तीनै तहका निकायमा अर्थपूर्ण महिला सहभागिताको माग
२६ मंसिर २०७७
•
१ मिनेट पाठ
तीनै तहका निकायमा अर्थपूर्ण महिला सहभागिताको माग
महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा देशभर विविध कार्यक्रम आयोजना भइरहेका बेला सरोकार भएका निकायका अभियानकर्मीले अर्थपूर्णरूपमा महिलाको सहभागिता हुनुपर्नेमा जोड दिएका छन्।




ललितपुर बार एसोसिएसनको महिला समिति तथा दिगो समुन्नतिका लागि सबलीकरण (राइज) ले बिहीबार संयुक्तरूपमा आयोजना गरेको ‘महिला नेतृत्व, शक्ति सम्बन्ध तथा महिला मानव अधिकार’ विषयक अन्तरक्रियामा वक्ताहरुले महिला अहिले पनि शोषित, पीडित नै रहेकाले सशक्तीकरण गरी तीनै तहका सरकारका निकायमा सहभागी गराइनुपर्नेमा जोड दिएका हुन्।  

राइजका अध्यक्ष वरिष्ठ अधिवक्ता साधना श्रेष्ठले महिला आर्थिकरूपमा सक्षम भएमात्र उनीहरुको हक अधिकार सुनिश्चित हुने धारणा राखिन्। आर्थिक दृष्टिकोणले असक्षम हुने बित्तिकै महिलाहरु शोषित हुने गरेको श्रेष्ठले बताइन्।

नेपाल बार एसोसिसनका सदस्य रक्षा बस्यालले नेतृत्व तह गम्भीर नभएसम्म महिलाको समस्या समाधान हुन नसक्ने बताइन्। ललितपुर बारका अध्यक्ष अर्जुन महर्जनले नेपालको संविधानमा महिला हक अधिकारका बारेमा उत्कृष्ट प्रावधान रहेको उल्लेख गर्दै त्यसको कार्यान्वयन आवश्यक भएको बताए। महिला अधिकारकर्मी कोपिला डङ्गोलले राज्यका सबै तह र तप्कामा महिलाको व्यावहारिक प्रतिनिधित्व हुनुपर्ने बताइन्।

कार्यक्रममा विभिन्न पेशामा आबद्ध महिला अधिकारकर्मीको सहभागिता रहेको थियो। सहभागी महिलाले तीनै तहका सरकारका विभिन्न निकायमा महिलाको सहभागिता अर्थपूर्णरूपमा बनाइनुपर्नेमा जोड दिएका थिए। रासस
अर्को समाचार
व्यवसायमा महिला हिंसाः चियाको होइन, रुपको तारिफ
२१ मंसिर २०७८
•
४ मिनेट पाठ
व्यवसायमा महिला हिंसाः चियाको होइन, रुपको तारिफ
व्यवसायमा महिला हिंसाबारे पोखरामा आयोजित छलफल कार्यक्रम। तस्बिरः नागरिक
शोभा गौतम, पोखराकी कहलिएकी महिला उद्यमी हुन्। तर, उनीसँग व्यवसाय थाल्दाको तितो अनुभव छ। जसले गौतमलाई बेलाबेला झस्काउँछ। १६ वर्षमै उनले विवाह गरिन्। गौतमले विवाहपछि व्यवसायमा हात त हालिन्, तर, त्यो व्यावसायमा टिकिरहन उनलाई ठुलै चूनौती आइपर्‍यो।  




सुरुमा उनले चिया पसलबाट व्यवसायिक यात्रा थालेकी थिइन्। चिया पसलबाट व्यवसायिक यात्रा थाल्नुको कारण थियो–थोरै लगानीमा व्यवसाय गर्न सकिने, घाटाको जोखिम कम हुने, तर, आम्दानी भने हुने। तर, त्यो व्यवसायमा उनको मन बसेन। किनभने उनलाई चिया पिउन आएका ग्राहकको दृष्टिकोण मन परेन।

पर्यटन व्यवसायी महिला संघ (टेवान)ले आयोजना गरेको ‘व्यवसायमा महिला हिंसा’ सचेतना कार्यक्रममा गौतमले अनुभव सुनाइन–चिया पिउन आएका ग्राहकको हेराइ मलाई पटक्कै मन परेन। चियाको स्वादको बखान गर्नुको साटो ग्राहकले ‘कति राम्री साहुनी’ भन्न पो थाले, पसलमा चियाको होइन, रुपको तारिफ हुन थाल्यो। त्यसपछि मेरो मन बदलियो।’ 

चिया पसलको व्यवसाय छाडेर ब्यूटिपार्लर संचालन गर्न खोज्दा पनि उनले त्यस्तै नराम्रो सुन्नुपर्‍यो। ‘ब्यूटिपार्लर खोल्दा त ‘नक्कलीको व्यवसाय’ भनियो, उनले भनिन्।
गौतम अहिले पोखरामा इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन गर्छिन। इभेन्ट म्यानेजमेन्टको आँट गर्न खोज्दा पनि महिला भएकै आधारमा आफुलाई कमजोर ठान्ने गरिएको उनले सुनाइन्। ‘महिलाको भरमा मात्र इभेन्ट म्यानेजमेन्ट हुन सक्दैन की भनेर औंला ठड्याउने चलन छ,’ उनले भनिन्। आफुमाथि अविश्वास हुने ठानेर व्यवसायमा संलग्न हुँदाहुँदै पनि धेरै महिला बाहिर आउन नचाहेको उनले सुनाईन्।  

