक्षालयमा पठनपाठन शुरुआत भएको छ ।” प्रधानमन्त्री ओलीको घोषणाअनुसार उनको जन्मघर छेउ तीनसल्लेमा तत्कालै भवन निर्माण पूरा नभएको अवस्थामा अस्थायीरूपमा शिक्षालय स्थापना भई पठनपाठन शुरु हुनु झनै खुशीको विषय रहेको उनको भनाइ छ।

प्रधानमन्त्री ओलीले औपचारिक शिक्षाको शुरुआत गरेको इवास्थित प्रणामी माध्यमिक विद्यालयका प्रधानाध्यापक अमृतबहादुर बुढाथोकी यहाँ प्राविधिक शिक्षालय स्थापनाले पूर्वी पहाडका आम सर्वसाधारण खुशी भएको बताउँछन्। “यहाँका नानीहरु बाहिर गएर पढ्नुपथ्र्यो, विज्ञान सङ्काय कहीँ पढाइ हुँदैनथ्यो”, बुढाथोकीले भने,“आफ्नै ढिँडोरोटो खाएर आफ्नै ठाउँमा पढ्न पाएका छन्। यो अत्यन्तै खुशीको कुरा छ।” आफ्नी छोरीलाई करिब रु एक लाख ८० हजारमा प्राविधिक शिक्षा पढाइरहेका प्रधानाध्यापक बुढाथोकी आठराईमा करिब रु ५० हजारको लागतमा सोही तह पठनपाठन हुने कुराले झनै दङ्ग छन्। प्रधानमन्त्री जन्मगाउँबाट शुरुआत भएको प्राविधिक शिक्षा विस्तारको कार्य देशका अन्य गाउँमा समेत पुगी बेरोजगार उत्पादन गर्ने शिक्षाको अन्त्य हुने उनको विश्वास छ।

तेह्रथुम बुहप्राविधिक शिक्षालय तेह्रथुमका प्रमुख ठाकुरप्रसाद भट्टराईका अनुसार प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्अन्तर्गत इवामा ५९औँ बहुप्राविधिक शिक्षालय स्थापना भएको हो। यहाँ कृषि विज्ञानअन्तर्गत बाली विज्ञान र पशु विज्ञानको अध्यापन हुनेछ। यहाँ तत्कालै ८० विद्यार्थी रहनेछन् । शिक्षालयमा केही प्राध्यापक तथा कर्मचारी नियुक्त गर्न बाँकी रहेको भट्टराईले बताए। प्रधानमन्त्री ओलीको जन्मस्थान तीनसल्लेमा ‘केपी ओली ट्रष्ट’ले शिक्षालयलाई ३० रोपनी जमिन उपलब्ध गराइसकेको छ। तर उक्त स्थानमा भवन निर्माणका लागि गुरुयोजना निर्माण मात्रै सम्पन्न भएको छ। “विस्तृत परियोजना प्रतिवेदन निर्माण हुनेबित्तिकै भवन निर्माण अघि बढाउछौँ”, भट्टराईले भने,“अहिले उपयुक्त ठाउँका रूपमा स्वास्थ्यचौकीका पुराना भवन र एक सामुदायिक भवन भेटिएपछि यहाँ अध्यापन शुरुआत गरिएको हो।”

दुर्गम ठाउँ भए पनि यहाँ ८० जनाको कोटामा १३६ विद्यार्थीले अध्ययनका लागि आवेदन दिएका थिए। उनीहरुमध्ये माध्यमिक शिक्षा परीक्षा ९एसइई० परीक्षामा प्राप्त अङ्कका आधारमा ८० जना छनोट भएका छन्। असीभन्दा कम विद्यार्थी हुने आकलन गरिए पनि धेरै आवेदन आउनुले प्राविधिक शिक्षामा विद्यार्थी तथा अभिभावकको आकर्षण कति छ भन्ने स्पष्ट भएको भट्टराई बताउँछन्। यहाँ कतिपय अप्राविधिक विषयको अध्यापनका लागि स्थानीय शिक्षकहरुको समेत सहायता लिइने भएको छ।

तेह्रथुम बहुप्राविधिक शिक्षालयको उद्घाटन गर्दै प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले समृद्ध मुलुकका लागि दक्ष प्राविधिक जनशक्ति आवश्यक पर्ने हुँदा यस्ता जनशक्ति उत्पादनमा सरकार केन्द्रित हुनुपर्नेमा जोड दिए। “दक्ष जनशक्तिले एक त राष्ट्रलाई समृद्ध र सबल बनाउन सहयोग गर्ने भए, अर्को आफैँ स्वरोजगार हुने भए”, मुख्यमन्त्री राईले भने, “त्यसैले प्रदेश सरकारले आफैँ पनि बहुप्राविधिक विश्वविद्यालय निर्माणको अवधारणा अघि सारेको छ।”

ग्रामीण बस्तीमा यस प्रकारका ठूला संरचना निर्माणले त्यहाँ व्याप्त बेरोजगारी, अशिक्षा, पछौटेपन, पूर्वाधार अभाव, बसाइँसराइजस्ता समस्या समाधानमा सहयोग पुग्ने सामाजिक क्षेत्रका जानकार बताउँछन्। इवाका व्यवसायी प्रसाईँ दैनिक ८० विद्यार्थीसहित न्यूनतम १०० जनाको चहलपहल हुँदा स्थानीयस्तरमा आर्थिक तथा व्यापारिक कारोवार बढ्ने र सेवा तथा सुविधा थपिँदै जानेमा आशावादी देखिन्छन्। रासस
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
४ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस