दुई साताअघि हात्तीबाट आतंकित पीडित त्रियुगा नगरपालिका ६ माटेखोला र मोहनपुरका ८ घरधुरी परिवारले राहत पाएका छन्। भूमि अधिकार उदयपुर र केयर नेपाल नामक गैरसरकारी संस्थाको सहयोगमा जंगली हात्ती पीडित स्थानीयलाई राहतस्वरुप खाद्यान्न तथा लत्ताकपडा वितरण गरिएको हो।
बुधबार पीडितहरुको घरमै पुगेर मञ्च र केयरको टोलीले खाद्यान्न तथा लत्ता कपडा वितरण गरेको हो। पीडितहरुलाई राहतस्वरुप मञ्चले प्रति घरधुरी ५० किलो चामल, १० किलो आँटा, ५ किलो चिउरा, ३ किलो दरले, ३ किलो दालमोठ, ३ किलो चिनी तथा २ किलो नुन र २ थान हात धुने साबुन वितरण गरिएको मञ्चका संयोजक फुर्तिमान राईले बताए।
त्यस्तै केयर नेपालले लत्ताकपडातर्फ प्रत्येक परिवारलाई १/१ थान बाल्टिन, १/१ थान त्रिपाल, १÷१ थान स्पञ्ज (म्याट), स्वीटर र साडी १/१ थान तथा कुर्ता सरुवाल १/१ जोर र दाँच माझ्ने ब्रस र मन्जनलगायत घरायसी सामान र लत्ता कपडा वितरण गरिएको संयोजक राईले बताए।
मंसिर ७ गते आधा दर्जनको संख्यामा आएको जंगली हात्तीले गाउँमा आंतङ्क मच्चाउँदै घरटहरा र अन्नपात खाएर क्षति गरेको थियो। मध्यराति गाउँ छिरेको जंगली हात्तीको समूहले बिभिन्न ११ घरमा क्षति पुर्याएकोमा ८ परिवारको घर पूर्णरुपा ध्वस्त भएकालाई राहत वितरण गरिएको मञ्चले जनाएको छ।