गौतम जस्तै अर्कि व्यवसायी बिन्दु कोइराला सुवेदीले पनि व्यवसायमा महिला हिंसा हुने गरेको दुखेसो पोखिन्। महिला भएकै आधारमा आफुले पनि अप्ठेरो महसुस गर्नुपरेको उनले सुनाईन्। सुवेदीले भनिन्, ‘मसँग सवारीचालक अनुमति पत्र सहितका सबै कागजात थिए। मैले पिकअप भ्यान चलाएर हिड्दा ममाथि फरक नजरले हेरियो। महिला भएर पनि पिकअप गाडी चलाउने समेत भनियो।’ उनले पनि महिला भएकै कारण व्यवसायमा हेर्ने दृष्टिकोण फरक रहेको बताईन्। ‘पसलमा सामान किन्न आउने ग्राहकले पुरुष खोज्छन,’ उनले भनिन्, ‘म आँफै पसलको संचालक हुँ भन्दा पनि मेरो श्रीमानको खोजी हुन्छ।’

गौतम र सुवेदीजस्तै महिला भएकै कारण व्यवसायमा लाग्दा पनि विश्वास नगर्ने गरेको गुनासो महिला व्यवसायीको छ। महिला भएकै कारण बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन समेत समस्या रहेको उनीहरुले सुनाए। आर्थिक क्षेत्रमा पुरुषको मात्र पहुँच बढेको उनीहरुको भनाई छ। ‘महिला भएकै कारण ठुला व्यवसाय गर्ने आँट कतैबाट आएको छैन। आर्थिक क्षेत्रमा पुरुषको मात्र पहुँच देखिन्छ। महिला कमजोर देखिएका छन,’ अग्रज पर्यटन व्यवसायी लक्की कार्की क्षत्रीले भनिन, ‘अब महिलाको मुद्धा सुनिनुपर्छ।’

लामो समयदेखि पदयात्रामा संलग्न कार्कीले पनि व्यवसायमा महिलालाई समस्या रहेको बताईन। उनका अनुसार महिला गाइडलाई पदयात्रामा जाँदा उस्तै समस्या हुने गरेको छ। ‘महिला पर्यटक घुम्न जान हुने, तर, महिला गाइड लैजान नहुने अवस्था छ। अब त्यो हट्नुपर्छ,’ क्षत्रीले भनिन, ‘हामीले त्यही विभेद हटाउनका लागि महिला गाइड तयार पारेका हौ। अब महिला पनि सक्षम गाइड छन् भनेर हामीले विश्वास दिलाउनुपर्छ।’  

महिला पदयात्रीलाई सहज होस भनेर महिला गाइड तयार पारेर पठाउन थालेको उनले बताईन। ‘महिलाको समस्या बाहिर आउन कि त ठुलै घटना हुनुपर्छ, कि त मारिनुपर्छ, कि ठुलै चोटपटक लाग्नुपर्छ। नत्र सकेसम्म महिलाका हिंसाका घटना बाहिर आउँदैनन,’ उनले भनिन्। उनले अब व्यवसायमा आएका महिलाको पेशा र रोजगार पनि सुरक्षित हुनुपर्ने बताईन्।  
गण्डकी प्रदेशकी सदस्य समेत रहेका महिला उद्यमी मिना गुरुङले थाहै नहुने गरि महिलाले हिंसा खेप्नुपरेको बताईन। आर्थिक रुपमा महिला कमजोर हुँदा बढी हिंसाका घटना हुने गरेको उनले सुनाइन। ‘आर्थिक रुपमा महिला मजबुत हुन सकेनन। सधै पुरुषको भर पर्नुपरेको छ,’ उनले भनिन, ‘महिलाले गरेको व्यवसायलाई देखाएर नाक खुम्च्याउने चलन हावि छ। अब त्यो हटाउनुपर्छ।’ प्रदेशका कानुनमन्त्री बिन्दुकुमार थापाले महिला हिंसालाई सभ्य समाजले पचाउन नसक्ने बताए। उनले महिलालाई आत्मनिर्भर हुने बाटोमा अवरोध रहेकोमा अब त्यो कमजोर हुँदै गएको बताए।  

टेवानकी अध्यक्ष रेणु थापाले महिलालाई व्यावसायमा टिकाइरहन चुनौती रहेको बताईन्। चुनौतीका कारण नै महिलाहरु व्यवसायमा लागि पर्न नसकेको उनले बताईन्। ‘महिला व्यवसायी धेरै छन्। तर, ती सबै व्यवसायी बाहिर खुल्न सकेका छैनन्,’ उनले भनिन्, ‘अनेक बोझका बाबजुत केही महिला बाहिर खुल्छन्, धेरै महिला त भित्रभित्रै हराएका हुन्छन्। व्यवसायमा संलग्न महिलालाई अब बाहिर ल्याउनुपर्छ।’ 
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस