काठमाडौं बांगेमुढास्थित ऐतिहासिक ‘वास्याः द्यः’ चोरी भएको छ। किला ठोक्ने देउताको नामले प्रचलित ‘वास्याःद्यः’ शुक्रबार राति चोरी भएको हो।
देउता चोरी गरी हिँडेका व्यक्तिलाई स्थानीयले वास्याः द्यःको काठको टुक्रासहित नियन्त्रणमा लिएर महानगरीय प्रहरी प्रभाग जनसेवामा बुझाएका छन्।
उनलाई पहिला पनि सोही देउता चोरी गर्ने प्रयास गरेको समयमा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। तर, प्रहरीले मानसिक सन्तुलन बिग्रीएको भन्दै छाडेको थियो। स्थानीयवासि तथा मानवअधिकारकर्मी मल्ल के सुन्दरका अनुसार उनले एक साताअघि पनि उक्त देउता चोरीका लागि प्रयास गरिरहेको अवस्थामा स्थानीयले नियन्त्रणमा लिएका थिए।
देउतासहित शुक्रबार राति समातेका उनलाई प्रहरीले मानसिक सन्तुलन ठिक नभएको भन्दै छाड्न लागेपछि स्थानीयले शनिबार जनसेवा प्रहरी प्रभागमा धर्ना दिएका थिए। स्थानीयले गल, ज्याभल लिएर आउन सक्ने मान्छे मानसिक सन्तुलन बिग्रीएको हुन नसक्ने भएकाले उनले नाटक मात्रै गरिरहेको भन्दै प्रहरीलाई नछाड्न दबाब दिएका हुन्।
चोरी भएको काठको वास्याःद्यःलाई काष्ठमण्डपको इतिहाससँग जोड्ने गरिन्छ। दाँत दुखेको बेला देउताको काठको मुढामा पैसाको ढ्याक राखेको किलो ठोक्दा दाँत दुख्ने रोग निको हुन्छ भन्ने जनविश्वास रहँदै आएको छ। यो काठको मुढालाई काष्ठमण्डप बनाउँदा बाँकी भएको काठको रूपमा नै लिँदै आएको छ।