कोरोना महामारीका कारण चैत्र ७ गतेदेखि बन्द रहेको सदर चिडियाखाना आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड र डिजिटल टिकटसहित बिहीबारदेखि सर्वसाधारणको लागि खुल्ला गरिएको छ। लामो समय बन्द रहेको चिडियाखाना खुलेसँगै अवलोकन गर्न पुग्नेको संख्या बढेको छ। पहिलो दिन बिहीबार १ हजारभन्दा बढी अवलोकनकर्ताले चिडियाखानाको अवलोकन गरे।
कोरोना संक्रमणलाई ध्यानमा राख्दै चिडियाखाना परिसरमा सावधानी अपनाइएको छ। अवलोकनकर्ताले घरबाटै पनि टिकट बुकिङ गर्न सक्नेछन्। चिडियाखानाको गतिविधि नियाल्नका लागि सिसिटिभि पनि जडान गरिएको छ। यसअघि अवलोकनकर्ताको संख्या ढड्डामा संकलन गर्ने गरिएकोमा अब कम्प्युटरमा टिपोट गर्न थालिएको छ। कति जनाले अवलोकन गरिरहेका छन् भन्ने थाहा दिन गेटमानै डिजिटल बोर्ड झुन्ड्याइएको छ। उक्त बोर्डमा ‘एक्टिभ भिजिटर’ संख्या देखिन्छ। चिडियाखाना प्रवेश गर्नुपूर्व अवलोकनकर्ताको ज्वरो नाप्ने, स्यानिटाइज गर्नेजस्ता स्वास्थ्य सुरक्षा अपनाइएको चिडियाखाना व्यवस्थापन प्रमुख डा. चिरञ्जीवी पोखरेलले बताए। उनले जनावरमा कोरोना संक्रमण फैलनसक्ने भन्दै अवलोकनकतालाई अनिवार्य मास्क ल्याउन आग्रह गरिएको बताए। उनका अनुसार यो समयमा बाहिरी व्यक्तिले ल्याएको खानेकुरा जनावरलाई दिइने छैन। त्यस्तै, जनावरलाई नछुनेगरी अवलोकन गर्न अवलोकनकर्तालाई आग्रह गरिएको छ। ‘जनावरमा संक्रमण फैलन सक्ला भनेर हामीले निकै स्वास्थ्य सुरक्षा अपनाएका छौं,’ उनले भने, ‘अवलोकनकर्ताले पनि छुन वा खानेकुरा खुवाउन पाउने छैनन्।’
त्यस्तै, कोरोना महामारीलाई ध्यानमा राख्दै चिडियाखाना अवलोकनलाई दुई सिफ्टमा बाँडिएको छ। बिहान १० बजेदेखि दिउँसा १ बजेसम्म एउटा सिफ्ट हुनेछ। १ देखि १ः३० बजेसम्म बन्द गरिनेछ। उक्त समयमा सबैतिर स्यानिटाइज गरेपछि मात्रै भिजिटरलाई प्रवेश गराइने चिडियाखाना प्रशासनले जनाएको छ। चिडियाखाना प्रशासन कार्यालयकी सूचना अधिकारी लिना चालिसेले लामो समयदेखि बन्द हुँदा आम्दानी रोकिएको र अवलोकनकर्ताले पनि चिडियाघर नियाल्न नपाएको बताइन्। उनका अनुसार हाल चिडियाखानामा १ सय १२ प्रजातिका १ हजार ९७ वटा जीवजनावर रहेका छन्। पछिल्लो समय डाफे थप गरिएको छ। ‘यो बीचमा केही जनावरको बासस्थान र खोर व्यस्थित गर्ने काम पनि भयो, केही जीवजन्तु थपिएका पनि छन्,’ उनले भनिन, ‘अनलाइन टिकटको पनि सुविधा थप गरेका छौं।’ उनले चिडियाघरमा एक्लै भएका जनावरको जोडी खोज्ने कार्य भइरहेको जानकारी दिइन्। केही समयअघि निलगाई र घोरेलको जोडी पनि थप गरिएको छ। कोरोना संक्रमणलाई ध्यानमा राख्दै चिल्ड्रेन पार्क र पिकनिक स्पोर्ट भने बन्द गरिएको छ। चिडियाघरमा रहेका सबै जीवजनावरको चारो तथा दानापानीमा वार्षिक तीन करोड रूपैयाँ खर्च हुने गरेको छ।
हाल चिडियाखाना अवलोकन गर्न विदेशीले ७ सय ५० रूपैयाँ शुल्क तिर्नुपर्छ। सार्क देशका पर्यटकलाई ५ सय रूपैयाँ, नेपालीलाई १ सय ५० रूपैयाँ शुल्क लिइन्छ। विद्यार्थी र ज्येष्ठ नागरिकले भने ९० रूपैयाँ तिरेर चिडियाखाना प्रवेश पाउनेछन्। तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेर जंगबहादुर राणाले सन् १९३२ मा निजी चिडियाखानाका रूपमा स्थापना गरेका थिए। विसं २०११ सालदेखि यसलाई सर्वसाधारणका लागि खुलाइएको थियो।